धनकुटा, भदौ १२ गते ।
धनकुटाको पाङनाम र बुर्खामा अवैध रपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरको छ । सहिदभुमी गाउँपालिका–१ पाङनाम र २ नम्बर वडाको बुर्खाको अवैध गाँजा खेती फडानी गरी नष्ट गरको हो ।
त्यस ठाउँमा करिब २छ रोपनीमा १० हजार १ सय ९४ बोट गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
झापा, भदौ १२ गते ।
झापामा लागु औषध ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टाले बुधबार विभिन्न ठाउँबाट चार जनालाई पक्राउ गरेका हो ।
मेच नगरपालिका–६ भन्सार गेटबा दिउँसो पौने १ बजे मोरङको बेलबारी नगरपालिका – ३ निबासी २४ वर्षीय सन्तोष खड्का र १९ वर्षीय सोनाम लिम्बुलाई एक ग्राम एक सय मिलिग्राम ब्राउन सुगर प्रहरीले पक्राउ गरेको जनाएको छ ।
मेनपा – ७ गैह्री गाउँबाट दिउँसो ५ बजे बेनपा–३ निबासी १९ वर्षीय सुरज खवासलाई ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरो काकडभिट्टाले जनाएको छ ।
त्यस्तै विर्तामोड नगरपालिका – ५ बाट राती साढे ८ बजे हल्दिबारी गाउँपालिका – १ घर भएका (हाल) वितामोड नपा – ४ निबासी २६ वर्षीय मनोज गुरुङलाई ९० ग्राम ब्राउन सुगर सहित लागु औषध ओसारपसरामा प्रयोग भएका मे ९ प ४८३२ नम्बरको मोटरसाईकल पक्राउ परेको प्रहर...
भदौ १२ गते ।
निर्देशक संजय गुप्ताले बनाएका बलिउडका ‘सुटवाउट एट वाडाला, काविल’ जस्ता चलचित्रका निकै सफल मानिन्छ । संजयले बनाउन लागेको नयाँ चलचित्र ‘मुम्बई सागा’को छायांकन महालक्ष्मी मन्दिरबाट सुरु भएको छ ।
नायक जोन अव्राहम र इमरान हाश्मी यस चलचित्रको मुख्य भूमिकामा छन् । यी दुई कलाकारको एक्सनको दृश्य मंगलबार खिचिएको संजयले मिडियालाई जनाएको छ । यस चलचित्रका लागि नायिकाको रुपमा काजोल अग्रवालले समेत काम गर्ने पक्का भएको छ ।
काजोल नायक अव्राहमको प्रेमिकाको भूमिकामा चलचित्रमा देखिने छन् । चलचित्रको सुरुवातमा जोनको प्रेमिकाको भूमिकामा देखिने काजोल चलचित्रको अन्तिममा पनि जोनकै पत्नीको रुपमा देखिनेछिन् ।...
भदौ १२ गते ।
बेलायत सरकारले संसद निलम्बन गर्ने सिफारिस महारानी एलिजाबेथले स्वीकृत गरेकी छन् । आगामी १४ अक्टुबरसम्मका लागि संसद निलम्बन गर्ने निर्णय गर्दै स्वीकृतिका लागि प्रधानमन्त्री बोरिस जोन्सनले महारानी समक्ष पेश गरेको थियो ।
सेप्टेम्बर महिनाबाट बेलायतको संसद निलम्बन हुने छ । त्यसपछि कुनै सम्झौता विना बेलायत ३१ अक्टुबरमा युरोपेली युनियन (ईयू)बाट बाहिरिने छ । संसद नै निलम्बन हुने भएकाले त्यसबारे संदनमा कुनै प्रकारको बहस हुने छैन ।
सम्झौता ईयूबाट बेलायत बाहिरिने प्रक्रिया रोक्ने लगायतका विधेयकहरु अब निष्कृय हुनेछन् । सम्झौता विना ईयूबाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रिया रोक्ने कानुन पारित हुन नदिन प्रधानमन्त्री जोनसनले संसद निलम्बनको निर्णय गरेको भन्दै विपक्षी र सत्तापक्षीय सांसदहरुले केहि आलोचना गरेका छन् ।
सरकारको यो कदमलाई सत्ताधारी टोरी पार्टीले समेत अपमानजनक भनेको छ ...
भदौ १२ गते ।
जाजरकोटको कुशे गाउँपालिकाले दुई वटा वडालाई समेतटेर सिकार आरक्षण बनाउन अघि बढेको छ । पालिकाको ३ र ८ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने अघि बढाएको हो ।
आरक्षको लागि पालिकाले वडाको माथिल्लो भूभागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ ।
गाउँपालिकाले आर्किटेक्ट डिजाइन एन्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी उक्त क्षेत्रको विस्तृत अध्ययन गरेको हो । सिकार आरक्ष प्रस्तावित ४३८८ उचाइमा कुशे पाटन क्षेत्र जुम्लासँग जोडिएको छ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
भोजपुर, भदौ ११ गते ।
भोजपुरको बेहेरे दोभानमा निर्माणाधिन हाईड्रोपावरका काममा प्रयोग गरिने जेसिवी विप्लप समूहले आगजनी गरेको छ । निर्माणाधिन ८ मेगाहर्जको पिखुवा खोला हाईड्रोपावरको कामा प्रयोग गरिने जेसिवी नेत्रविक्रम चन्द विप्लप समूहले आगजनी गरेको प्रहरीले जनाएको हो ।
निर्माणाधिन हाईड्रोपावरको काममा प्रयोग गरि राखेको अवस्थामा सिसा फुटाई डिजेल छर्केर आगजनी गरेपछि स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भित्र शंखास्पद वस्तु राखेकाले सुरक्षा घेरा भित्र राखी सेनाको डिस्पोजल टोलीले डिस्पोज गरको प्रहरीले जनाएको छ ।
फष्ट राईफल गणबाट खटेका डिस्पोजल टोलीले उक्त शंखास्पद वस्तु हेर्दा दुईवटा पेप्सिको बोतलमा डिजेल रहेको प्रहरीले जनाएको छ ।...
उदयपुर, भदौ ११ गते ।
उदयपुरको रौतामाई गाउँपालिकाले बाढीपहिरोले पूर्ण प्रभावितलाई रातो रंगको जस्तापाता वितरण गर्ने भएको छ ।
पालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार गाउँ कार्यपालिकाले मंगलबार यस्तो निर्णय गरेको हो ।
पूर्णरुपले क्षती भई घर पुन निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई रातो रंगको जस्तापाता वितरण गरिने भएको हो । पालिकामा ८० घर बाढीपहिरोले पूर्णरुपले क्षती भई पुन निर्माण गर्नुपर्ने अवस्था रहेको छ । उनीहरु सबैलाई एकै किसिमको रातो रंगको जस्तापाता वितरण गरिने भएको छ ।
जस्तापाताको रातो रंगलाई २०७६ सालको बाढीपहिरो प्रभावित घरपरिवारको संकेतकै रुपमा राखिएकाले सबैलाई एकै किसिमको वितरण गरिने अध्यक्ष खड्काले बताए । “कुन वडामा कति प्रभावित थिए भन्ने कुराको सूचक रातो जस्तापाता नै हुनेछ ।” अध्यक्ष खड्काले भन्नुभयो “आठै वडामा एकै किसिमको जस्तापाता वितरण हुनेछ ।”
पालिकाका व...
ऋषि राई
कटारी/भदौ ११ गते ।
उदयपुरको कटारीमा फैलिएको डेंगु नियन्त्रण गर्नका लागि जनचेतना पैmलाउनु पर्ने चिकित्सकले जनाएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को आयोजना र कटारी नगरपालिकाको समन्वयमा सम्पन्न डेंगु र ज्वरो नियन्त्रण सम्बन्धि अन्र्तकृयामा सहभागी चिकित्सकहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमको सहजिकरण गर्दै मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.शुरेस मेहताले डेंगु लाग्नुका कारण र रोकथामका उपायहरु बताउँदै यो रोग सफा पानी जम्नेस्थानहरुमा हुने लार्भाकै कारण पैmलिने भएकाले यसको नियन्त्रण गर्न जनचेतना पैmलाउनु पर्ने बताए ।
दिउँसो टोक्ने लामखुट्टेको टोकाईबाट सर्ने भएकाले हरेक घर घर सम्म लामखुट्टे उत्पादन हुने घर वरपर सरसफाई गर्ने, पानी जम्न नदिने चेतना पैmलाउन सकेमात्र डेंगु नियन्त्रण हुने पनि डा. मेहेताले बताए । कार्यक्रममा बोल्दै कटारी अस्पत्तालका प्रमुख मेडिकल सु...
भदौ ११ गते ।
प्रदेश न. १ को नाम किरात खाख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध सामुदायिक मोर्चा किराती राष्ट्रिय मुक्ति मोर्चाले दबाब मुलक कार्यक्रम गर्ने भएको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिषडाँडामा बसेको मोर्चा केन्द्रीय पदाधिकारीको बैठकले १ नम्बर प्रदेशको नाम किरात राख्न क्रियाशीलहुने निर्णय गरेको हो । प्रदेश संसदमा दवाव दिने उदेश्यले भेटघाट, अन्तरक्रिया, सांस्कृतिक तथा सभाहरु गर्ने निर्णय भएको मोर्चाको अध्यक्ष राजन किराती (बासु)ले बताए ।
मोर्चाले यस अघि पनि नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा बृहत अन्तरक्रिया गर्नुको साथै प्रदेश प्रमुख गोविन्द लिम्बू, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, प्रतिपक्ष दलका नेता र सांसदहरुलाई ज्ञापनपत्र बुझाएको थियो ।
प्रदेशको नाम किरात राख्न छलफल तथा दवाव दिने उदेश्यले संविधान दिवसको अवसर पारेर अशोज ४ गते काठमाडौं र...
भदौ ११ गते ।
भोजपुरको पिखुवा खोलाको पक्कि पुल निर्माणस्थलमा राखिएको एक्जाभेटर अज्ञात समूहले आगजनी गरेको छ । भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पुलको काममा प्रयोगका लागि राखीएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको हो ।
मार्सेली निर्माण सेवाले निर्माण गर्दै गरेको पुलको कामका लागि राखिएको एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
उक्त स्थानमा शंकास्पद वस्तु समेत फेला परेकाले नेपाल प्रहरीले सुरक्षा घेरा भित्र राखी नेपाली सेनाको विज्ञ टोली बोलाईएको प्रहरीले जनाएको छ ।
स्थानको पिखुला खोलामा प्रदेश सरकारको ६ करोड ५३ लाख रुपैयाँको लागतमा करीब एक हप्ता अगाडि पुल निर्माण शुरु गरिएको थियो । थप अनुसन्धान भईरहेको र अज्ञात समूहको खोजी कार्य भईरहको प्रहरीले जनाएको छ ।...