१० र १२ कक्षाको परीक्षा लिन ३ विकल्प सिफारिस
पूर्णपुष्टि, जेष्ठ १७
दास्रो चरणको कोरोना भाइरसले स्थगित भएका कक्षा १० र १२ को परीक्षाा सञ्चालन गर्न शिक्षा मन्त्रालयले सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले तत्काल संक्रमण सामान्य नहुने ठहरसहित वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनमा जोड दिएको हो ।
परीक्षा सञ्चालनमा हतार नगर्न सुझावसहितको सिफारिस गरिएको बोर्डले जनाएको छ । सामान्य अवस्था भए परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्न उपयुक्त हुने बोर्डले जनाएको छ तर तत्काल सामान्य अवस्था हुने सम्भावना कम छ । यस्तो परिस्थितिमा वैकल्पिक विधिबाटै कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्न सिफारिस गरिएको छ । क्रमिक रूपमा संक्रमण घट्दै गए होम सेन्टरमा लिखितसहित आंशिक रूपमा वैकल्पिक परीक्षा सञ्चालन गरेर पनि मूल्यांकन गर्न सकिने बोर्डले जनाएको छ ।
कक्षा १० को परीक्षा गत वर्षको जस्तै आन्तरिक मूल्यांकनका आधारमा पनि सञ्चा...









