Friday, August 14News That Matters

शिक्षा

अस्ट्रेलियामा नेपाली विषयको पाठ्यक्रम

अस्ट्रेलियामा नेपाली विषयको पाठ्यक्रम

शिक्षा, समाचार
कात्तिक २८ गते ।  अस्ट्रेलियाको दुई राज्यले सरकारी पाठ्यक्रममा नेपाली विषय समावेश गरेको छ । न्यु साउथ वेल्सका दुई र दक्षिण अस्ट्रेलियाका तीन सरकारी विद्यालयमा नेपाली भाषा ऐच्छिक विषयका रूपमा अध्यापन सुरु गरिएको हो । अस्ट्रेलियाले आफ्नो सरकारी पाठ्यक्रममा विद्यार्थी तथा विद्यालयको रुचि अनुसार अन्य देशका भाषाहरु समेट्ने गरेको छ । नेपालीको धेरै बसोबास रहेको न्यु साउथ वेल्स राज्यको सिड्नीका कोग्राह पब्लिक स्कुल र रकडेल पब्लिक स्कुल र दक्षिण अस्ट्रेलियाको उत्तरी क्षेत्रका प्लेफोर्ड इन्टरनेसनल कलेज, प्यारालोबी माध्यमिक विद्यालय र सालिस्बरी इस्ट माध्यमिक विद्यालयमा नेपाली भाषाबाट अध्यापन गराइएको छ । नेपाली भाषाका लागि सरकारी तवरबाटै स्थायी शिक्षक नियुक्त गरिएको छ । जुन नेपाली भाषा र संस्कृति विषय अन्तर्गत विद्यार्थीलाई नेपाली चाडपर्व तथा कलाको अध्यापन गराइएको छ ।...
नयाँ विद्यालय खोल्न रोक

नयाँ विद्यालय खोल्न रोक

शिक्षा, समाचार
कात्तिक २१ गते ।  काठमाण्डौमा काठमाण्डौँ महानगरपालिकाले नगर भित्र नयाँ विद्यलय स्थापना गर्न रोक लगाएको छ । महानगरले अहिले सञ्चालनमा भई रहेका विद्यालयलाई गुणस्तरीय बनाउनका लागि नयाँ विद्यालय स्थापनामा अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी भन्दा विद्यालय बढी भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको नगरको शिक्षा विभागले जनाएको छ । अहिले महानगरमा ९१ सार्वजनिक र ६ सय ४३ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । उक्त विद्यालयमा १ लाख ६५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् । त्यसमध्ये १ लाख ५८ हजार ९ सय ७१ जना संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन रहेको विभिगले जनाएको छ । संघियता पछि कानूनीरूपमा नै विद्यालय सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहले पाएपछि नगरले यस्तो व्यवस्था गरेको हो । महानगरमा ९१ सामुदायिक विद्यालयमा १ हजार ८३० शिक्षक कार्यरत छन् । मह...
“मिलन स्मारिका” लोकार्पण

“मिलन स्मारिका” लोकार्पण

शिक्षा, समाचार, साहित्य
उदयपुर, असोज १५ गते । कर्मचारी मिलन केन्द्र उदयपुरले नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी प्रकाशन गरेको मिलन स्मारिका आज लोकार्पण भएको छ । केन्द्रको आफ्नै हलमा विशेष कार्यक्रमको आयोजना गरी स्मारिकाको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिहरुले एकसाथ स्मारिकाको लोकार्पण गरेका थिए । प्रमुख अतिथि जिल्ला न्यायाधिश मनोज केसी, विशेष अतिथिहरु धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, नेपाली सेनाको १८ नंं बाहिनी भुल्केका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटा, प्रजिअ ध्रुबबहादुर खड्का लगायतले संयुक्तरुपमा स्मारिकाको लोकार्पण गरेका थिए । जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकिय क्षेत्रलाई समेटेर प्रकाशन गरिएको स्मारिका एक सिर्जनशिल र महत्वपूर्ण रहेको बताइएको छ । मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानका अनुसार स्मारिकाको पहिलो भागमा सरकारले पर्यटकिय क्षेत्रकोरुपमा अघि ब...
गुणस्तर प्राप्त क्याम्पस आर्थिक संकटमा

गुणस्तर प्राप्त क्याम्पस आर्थिक संकटमा

शिक्षा, समाचार
उदयपुर, असोज ८ गते ।  गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको उदयपुरको त्रियुगा जनता वहुमुखि क्याम्पस मोतिगडा आर्थिक संकटको चपेटमा परेको छ । सरकारले माध्यमिक तहका बिद्यालयलाई अनिवार्य १२ कक्षा संचालन गर्र्ने नीति अख्तियारी गर्दा र त्रिभुवन विश्वविद्यालयले हचुवाको भरमा गाउँघरमा क्याम्पस सञ्चालन गर्ने नीति अवलम्बन गर्दा क्याम्पसलाई आर्थिक संकट थोपरिएको हो ।   क्याम्पसको ११ औँ साधारणसभा तथा आ.ब. २०७६/७७ को नीति तथा कार्यक्रम र वजेट प्रस्तुतिकरण कार्यक्रममा क्याम्पस प्रमुख रमेश रोकाले चौतर्फी घेराबन्दिकाकारण अघिल्लो आर्थिक बर्षमा १९ लाख ११ हजार ७ सय ९ रुपैँया वजेट लक्ष्यभन्दा न्युन रहेको प्रतिवेदन प्रस्तुन गरे । प्रतिवेदनमा न्युन वजेट बढेर चालु आर्थिक बर्षमा २ करोड ३२ लाख १३ हजार ४ सय ९८ रुपैँया पुग्ने अनुमान गरिएको छ । क्याम्पसले अघिल्लो आ.व.मा विभिन्न १० श...
रामजानकीमा कानुन विषय पठनपाठन सुरु

रामजानकीमा कानुन विषय पठनपाठन सुरु

शिक्षा, समाचार
उदयपुर, असोज ६ गते ।  उदयपुरको रामजानकी माविमा कानुन विषयको पठनपाठन सुरु भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाको रामजानकी माध्यामिक विद्यालयले कक्षा ११ बाट कानुन विषयको पठनपाठन सुरु गरेको हो । कानुन विषयमा भर्ना भएका विद्यार्थीलाई सोमबार स्वागत कार्यक्रमका साथ स्वागत गरेएका छन् । यस विद्यालयले जिल्लामै पहिलो पटक कानुन विषयको पठनपाठन सुरु गरेको विद्यालयका प्रध्यानध्यापक देवनाथ चौधरीले बताए । समाजको आवश्यता र शिक्षामा गुणस्तरियतासँगै प्राविधिक शिक्षालाई जोड दिने उद्देश्यले कानुन विषयको पठनपाठन सुरु गरको प्रअ चौधरीले बताए । विद्यालयले कानुन र शिक्षा संकायको पठनपाठन सुरु गरेको छ । नगरबाट स्वीकृती लिएर दुई विषयको पठनपाठन सुरु गरको प्रअ चौधरीले बताए । विद्यालयको प्रस्तावलाई मेयरले महत्वका साथ स्वीकृती दिएर कानुन विषयलाई विशेष रुपमा लिएको र सहयोग गर्दै आएको प्रअ चौधरीले बताए । वडा...
हाजिरी जवाफमा प्रदेश कर्मचारी समुह प्रथम, विद्यार्थी दोस्रो

हाजिरी जवाफमा प्रदेश कर्मचारी समुह प्रथम, विद्यार्थी दोस्रो

शिक्षा, समाचार
उदयपुर, असोज २ गते ।  संविधान दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रदेश तहका कर्मचारी समुह प्रथम भएको छ । दोस्रो स्थानमा बरुवा क्याम्पस गाईघाट समुह सफल भएको छ भने तेस्रा स्थानमा संघीय कर्मचारी समुहले स्थान हाँसिल गरेको छ । उनीहरुले क्रमशः १४०, १३० र १०० अंक प्राप्त गरेका थिए । सहभागिहरुले प्राप्त गरेको स्थान प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले घोषणा गर्नुभयो । प्रतियोगितामा विभिन्न समुहहरुले भाग लिएको थियो । स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तहका कार्मचारी, उद्योग वाणिज्य संघ, उदयपुर सिमेन्ट उद्योग, त्रियुगा क्याम्पस मोतिगडा, गैर सरकारी संस्था, नेपाल पत्रकार महासंघ र बैंक समुहले भाग लिएका थिए । दिवसमा आयोजित कार्यक्रमहरु मध्ये एक प्रभावकारी कार्यक्रमको रुपमा लिईएको उक्त प्रतियोगितामा महत्वपूर्ण विभिन्न क्षेत्रले भाग लिएका थिए । नेपालको संविधान, राज्य ...
विद्यार्थीलाई ब्याच वितरण

विद्यार्थीलाई ब्याच वितरण

शिक्षा, समाचार
उदयपुर, असोज १ गते ।  उदयपुरको दुई विद्यालयमा म अघि बढ्छु अभियानको लोगो वितरण बुधबार भएको छ । त्रियुगा नगरपालिका ३ र ४ वडास्थित विद्यालयहरुमा मेयर बलदेव चौधरीले लोको वितरण गरेका छन् । वडा नं. ३ को रामजानकी माध्यामिक विद्यालयमा एक समारोहकाबीच १ सय ८५ जना विद्यार्थीलाई लोगो वितरण गरिएको थियो भने वडा नं. ४ को राष्ट्रिय मावि बगाहामा २ सय ६० जना विद्यार्थीलाई लागो वितरण गरिएको थियो । लोगो वितरण गरिएका विद्यालयहरुमा यसअघि नै सगरमाथा टिन्स क्लवहरु गठन गरिएका थिए । क्लव आवद्ध कक्षा ९ देखि १२ कक्षासम्मका १३ वर्षदेखि १९ वर्षसम्मका विद्यार्थीहरुलाई ब्याच वितरण गरिएको हो । ती विद्यालयहरुमा शिक्षक नायक समेत तोकिएका छन् । अभियानका जिल्ला मुख्य प्रशिक्षक तुलसी चौलागाईका अनुसार क्लवको पहिचानका लागि लोगो वितरण गरिएको हो । क्लवलाई असल नागरिक बन्ने प्रारम्भिक थलोको रुपमा लिइएको छ । ब्याच वितर...
छात्राहरुमा अनौठो विमार

छात्राहरुमा अनौठो विमार

शिक्षा, समाचार
सविना राई भोजपुर (हतुवागढी), भदौ ३१ गते ।   हतुवागढी गाउँपालिका १ स्थित भिमेश्वरी आधारभूत विद्यालयमा विद्यार्थीहरुमा अनौठो विमार देखिएको छ । गत भदौ २० गतेदेखि अनौठो विमार देखिएको हो । हालसम्म छात्राहरुमा मात्र उक्त विमारी देखा परेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक हर्कराज प्रधानका अनुसार विद्यार्थीहरुमा एक्कासी चिच्याउने, कराउने,लछारपछार हुने, ठूलो र छिटो स्वास फेर्ने र बेहोस् समेत हुने गरेका छन् । विद्यालयमा चार/पाँच जना विद्यार्थीमा यो समस्या देखिएपछि तीनदिनका लागि विद्यालय बन्दसमेत गरिएको थियो । घरमा सन्चो हुने बालबालिकाहरु विद्यालयमा विरामी हुने र विरामीको संख्या बढ्न थालेपछि विद्यालयले बैंठकबाटै निर्णय गरी विद्यालय बन्द गरेको थियो । तीनदिनपछि विद्यालय सञ्चालन ल्याउदा पनि अर्की एक छात्रामा समस्या देखिएको विद्यालयले जनाएको छ । विरामीको बारेमा विद्यालयले  के ...
काठमाण्डौमा राष्ट्रिय पुस्तक मेला सुरु

काठमाण्डौमा राष्ट्रिय पुस्तक मेला सुरु

शिक्षा, समाचार
भदौ २७ गते ।  दुई दिने राष्ट्रिय पुस्तक मेला सुरु भएको छ । आफु पढौं र अरुलाई पढ्न सघाऔ’ भन्ने मुल नाराका साथ शुक्रबारबाट मेला सुरु भएको हो । यो मेला काठमाडौ प्रज्ञाप्रतिष्ठानमा संचालन भईरहेको छ । मेलामा करिब दश हजार नेपालीले पुस्तक किन्ने आयोजक संस्था शिक्षा नेपालले जनाएको छ । शिक्षा नेपालले सन् २०१२ देखि ‘राष्ट्रिय पुुस्तक मेला’ आयोजना गर्दै आएको हो । मेलामा आउने प्रत्येक व्यक्तिले एउटा किताब साथमा ल्याउनु पर्नेछ । यदि किताब नल्याएको खण्डमा  मेलामै किताब किनेर कार्यक्रममा सहभागी हुन सकिने आयोजकले जनाएको छ ।...
विद्यार्थीले प्याकेटको खानेकुरा खाए १० रुपैयाँ जरिबाना

विद्यार्थीले प्याकेटको खानेकुरा खाए १० रुपैयाँ जरिबाना

शिक्षा, समाचार
भदौ २७ गते ।  डडेलधुराको एक विद्यालयले आफ्ना विद्यार्थीहरुले प्याकेटका खानेकुरा खाएको खण्डमा १० रुपैयाँ जरिवाना गर्ने भएको छ । अमरगढी नगरपालिका–७ को उग्रतारा उच्च माध्यमिक विद्यालय पोखराले विद्यालयमा विद्यार्थीले चाउचा, विस्कुट, कुकुरे लगायतका पत्रु खानेकुरा खाए जरिवाना गर्ने भएको हो । बालबालिकामा देखिने कमलपित्त लगायतका रोग बढ्दै गएपछि विद्यालयले विद्यालय समयमा उक्त खाद्य वस्तु प्रतिबन्ध लगाएको विद्यालयले जनाएको छ । विद्यालय परिसरमा यस्ता खानेकुरा खान रोक लगाएपछि विद्यार्थीले खान कम गरेको विद्यालयले जनाएको छ । उक्त खाने कुरा खाने दुई सय विद्यार्थी दण्दित भईसकेको छ । सुरुमा यस्ता खाने कुरा नियन्त्रण गर्न निकै समस्या आएपनि अहिले विद्यार्थीमा उल्लेख्य मात्रामा कमी आएको ठूला विद्यार्थीहरुले बताएका छन् ।...