Wednesday, May 20News That Matters

संसार

प्रभावशिल युवा संजिबको एनआरएन कोरियामा उम्मेदवारी

प्रभावशिल युवा संजिबको एनआरएन कोरियामा उम्मेदवारी

समाचार, संसार
पूर्णपुष्टि, साउन २१ गते । उदयपुरका प्रभावशिल युवा संजिब राईले गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले एनआरएनए कोरियाले आगामी सेप्टेम्बर २१ र २२ तारिखमा गर्ने अधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका हुन् । कोरियामा विभिन्न सामाजिक संघसंस्थासंग आवद्ध रहि विगत सातवर्षदेखि रहदै आएका राईले आईतबार किम्हे बुसानमा भएको भेलाबाट ख्याङ्सन किम्हे बुसान मासान र मिर्याङ उल्सान लगाएत दक्षिणी भेगको साँझा प्रतीनिधिको रुपमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । भेलाले उनलाई सर्बसहमत उम्मेदवार चुनेको थियो । उम्मेदवारी घोषणा संगै उनले दक्षिण कोरियामा रहेका नेपाली कामदारहरूको हकहितमा काम गर्ने प्रतिबद्धताका साथ सिर्जनशिल र रचनात्मक कार्यक्रमहरु अगाडि बढाउने उद्घोष गरेका छन् । उनले कोरियाबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले आफ्नो मताधिकारको प्रयो...
बन्दुक हमलामा २० जनाको मृत्यु

बन्दुक हमलामा २० जनाको मृत्यु

समाचार, संसार
अमेरिकाको एक राज्यमा भएको बन्दुक हमलामा परि करिब २० जनाको मृत्यु भएको छ भने २६ जना घाईते भएका छन् । टेक्सस राज्यको एल पासो सहरमा भएको बन्दुक हमलामा करिब २० जनाको मृत्यु र २६ जना घाईते भएका हुन् । अमेरिका र मेक्सिकोका सिमाना छेउमा रहेको वालमार्ट स्टोरमा घटना घटेको थियो । घटनामा संलग्न एक जना २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरको छ । घटनामा परेका पिडितहरुको नाम खुलाईएको छैन । उक्त घटनामा मेक्सिकोका तीन जना नागरीकको मृत्यु र ६ जना घाईते भएको मेक्सिकोका राष्ट्रपतिले संचारमाध्यहरुलाई बताएका छन् । संदिग्ध व्यक्ति ड्यालस सहरका बासिन्दा रहेको र उनको नाम प्याट्रिक क्रुसिअस रहेको संचारमाध्यमहरुले जनाएको छ । यो घटना अमेरिकाको आठौँ घातक बन्दुक आक्रमण हो भने उक्त घटनलाई अमेरिकाको पछिल्लो कालखण्डको जनाएको छ ।...
सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण

सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण

समाचार, संसार
साउन १७ गते ।  यमनको एक सैनिक क्याम्पमा परेडमा रहेको सैनिकमाथि विद्रोही समुह हुथी समुदायबाट आक्रमण भएको छ । सैनिक परेडमाथि भएको क्षेप्यास्त्र आक्रमणमा करिब ३२ जना सैनिकको मृत्यु भएको हो । दक्षिण तटिय सहर एडनमा भईरहेको सैनिक परेड माथि क्षेप्यास्त्र र अर्को सशस्त्र ड्रोनको निशाना बनाएको विद्रोही समूहले संचालन गरेको टेलिभिजन च्यानलले जनाएको छ । निकै पहिले पनि उक्त शहरको एक प्रहरी कार्यालयमा आत्मघाघी बम हमलामा १० जना प्रहरीको ज्यान गएको थियो । यस दुवै आक्रमणबीच कुनै सम्बन्ध रहेको वा नरहेको भन्नेबारे प्रस्ट नभएको जनाईएको छ । उत्तरी एक हुथी विद्रोहीहरूको पकड यरिया क्षेत्रमा आक्रमण गर्न सरकारले परिचालन गरेको फौजको एक भाग रहेको दावी गरेको छ । तर सरकारले नयाँ भर्ना भएका सैनिकहरूको तालिम सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रम भएको जनाएको छ । उक्त आक्रमणमा एकजना वरिष्ठ सैनिक कमाण्डर मारि...
अमेरिकाको घोषणा, इरानी विदेशमन्त्रीलाई प्रतिबन्ध

अमेरिकाको घोषणा, इरानी विदेशमन्त्रीलाई प्रतिबन्ध

समाचार, संसार
साउन १६ गते । अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जभाद जरिफलाई प्रतिबन्ध लगाएको छ । विदेश मन्त्रि जरिफले इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयन गरेको भन्दै अमेरिकाको यूएस डिपार्टमेन्ट अफ ट्रेजरीले जरिफलाई प्रतिबन्धको घोषणा गरेको हो । अमेरिकामा रहेको जरिफको सबै सम्पत्ति फ्रिज हुनेछ भने अमेरिकाद्वारा नियन्त्रित संघ–संस्थामा रहेको धन–सम्पत्ति पनि जरिफले पाउने छैनन् । जरिफले एक ट्वीट गर्दै आफ्नो एजेन्डाबाट खतरा महसुस गरेर अमेरिकाले प्रतिबन्ध लगाएको प्रतिक्रिया दिएका छन् । अमेरिकाको प्रतिबन्धप्रति खुसी हुदै जरिफले यो इरानी एजेन्डाको सफलताको रूपमा व्याख्या गरेका छन् । सन् २०१५ मा आणविक गतिविधि रोक्ने उद्देश्यले ईरानसँग भएको न्यूक्लिय सम्झौताबाट अमेरिकापछि हटेपछि दुई देश विच तनाव चर्कदै गएको छ । पछिल्लो सयममा आएर समुद्री मार्गमा केहि गतिविधि बढ...
तीन तलाक अपराध ठहर

तीन तलाक अपराध ठहर

समाचार, संसार
साउन १५ गते । कुसस्कारको रुपमा प्रचलित तीन पटक तलाक बोलेर गरीने सम्बन्धविच्छेद विरुद्धको विधेयक भारतको संसदले पारित गरेको छ । मुसलमान समुदायमा प्रचलित सम्बन्धविच्छेदका लागि बोलिने तीन तलाक अपराध ठहर गर्ने एक विवादास्पद विधेयक संसदले पारित गरेको हो । यस कानुन परित भएपछि कुनै मुसलमान श्रीमानले आफ्नी श्रीमतिलाई तलाक बोलेर सम्बन्धविच्छेद गरेको पाइएमा ३ वर्षसम्म कैद सजाय हुन्छ । भारतको लोकसभाबाट पारित गरेको तीन तलाक विधेयक राज्यसभाबाट पनि पारित भएको छ । यस विधेयक परित गर्दा विधेयकको पक्षमा ९९ र विपक्षमा ८४ मतको साथ पारित गरेको थियो । टीआरएस, जेडियू र एआईएडीएमके जस्ता दलले मतदान बहिष्कार गरेपछि विवाह अधिकार संरक्षण विधेयक सजिलै पारित भएको थियो । दुवै सदनबाट पारित भएको विधेयकलाई राष्ट्रपतिको प्रमाणीकरणका लागि पठईन्छ ।...
चीनमा पहिरोले ३६ जना बढीको मृत्यु

चीनमा पहिरोले ३६ जना बढीको मृत्यु

समाचार, संसार
साउन १३ गते । चिनको दक्षिणी क्षेत्रमा गएको पहिरोमा परी ३६ जना भन्दा बढीको मृत्यु भएको छ । गुईझाउ प्रान्तमा दर्जनौ घरहरु पुरीएको छ भने १५ जना अझै बेपत्ता भएको सरकारी संचार माध्यमहरुले जनाएको छ । पहिरोमा परेका ४० जनालाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।  अविरल परेको वर्षाले चीनका केही क्षेत्रमा घटना घटेको जनाईएको छ । स्थानिय एक विद्यालयलाई आपत्कालीन स्वास्थ्य तथा उद्दार केन्द्र बनाईएको छ । सरकारले ४४ लाख अमेरिकन डलर उद्दार र विस्थापितहरुको पुनस्र्थापनाको लागि छुट्याएको जनाईएको छ । अविरल वर्षाले दुर्गम पहाडी क्षेत्रमा गएको पहिरोमा परि बालबालिका र एक सन्तानकी आमाको मृत्यु भएको जनाकारी पाएको अधिकारीहरुले जनाएको छ ।...
फ्रान्समा भेटियो भीमकाय डाइनोसरको हड्डी

फ्रान्समा भेटियो भीमकाय डाइनोसरको हड्डी

समाचार, संसार
साउन १२ गते । फ्रान्सको एक उत्खन्न क्षेमा भिमकाय डाईनोसरको तिघ्राको हड्डिी फेला पारेको छ । दक्षिण–पश्चिमी फ्रान्समा रहेको उत्खनन क्षेत्रबाट बैज्ञानिकहरुले भीमकाय डाइनोसरको हड्डी फेला पारेको हो । औजेक क्षेत्रमा फेला परको तिघ्राको हड्डी दुई मिटर लामो  छ । त्यो हड्डी सोरापाड डाइनोसरको भएको वैज्ञानिकहरुले ठानिएका छन् । विशाल शरिर अनि लामो घाँटी र पुच्छर भएको ती भीमकाय डाइनोसरले बोटविरुवा खाने गर्दथ्यो । अहिलेका सवै भन्दा ठुला स्थलचर प्राणी जुरासिक युगको अन्त्यतिर पाइने सोरापाड डाइनोसर मानिन्छ । फेला पारिएको हड्डीको संरक्षित अवस्था हेरेर आफूहरू आश्चर्यचकित भएको वैज्ञानिकहरूले बताएका छन् । सोरापाड डाइनोसरहरू १४ करोड वर्ष पहिला अस्तित्वमा थियो । ४०/५० टनसम्मको तौलका भएको थियो । सन् २०१० मा एउटा सोरापाड डाइनोसरको तिघ्राको हड्डी फेला पारिएको थियो जसको लम्बाइ २ मिटर र तौल ५०० किलोग्रामका...
बातानेस प्रान्तमा दुई पटक भुकम्प

बातानेस प्रान्तमा दुई पटक भुकम्प

समाचार, संसार
साउन ११ गते । फिलिपिन्सको बातानेस प्रान्तमा दुई पटक भुकम्प दाजा हजारौँ घाईते भएका छन् भने करिब आठ जनाको मृत्यु भएको छ । एकाविहानै आएको ५.४ र ५.९ म्याग्नेट्युडको भुकम्पले निन्द्रमै दर्जनौ मानिसको ज्यान लिएको थियो भने हजारौँ घाईते भएका हुन् । भूकम्प जाँदा मानिसहरू घरभित्रै रहेको प्रहरी अधिकारीहरुले बताएका छन् । भूकम्प गएपछि आउन सक्ने सुनामीको भने चेतावनी जारी गरिएको छैन । विहानै भुकम्प गएकाले विहानी निन्द्रामा मानिसहरु भएकाले भाग्न नपाएको प्रहरी अधिकारीहरुले जनाएको छ । फिलिपन्सका रेडक्रसले सामाजिक सञ्जालमा राखेका फोटोहरुमा भुकम्पले भग्नावशेषमा परिणत गरेका घरहरु देखिन्छ ।...
संयुक्त हवाई गस्तीमा कोरिया र जापानको विरोध

संयुक्त हवाई गस्तीमा कोरिया र जापानको विरोध

समाचार, संसार
एसिया प्रशान्त क्षेत्रमा रुस र चीन मिलेर पहिलो पटक गरेको हवाई गस्ति प्रति दक्षिण कोरिया र जापानले विरोध गरेको छ । आफ्नो क्षेत्रमा रुसी र चीनको विमानहरु प्रवेश गरेपछि दक्षिण कोरिया र जापानले पनि आफ्ना विमानहरु पठाएका थिए । अहिले सम्मकै लामो दूरीको हवाई गस्ती गरेको छ । लडाकु विमानहरूको साथमा चारवटा बम खसाल्ने जहाजले जापानी समुद्र र इस्ट चाइना सीमा क्षेत्रमा गस्ती गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । भने पूर्व योजना अनुसार तोकिएको हवाई मार्गमा मात्रै गस्ति गरिएको जनाएको छ ।...
मोटरसाईकल दुर्घटनामा १ को मृत्यु २ घाईते

मोटरसाईकल दुर्घटनामा १ को मृत्यु २ घाईते

संसार
  सुनसरी, श्रावण ०३ गते ।  सुनसरीको गढी गाउँपालिका(५ मा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार अपरान्ह ५ बजेको समयमा तिनमोहडी  स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिदा  पानीको खाल्डोमा परी दुर्घटना भएको हो दुर्घटनामा परी मोटरसाईकल चालक गढी गाउँपालिका(६ का ३० बर्षीय राजेश्वर मण्डलको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई तत्काल उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएको थियो उपचारको क्रममै बेलुका ७ बजे मृत्यु मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार गढी गाउँपालिका(६ का २१ बर्षीय जितेन मण्डल र २२ बर्षीय कैलाश भन्ने राम नारायण मण्डल सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।...