Sunday, August 23News That Matters

समाचार

स्थानीय तहहरूलाई प्रहरीको यस्ताे प्रशंसा

स्थानीय तहहरूलाई प्रहरीको यस्ताे प्रशंसा

समाचार
पूर्णपुष्टि, माघ १७ गते । जिल्ला प्रहरी कार्यालय उदयपुरले स्थानीयतहमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको भन्दै शुक्रबार पालिकाहरुलाई  प्रशंसा–पत्र प्रदान गरेको छ । पालिकाहरुलाई प्रहरीले कार्यालयमा प्रशंसा वितरण समारोहको आयोजना गरी प्रशंसा पत्र प्रदान गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले कार्यक्रममा सहभागि रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी र उदयपुरगढी गाउँपालिकाकी प्रतिनिधि प्रज्ञा पराजुलीलाई प्रशंसा पत्र प्रदान गर्नुभयो । अन्य बाँकी आठ पालिकालाई पायकका इलाका प्रहरी कार्यालयमार्फत प्रदान गरिने जनाइएको छ । रौतामाई गापाका अध्यक्ष खड्काले शान्ति, सुरक्षा महत्वपूर्ण कुरा रहेको बताउनुभयो । त्यसका लागि प्रहरी–समुदाय साझेदारी कार्यक्रमले प्रहरीसंग जोडिन, सहकार्य तथा समन्वयका लागि वातावरण सिर्...
मेयर श्रेष्ठद्धरा सरस्वती मन्दिरको उद्घाटन

मेयर श्रेष्ठद्धरा सरस्वती मन्दिरको उद्घाटन

समाचार
आशिष वस्नेत  कटारी/माघ १६ गते ।   कटारीको श्री चुरिया आधारभूत विद्यालयमा निर्माण भएको सरस्वती मन्दिर नगरका मयेर ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गर्नु भएको छ । कटारी नगरपालिका–३ च्याँगाको विद्यालयको प्राङग्गमा निर्माण भएको मन्दिर सरस्वती पुजाको अवसरमा मयेर श्रेष्ठले उद्घाटन गर्नु भएको हो । वडा कार्यालयको ३ लाख  रुपैयाँ आर्थीक सहयोगमा करिब १५ हजार बराबरको जनश्रमदानबाट मन्दिर निर्माण भएको थियो । मन्दिरको उदघाटन गर्दै मयेर श्रेष्ठले सार्वजनिक स्थलको संरक्षण गर्ने दायित्व नगरको पनि रहेको बताउनु भएको छ । च्याँगा गाउँमा कालोपत्रे सडक निर्माण हुन्छ । वडाको भित्रि सडकमध्ये च्याँगामा सडक कालोपत्रे गर्ने मेयर श्रेष्ठले बताउनुभयो । पुरानो भएको विद्यालयको जस्ता फेर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । नमुना विद्यालय घोषणा गर्ने प्रकृया अघि बढेको छ । नमुना विद्यायले घोषणा गरेर मात्रै नहुने र त्...
स्वर्गीय. मेघनाथ आचार्यको सम्झनामा बिद्यार्थीहरुलाई पोसाक वितरण

स्वर्गीय. मेघनाथ आचार्यको सम्झनामा बिद्यार्थीहरुलाई पोसाक वितरण

समाचार
गाईघाट/माघ, १६ स्वर्गिय. मेघनाथ आचार्यको ७९ औँ स्मृति दिवसलाई सम्झैदै छोरा रमेश आचार्यले सत्यदेवी मावि भुल्केका विद्यार्थीहरुलाई पोसाक वितरण गर्नु भएको छ । बाबुको चिरशान्तिको कामना सहित विद्यालयका १ देखी १० कक्षा सम्मका आर्थिक कम्जोर भएका ३० विद्यार्थीहरुलाई पोसाक वितरण गर्नु भएको हो । स्वर्गिय. आचार्यले सो विद्यालय खोलेर पूर्व संस्थापक प्र.अ को काम पनि गरिसक्नु भएको थियो । पछि आफुले पनि सो विद्यालयमै प्र.अ को भुमिका निर्वाह गरिसकेको बताउँदै विगतमा बाबुले शिक्षा क्षेत्रमा पुराएको शैक्षिक योकदानको कदर लाई सम्झेर पोसाक वितरण आयोजना गरिएको छोरा रमेश आचार्यले बताउनुभयो । उहाँले अहिले यहाँ सम्म आइपुग्दा यस विद्यालयबाट थुप्रै विद्यार्थीहरुले शिक्षा आर्जन गर्दै आफ्नो भविष्यलाई उच्चस्तरीय बनाइसकेको समेत बताउनुभयो । विगतको समय देखिनै यसरी विद्यालयका बिद्यार्थीहरुलाई पोसाक वितरण गर्दै आएको ...
सांसद थापाद्धारा सुविधा सम्पन्न भवनको शिलान्यास

सांसद थापाद्धारा सुविधा सम्पन्न भवनको शिलान्यास

समाचार
उदयपुर, माघ १६ गते ।  १ नं प्रदेश सांसद अम्विका थापाले प्याराडाईज बोर्डिङ स्कुलको सुविधा सम्पन्न भवनको शिलान्यास गर्नुभएको छ । त्रियुगा नगरपालिका–११ को प्याराडाईज बोर्डिङ स्कूलको बन्न लागेको सुविधा सम्पन्न भवनको सरस्वती पुजाको अवसरमा विहिबार सांसद थापाले शिलान्यास गर्नुभएको हो । स्कुल स्थापना भएको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा निर्माण गर्न लागेको सुविधा सम्पन्न भवनको पुजा तथा विशेष समारोहको अवसर पारेर शिलान्यास गरेको विद्यालयले जनाएको छ । सरस्वती पुजा र भवनको शिलान्यासपछि सास्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा नाटक, गित, नृत्यु लगायतका प्रतिभाहरु प्रस्तुत गरिएको थियो । विभिन्न विधामा सर्वोउत्कृष्ठ भएका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृति गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमको सभाध्यक्ष संचालक समितिका अध्यक्ष प्रकाशकुमार बस्नेत, प्रमुख अतिथि १ न. प्रद...
ट्रकको ठक्करबाट  १ महिलाको मृत्यु

ट्रकको ठक्करबाट १ महिलाको मृत्यु

समाचार
संखुवासभा,माघ १६ गते । संखुवासभाको चैनपुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–२ मयुम निबासी ६० वर्षीया बाटुली सिमखडाको मृत्यु भएको हो । चैनपुरको भित्र कच्ची बाटोमा नुनढाकीबाट ईटहरी तर्फ आउदै गरेको को १ ख ४२८२ नम्बरको ट्रक बाटोको बाँया साईडमा धस्रीएर बिहान पौने १० बजे पैदल यात्री सिमखडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट घाईते भएकी सिमखडालाई उपचारको लागि को २ ह ५४१४ नम्बरको अटोमा लैजाने क्रममा करिब एक सय मिटर पर पुगेपछि अटो अनियन्त्रीत भई दुर्घटना हुदा भएको प्रहरले जनाएको छ । अटो दुर्घटना भएपछि सिमखडालाई  इस्ट्रेचरमा राखेर उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । ट्रक चालक सुनसरी धरान–१७ निबासी डम्बर बि.क. र अटोे चालक संखुवासभा चैनपुर मयुम निबासी गोबिन्द प्रसाद कोइराला ईलाका प्रहरी कार्य...
शिक्षक मृत अवस्थामा फेला

शिक्षक मृत अवस्थामा फेला

समाचार
खोटाङ,माघ १६ गते । खोटाङको एक विद्यालयका शिक्षक मृत फेला परेको छ । शिशु माध्यामिक विद्यालय महेश्वरीमा कार्यरत सहदेव राई मृत फेला परेको हो । दिक्तेल रुपाकोट मझुवागढी घर भई हाल ऐसेलुखर्क–५ स्थित शिशु माध्यमीक बिद्यालय महेश्वरीमा कार्यरत शिक्षक ३४ वर्षीय राई मृत फेला परेको प्रहरीले जनाएको छ । विद्यालय नजिकै युबराज राईको घरमा कोठा लिई बस्दै आएको थियो । बिहान ९ बजेसम्म नउठेपछि बिद्यालयका प्रधानध्यायपकलाईसमेत बोलाएर ठोका खोली हेर्दा शिक्षक राई मृत अवस्थामा फेला परेको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ तत्काल प्रहरी टोली घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
ट्याक्टर दुर्घटनामा २१ जना घाईते

ट्याक्टर दुर्घटनामा २१ जना घाईते

समाचार
सुनसरी,माघ १६ गते । सुनसरीको बराहक्षेत्रमा ट्याक्टर दुर्घटना हुदा २१ जना  घाईते भएका छन् । बराहक्षेत्रको भित्रि सडकखण्डको रानीखोला पुलमा ट्याक्टर दुर्घटना हुदा २१ जना घाईते भएका हुन् । धरानबाट बराहक्षेत्र पुजा गर्न जादै गरेको को२ त ८४८६ नम्बरको  ट्याक्टर बिहान साढे ८ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २५ मिटर तल खसेर दुर्घटना हुदा  ट्याक्टरमा रहेका २१ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाईते भएका सबैको घोपा धरानमा उपचार भईरहेको छ भने ट्याक्टर चालक ईलाका प्रहरी कार्यालय चतराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
रुखबाट लडेर १ जनाको मृत्यु

रुखबाट लडेर १ जनाको मृत्यु

समाचार
 उदयपुर,माघ १६ गते । उदयपुर बेलकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका–३ निबासी ४० बर्षीय जिवन भन्ने झमकबहादुर बस्नेतको मृत्यु भएको हो । घर नजिकै रहेको सेती खोलाको जंगलमा बुधबार बिहान साढे ९ बजे हङरायोको रुखमा चडि घाँस काट्ने क्रममा लडेर घाईते भई उपचार गराउन धरानको घोपामा लगी उपचारको क्रममा मृत्यु भएको मृतकको आफन्तले जनाकारी गराएको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।...
भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
खोटाङ, माघ १६ गते ।  खोटाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी–१४ निबासी ५९ बर्षीय कर्णबहादुर राईको  मृत्यु भएको हो । गत सोमबार आफन्तको घर दिक्तेल रुपाकोट मझुवागढीबाट आफ्नो घर जान्छु भनी हिडेका राई  दुई दिनसम्म घर नपुगेपछि आफन्तले खोजतलास गर्ने क्रममा उनलाई सिद्धबोटे भिरबाट लडी मृत्यु भएको अबस्थामा फेला पारी प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ प्रहरी तत्काल घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...

साँढे ७ लाख बराबरको अबैध समान बरामद

समाचार
बिराटनगर, माघ १६ गते ।  मोरङ र झापाको सिमानाकाबाट प्रहरीले साँढे सात लाख भन्दा बढीको अबैध समान बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको करिब पाँच लाख बराबरको घडी बुधवार बेलुका साँढे ५ बजे बिराटनगर महानगरपालिका–१५ बाट प्रहरीले बरामद भएको हो । ईलाका प्रहरी कार्यालय रानीबाट खटेका टोलीले चेकजाँच गर्ने क्रममा उक्त मुल्य बराबरको अबैध सामनहरु बरामद गरेको प्रहरीले जनाएको छ । यसैगरी झापाको बाह्रदशी गाउँपालिका–२ का तिककचन राजवंशीको गोठमा अबैध रुपमा लुकाई छिपाई राखिएको करिव दुई लाख ५० हजार रुपैयाँ बराबरको सुर्ती बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटेका प्रहरी टोलीले उक्त मुल्य बराबरको सुर्ती बरामद गरेको प्रहरीले जनाएको छ ।...