खडेरीले मकै सखाप
अनिसा थापामागर / प्रशिक्षार्थी पत्रकार
ताम्लिछा, असार १६ गते ।
बारीमा छरेको मकै खडेरीले मर्न थालेपिछ लिम्चुङ्बुङका कृषकहरु चिन्तित बनेका छन् । सुनकोशी किनार आसपास र माथिल्लो भेगका गाउँहरुमा खडेरीले मकै सुकेर ढोड बनेपछि कृषकहरु चिन्तित बनेका हुन् ।
पहाडी भेगको मुख्य बालीको रुपमा लगाईने मकै खडेरीले विरुवामै सुकेर सेताम्य भएपछि गाउँलेहरु चिन्तित बनेको स्थानिय कृषक टेकबहादुर मगरले बताए । निकै लामो समयदेखि बेँसी सुनकोशी किनार आसपासमा पानी नपरि खडेरी लागेको भएपनि अहिले भने लेकमा समेत मकै मर्न थालेको कृषक मगरले बताए ।
बारिमा छरिएका मकै मरेर सखाप भएको छ भने पानीको मुहान सुखेपछि खेतमा रोप्नलाई राखिएको धनको विउ (व्याड) समेत मर्न थालको कृषक मगरले बताए । धेरै वर्ष पहिले यस्तो खडेरी लागेको थियो तर यति लामो खडेरी लागेको थाहा नपाएको कृषक मगरले बताए ।
खाउँला भनेर छरेको मकै बा...








