Thursday, May 21News That Matters

संसार

नेपाली आफ्नै खर्चमा कोरिया फर्किन पाउने

नेपाली आफ्नै खर्चमा कोरिया फर्किन पाउने

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १६ गते । कोरियाबाट विदामा घर फर्केका नेपालीलाई सरकारले आफ्नै खर्चमा जान चाहेमा विमान चार्टर गरेर पठाउने भएको छ । दक्षिण कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा भएका तर बिदामा घर आएर अहिले नेपालमै रहेकाहरु कोरिया फर्किन पाउनेछन् । यसरी जान चाहनेहरुले स्वास्थ्य परीक्षण गराइ आफ्नै खर्चमा जान अनुमति दिइने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेर रोजगारीको लागि कोरिया जाने प्रक्रियामा रहेका तर सम्झौता पत्रमा हस्ताक्षर गर्न नपाएकाले लकडाउन खुलेपछि हस्ताक्षर गर्न पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बिदामा कोरियाबाट स्वदेश फर्केका तर लकडाउनका कारण कोरिया फर्किन नपाउँदा भिसाको म्याद सकिएकाहरुले पनि म्याद थपको लागि निवेदन दिन सक्नेछन् ।...
कोरोना संक्रमित ९ लाख भन्दा बढी निको भए

कोरोना संक्रमित ९ लाख भन्दा बढी निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १६ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित मध्ये नौ लाख भन्दा बढी उपचारपछि निको भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट ३० लाख ६० हजार जना भन्दा बढी संक्रमित भएको छ । उक्त संख्यामध्ये नौ लाख १९ हजार आठ सय ९४ जना उपचारपछि निको भएको वल्डओमिटरले जनाएको छ । त्यस्तै १९ लाख २९ हजारभन्दा बढीको उपचार भईराखेको छ भने दुई लाख ११ हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ । अमेरिकामा सवै भन्दा बढी संक्रमित भएका छन् भने मृत्यु पनि अमेरिकामै भएको छ । अहिलेसम्म अमेरिकामा मात्रै १० लाख आठ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएकोमा साढे ५६ हजारभन्दा बढीको मृत्यु भईसकेको जनाएको छ । यस्तै इटलीमा साढे २६ हजारभन्दा बढी, स्पेनमा साढे २३ हजारभन्दा बढी, फ्रान्समा २३ हजारभन्दा बढी र बेलायतमा २१ हजारभन्दा बढीको मृत्...
बेलायती प्रधानमन्त्री नियमित काममा फर्कियो

बेलायती प्रधानमन्त्री नियमित काममा फर्कियो

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १५ गते ।  कोरोना भाइरसको संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि निको भएर आफ्नो नियमित काममा फर्किएको छ । बेलायतमा संक्रमणको उच्च खतरा कायमै रहेकाले लकडाउन खुला गरिहाल्ने अवस्था नरहेको प्रधानमन्त्री जोनसनले बताए । कोरोना भाइरसका कारण चुनौती भएको र लकडाउनको पालना गर्ने नागरिक धन्यवादको पात्र भएको उनले बताए  । कोरोनाको संक्रमण भएका ५५ वर्षीय बेलायती प्रधानमन्त्री जोनसन गत मार्च २६ तारिखमा अस्पताल भर्ना भएको थियो । आफ्नै एकान्तवासमा बसेको प्रधानमन्त्रि जोनसनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि लण्डनको एसटी थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पालबाट गत अप्रिल १२ तारिखमा डिस्चार्ज भएको थियो ।  डिस्चार्जपछि डाक्टरको सल्लाहमा प्रधानमन्त्रि जोनसनले केही दिन आराम गरेको थियो ।...
भारतमा कोरोना संक्रमितको संख्या २६ हजार ९ सय बढी

भारतमा कोरोना संक्रमितको संख्या २६ हजार ९ सय बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १५ गते ।  भारतमा कोरोना भाईरस (कोभिड–१९) संक्रमित २६ हजार नौ सय नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजार ९ सय ७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २६ हजार नौ सय १७ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा देखिएका सङ्क्रमितहरूमध्ये पाँच हजार नौ सय उपचारपछि निको भएर घर फर्किएका छन् भने २० हजार एक सय ७७ जना कोरोना संक्रमित बिरामी अस्पतालमा उपचार गराईराखेका छन् । भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ । भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्न थामको लागी लकडाउनलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।...
वुहानमा कोरोना संक्रमित शून्य

वुहानमा कोरोना संक्रमित शून्य

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १५ गते ।  पहिलो पटक कोरोना भाईरस फेला परेको चीनको वुहान शहरमा कोरोना संक्रमित शून्यमा झरेको छ । गत डिसेम्बर अन्तिममा पहिलो पटक वुहानमा कोरोना संक्रमण देखिएको थियो । शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना संक्रमित डिस्चार्ज भएपछि एक जना पनि नयाँ बिरामी नथपिएका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । स्वास्थ्यकर्मीको मिहेनतले गर्दा यो सम्भव भएको जनाएको छ । कोरोना संक्रमण फैलिएपछि वुहानमा ७६ दिनसम्म लकडाउन गरिएको थियो । चीनमा अहिलेसम्म ८२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएकोमा ५० हजारभन्दा बढी वुहानका मात्र रहेको थियो । चीनमा अहिलेसम्म साढे ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
नेपाली श्रमिकलाई आफ्नो विवरण पेश गर्न दूतावासको आग्रह

नेपाली श्रमिकलाई आफ्नो विवरण पेश गर्न दूतावासको आग्रह

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १४ गते । ओमानमा रहेका समस्यामा परेका नेपाली श्रमिकलाई आफ्ना समस्यासहित विवरण पेश गर्न नेपाली दूतावासले आग्रह गरेको छ । कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिरहेको अवस्थामा ओमनमा रहेका नेपाली श्रमिकहरुलाई पर्ने भएकाले उनीहरुको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण संकलन गर्न लागेको दूतावासले जनाएको छ । https://om.nepalembassy.gov.np/information-collection-form/ लिंकमा गएर अनलाइन आवेदन भर्न सकिने छ । यो लिङ्क खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ । चाँडो आफ्नो विवरण भर्न दूतावासले आग्रह गरेको छ  भने विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने दूतावासले जनाएको छ ।...
श्रीलंकामा २४ घण्टे कर्फ्यु

श्रीलंकामा २४ घण्टे कर्फ्यु

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १३ गते ।  श्रीलंकामा आजदेखि २४ घण्टे कफर््यु लगाईएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दो क्रम जारी रहेपछि  श्रीलंकामा कर्फ्यु लगाइएको हो । शुक्रबार श्रीलङ्कामा थप ४६ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म चार सय २० जना कोरोना संक्रमित पुगेको छ भने सात जनाको मृत्यु भईसकेकोे छ । नयाँ संक्रमितमा ३० जना जलसैनिक हुन् । उनीहरु श्रीलंकाको राजधानी कोलम्बो नजिक एक शिविरमा रहँदै आएका थिए । श्रीलंकामा गएको सोमबार दिउँसो देशको दुई तिहाइ क्षेत्रमा कर्फ्यु केही खुकुलो गरिएको थियो ।...
पाकिस्तानमा मे ९ सम्म लकडाउन लम्बियो

पाकिस्तानमा मे ९ सम्म लकडाउन लम्बियो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १३ गते । पाकिस्तानमा आगामी मे ९ सम्मको लागी लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमित थपिने क्रम जारी भएकाले पाकिस्तानी सरकारले मे ९ तारिखसम्मका लागि लकडाउन रहिरहने घोषणा गरेको हो । देशव्यापी लकडाउन भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ११ हजार ६ सय ५२ रहेको छ । त्यसैगरी देशभरि कोरोना भाइरसका कारण दुई सय ४२ भन्दा बढीको मृत्यु भईसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै पञ्जाब प्रदेश प्रभावित भएको छ । त्यहाँ चार हजार आठ सय ५१ जना संक्रमित भेटिएका छन् । आजदेखि मुस्लिम धर्मावलम्बीहरुको एक महिने रमजान पर्व समेत सुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ ।...
कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १३ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ । दई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा २८ लाख २६ हजार छ सय ७४ जनामा कोरोना पुष्टि भएको हो । उक्त संख्यामा मध्ये सात लाख ८१ हजार दुई सय ५४ जना निको भएका छन् भने १८ लाख ४८ हजारभन्दा बढीको उपचार भईरहेको छ । त्यस्तै एक लाख ९६ हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक लाख तीन हजारभन्दा बढी नयाँ बिरामी थपिएका छन् भने छ हजारभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म सवै भन्दा बढी अमेरीकामा मृत्यु भएको जनाईएको छ । अमेरिकामा मात्रै नौ लाख २३ हजार छ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५२ हजार ९२ जनाको मृत्यु भएको वल्डओमिटरले जनाएको छ । इटालीमा साढे २५ हजारभन्दा बढी, स्पेनमा साढे २२ हजारभन्दा बढी, फ्रान्समा २२ हजारभन्दा बढी र बेलायतमा साढे १९ हजारभन्द...
कीटणुनाशक ईन्जेक्सनले ट्रम्प आलोचित

कीटणुनाशक ईन्जेक्सनले ट्रम्प आलोचित

समाचार, संसार
पुर्णपुष्टि, बैशाख १२ गते । अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्प विवादास्पद भनाइका कारण फेरी आलोचित बन्नु परेको छ । शरीरमा कीटाणुनाशक ‘इन्जेक्शन’ दिएर कोरोना भाइरसको उपचार गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा अनुसन्धान गर्न सुझाब दिएपछि चिकित्सकीय समुदायले ट्रम्पको आलोचना गरेको हो । ट्रम्पले यूभी प्रकाशद्वारा रोगीहरुको शरीरमा विकिरण पठाउन प्रस्ताव गरेको थियो । यस उपायलाई एक डाक्टरले ब्रिफिङकै क्रममा खारेज गरिदिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । कोरोना भाइरसको उपचारलाई लिएर ट्रम्पले दिएको सुझाब खतरनाक र हास्यास्पद रहेको जनाईएको छ । हिजो ह्वाइट हाउसमा कोरोना भाइरस कार्यदलसँगको छलफलमा एक अधिकारीले सरकारी अनुसन्धानको नतिजा प्रस्तुत गर्दै सूर्यको किरण र तातो मौसममा कोरोना भाइरस कमजोर हुने सङ्केत गरेको जनाईएको छ ।...