त्रिमाविको ५२ औं वार्षिकोत्सव सम्पन्न
आषिस बस्नेत
कटारी/फागुन १ गते ।
कटारीको श्री त्रिवेणी माध्यामिक विद्यालयको ५२ औँ बार्षिक उत्सव सम्पन्न भएको छ । कटारी नगरपालिका– ४ मा रहेको त्रिवेणी माविको ५२ औँ बार्षिक उत्वसव भब्यताका साथ सम्पन्न भएको हो ।
नगरलाई शैक्षिक हवको रुपमा विकास गर्ने कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठलले बताए । आगामी आर्थिक वर्षमा नै विज्ञान विषय पठन पाठन गर्नका लागि विद्यालयलाई बजेटको व्यवस्था गर्ने प्रतिवद्धता मेयर श्रेष्ठले गरेका छन् ।
नमुना विद्यालयको शैक्षिक गुणस्तर पनि नमुना बनाउनु पर्ने भएकाले सबैले आ–आफ्नो तहबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा कनपाकी उप–मेयर भिमकुमारी राउतले बताईन् । नगरले शैक्षिक विकासका लागि बुहारी छात्रवृद्धि , छात्रासँग उप–मेयर कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको उनीले बताईन् ।
शैक्षिक विकास भएमात्र अन्य विकास हुने विद्यालयका व्यवस्थापन समितिका अध्य...








