Friday, August 21News That Matters

समाचार

भारतको नक्सामा नेपाली भूभाग, अनेरास्ववियूकोे विरोध ¥याली

भारतको नक्सामा नेपाली भूभाग, अनेरास्ववियूकोे विरोध ¥याली

समाचार
कात्तिक २० गते ।  भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भुभाग परेपछि चौतर्फी आलोचना भईरहेको छ । गएको शनिबार भारतले सार्वजनिक गरेको नक्सामा नेपालको करिब ३ सय ७२ किलोमिटर भन्दा बढी जमिन समेटको भुभाग समावेश गरएको छ । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् । अहिले यथाशीघ्र नेपाल सरकारको धारणा माग गरिरहेका छन् । यसै क्रममा सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ¥याली निकालेर विरोध गरको छ । ‘भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ् इण्डिया, कालापानी हाम्रै हो, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै विरोध जनाएका छन् । यो विरोध सांकेतिक मात्रै भएको र तत्काल नसच्याइए कालापानी गएर नेपाली भूमिमा राष्ट्रिय झण्डा गाड्ने अनेरास्ववि...
कार दुर्घटनामा ३ जनाको मृत्यु

कार दुर्घटनामा ३ जनाको मृत्यु

समाचार
कात्तिक २० गते ।  सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा विहान कार दुर्घटना हुदा तीन जनाको मृत्यु भएको हो भने दुई जना घाईते भएका छन् । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुदा मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ ।...
ब्लड क्यान्सर पिडिलाई १ लाख ८१ हजार आर्थिक सहयोग

ब्लड क्यान्सर पिडिलाई १ लाख ८१ हजार आर्थिक सहयोग

समाचार
उदयपुर, कात्तिक २० गते ।  उदयपुरका क्यान्सर पिडित राजन कार्कीलाई स्थानीय अगुवाको सक्रियतामा १ लाख ८१ हजार आर्थिक सहयोग जटेको छ । स्थानीय अगुवाका सक्रियतामा ब्लड क्यान्सर पिडित कार्कीलाई १ खाल ८१ हजार ५ सय २१ रुपैयाँ आर्थिक सहयोग जुटाएको हो । त्रियुगा नगरपालिका–६ धनचक्रे निबासी ४४ वर्षीय कार्कीलाई रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खविन्द्र रासकोटी, पिडितको भाई टेकबादुर कार्की लगायतका स्थानीय अगुवाका पहलमा उक्त आर्थिक सहयोग जुटाएको रासकोटीले बताए । ब्लड क्यान्सर जस्ता घातक रोग लागेको र आर्थीक अवस्था नाजुक भएका कार्कीलाई बचाउँनका लागि चिने जानेको र आफन्तलाई आर्थिक सहयोगको पहल गरेको साकोटीले बताए । सहयोगी हातहरुबाट उठेका आर्थिक सहयोग पिडितको भाई र छोरालाई हस्तान्तरण गरेको उनले बताए । एक चपरी पनि जग्ना नभएका कार्की ऐलानि जग्गामा बस्दै ज्याला मजदुरी गर्दै आएको पिडितका भाई कार्कीले बत...
लिम्चुङबुङले छान्यो सल्लाहकार

लिम्चुङबुङले छान्यो सल्लाहकार

समाचार
लिम्चुङबुङ, कात्तिक २० गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सल्लाहकार र प्रेस संयोजक नियुक्त गरेको छ । गाउँकार्यपालिकाको कात्तिक ६ गतेको बैठकले सर्बसम्मत निर्णय गरे अनुुसार सल्लाहकार र प्रेस संयोजक नियुक्त गरेको हो । गाउँपालिकाले ५ वटै वडाबाट १÷१ सल्लाहकार र १ प्रेस संयोजक नियुक्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए । उनका अनुसार वडा नं. १ बाट शिवराम राई, २ कृष्ण निरौला, ३ झनक बिक, ४ बसन्त राई र ५ बाट चित्रकुमार राई सल्लाहकार रहेका छन् । त्यस्तै गाईघाटबाट प्रकाशित मुुलुकी दैनिकका कार्यकारी संपादक दिनेश राईलाई प्रेस संयोजक नियुक्त गरिएको अधिकृत राईले बताए । सल्लाहकार र प्रेस संयोजक सबैलाई गत १५ गते आयोजित गाउँपालिकाको विशेष सभामा नियुक्तिपत्र प्रदान दिदै कार्यभार सम्हाल्न बाटो खोलेको छ । सल्लाहकार तथा संयोजकलाई नियुक्तिपत्र दिदै गाउँपालिका अध्यक्ष मेजरकुमार...
मलेसियन रिंगिट र कोरियन वन बाहेक अरु मुद्राको भाउ घट्यो

मलेसियन रिंगिट र कोरियन वन बाहेक अरु मुद्राको भाउ घट्यो

आर्थिक, समाचार
कात्तिक २० गते ।  आज मलेसियन रिंगिट र कोरियन वन भन्दा अरु विदेशी मुद्राको भाउ घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो डलरको खरिददर १ सय १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ५४ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ०४ पैसा रहेको छ । हिजो खरिददर २ सय ९४ रुपैयाँ २० पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ...
गोली हानी ९ जना अमेरिकी नागरिकको हत्या

गोली हानी ९ जना अमेरिकी नागरिकको हत्या

समाचार, संसार
कात्तिक २० गते । मेक्सिकोमा गोली हानी ९ जना अमेरिकन नागरिकको हत्या भएको छ । उत्तरी मेक्सिकोमा ६ बालिबालिका र ३ महिलासहित ९ जनाको गोली हानी हत्या भएको बीबीसीले जनाएको छ । लागुऔषध तस्करको समूहले उनीहरुमाथि गोली प्रहार गरेको जनाइएको छ । पीडित लहुबारन परिवारका सदस्य रहेको जनाईएको छ । उनीहरु मेक्सिकोका मोरमन समुदायसँग अलग भएर बनेको परिवार हो । मेक्सिकोका सुरक्षामन्त्रीले गलत पहिचानका कारण उनीहरु निसाना बनाइएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उत्तरी मेक्सिकोको सिनोरा राज्यमा २ ड्रग माफियाबीच लडाइँ रहेको छ । एउटा समूह ला लिनिआ जुन एउटा ठूलो ‘खुआरेज’ ड्रग्स गिरोहसँग जोडिएको छ भने अर्को समूह ‘लोस चापोस’ हो, जो सिनालोआ गिरोहको हिस्सा मानिन्छ । तस्कर समूहको झडपको चपेटामा उनीहरु परको भन्दै राष्ट्रपति ट्रम्पले दुःख व्यक्त गरेका छन् । तस्कर विरुद्धको अभियानका लागि अमेरिका तयारी अवस्थामा र...
आगलागीबाट १ लाख बराबरको क्षती

आगलागीबाट १ लाख बराबरको क्षती

समाचार
गाईघाट, कात्तिक २० गते ।  गाईघाटमा आगलागी हुदाँ एक लाख बराबरको क्षती भएको छ । त्रियुगा नगरपालिका–११ को बज्रसिंह बस्नेतको घरमा आगलागी हुदा एक लाख बराबरको क्षती भएको हो । गत राती करिब १ बजे विद्युत सर्ट भई एक्कासी आगो लाग्दा दुई तले घरमा आगो लाग्दा उक्त मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ । घरको तल्लो तलाको सटर भाडामा लिएर अर्जुन साहले संचालन गर्दे आएको युडी स्टोर्स, किचन घर र सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल न. ५ गण गाईघाटबाट खटेका संयुक्त प्रहरी टोलीले रातको करिब १ः३० बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कुनै मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।...
च्याम्पियन्स लिगमा लिभरपुल विजयी

च्याम्पियन्स लिगमा लिभरपुल विजयी

खेलकुद, समाचार
कात्तिक २० गते ।  च्याम्पियन्स लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले जित हात पारेको छ । गतराति भएको खेलमा लिभरपुलले केआरसी जिंकलाई २–१ गोलले पछि पार्दै जित गरेको हो । खेलको १४ औं मिनेटमा लिभरपुलको जर्जिन्हो विजनाल्डमले गोल गर्दै आफ्ना टिमलार्ई अग्रता दिलाएको थियो । ५३ औँ मिनटमा एलेक्सन अक्सलेडले निर्याणक गोल गर्दै टिमलाई जित दिलाएको थियो । खेलको ४० औं मिनेटमा जिंकका एमवना समटाले गोल गरेको थियो ।...
चार रेक्टरस्केल भन्दा ठूलो ५ सय ३५ परकम्प

चार रेक्टरस्केल भन्दा ठूलो ५ सय ३५ परकम्प

समाचार
कात्तिक २० गते ।  २०७२ सालको विनाशकारी भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा माथिका ५ सय ३५ परकम्प गएको  छ । ७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर गएको भूकम्पपछि चार रेक्टरस्केल ठुलो ५ सय ३५  परकम्प गएको हो । भूकम्पविद्हरु नेपाल भूकम्पको उच्च जोखिमको क्षेत्र भएको बताउछन् । चार रेक्टरस्केल भन्दा साना परकम्प ५० हजार भन्दा बढी गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाले जनाएको छ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले काठमाण्डौ उपत्यका, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, धादिङ, गोरखा, नुवाकोट, रसुवा, दोलखा, मकवानपुर, चितवन, रामेछाप, ओखलढुङ्गालगायत जिल्लामा क्षति र्पुयाएको थियो । भूकम्पबाट थुप्रै ऐतिहासिक तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै आठ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । पछिल्लो समय देशको पश्चिमी क्षेत्रमा चार रेक्टरस्केलभन्दा माथिको भू...
रेलमार्गमा कमला नदीको अवरोध

रेलमार्गमा कमला नदीको अवरोध

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक २० गते । जनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवोध बनेको छ । सञ्चालनको तयारीमा रहेको रेलमार्ग नदीका कारण वर्षाको समयमा प्रभावित हुने देखिएको हो । यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ । गत वर्ष नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । नेपाल–भारत सीमानामा पर्ने धनुषाको इनरुवातर्फ १ सय मिटर लिक पूर्णरुपमा बाढीले क्षतिग्रस्त भएको थियो । बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब ८ करोड रुपैयाँको क्षति पु¥याएको रेल विभागले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।...