उदयपुरमा मंसिर २५ देखि राष्ट्रिय पर्व न्वाङ्गी तथा सांस्कृतिक उत्सव हुने
१६ कार्तिक २०८३, पूर्णपुष्टि उदयपुर । दनुवार समुदायको राष्ट्रिय पर्व न्वाङ्गी तथा तेस्रो दनुवारी खाना परिकार एवं सांस्कृतिक उत्सव २०८३ आगामी मंसिर २५ देखि २७ गतेसम्म उदयपुरमा आयोजना हुने भएको छ ।
त्रियुगा नगरपालिका–८ स्थित बैरेनी चौरमा तीन दिनसम्म सञ्चालन हुने उत्सवमा दनुवार समुदायको मौलिक संस्कृति, परम्परा तथा परिकार प्रदर्शन गरिने नेपाल दनुवार समाज उदयपुरका अध्यक्ष केदार दनुवारले जानकारी दिए ।
उत्सवको तयारीका लागि आइतबार बसेको बैठकले दनुवार जागरण समिति उदयपुरका अध्यक्ष कृष्णराज दनुवारको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । साथै, आर्थिक, प्रचारप्रसार, सांस्कृतिक तथा व्यवस्थापनलगायतका उपसमिति गठन गरिएको छ ।
बैठकले दनुवार समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि सांस्कृतिक संग्रहालय स्थापना प्रक्रिया अघि बढाउने तथा मतदाता नामावली अद्यावधिक गर्न समुदायस्तरमा अभियान सञ्चा...









