Sunday, May 3News That Matters

समाचार

विपक्षीको ३ नं. विदेशी खेलाडीलाई छेक्ने सशस्त्रको रणनीति सफल : कोच सुदिप

विपक्षीको ३ नं. विदेशी खेलाडीलाई छेक्ने सशस्त्रको रणनीति सफल : कोच सुदिप

खेलकुद, समाचार
उदयपुर, जेठ ३२ गते छैठौं रमपम उदयपुर गोल्डकपमा विपक्षी टिम सशक्त हुँदाहुँदै पनि नेपाल सशस्त्र प्रहरी क्लवले शनिबार जीत हात पारेको छ । २–१ को अन्तरले क्लवले जीत हात पारेको हो । तीनजना विदेशी खेलाडी रहेको न्यूस्टार क्लव सुनसरीलाई पराजित गरेर खेलयात्रा तय गरेको हो । सुरुदेखि नै बललाई नियन्त्रणबाहिर जान नदिनु, विपक्षी टिमको विदेशी खेलाडी ३ नं. स्ट्राईकरलाई चल्न नदिने रणनीति लिनु र खेलाडीको मेहनतको परिणाम स्वरुप जीत हात परेको टिम कोच सुदिप श्रेष्ठले बताए । ३ नं. स्ट्राईकर यनिक वोनालाई चल्न नदिएपछि गोल हान्न नसकेको उनले बताए ।  बीचमा डिफेन्समा कमजोरी देखिएको क्लवले विपक्षीको एक गोल ब्यहोर्नु पर्यो । “डिफेन्सको खटपटका कारण गोल खानु पर्यो” उनले भने । विपक्षी टिम एडिभिजन खेल्ने भएकोले कमजोर ठानिएको थिएन । पूर्वको टिमलाई कमजोर नठानेको उनले बताए । विदेशी खेलाडी दुईजनासम्मलाई खासै समस्याको रु...
गोल्डकपमा उत्साहजनक दर्शक

गोल्डकपमा उत्साहजनक दर्शक

खेलकुद, समाचार
  उदयपुर/ जेष्ट, ३२ उदयपुरमा सूरु छैटौँ रमपम उदयपुर गोल्डकपको पहिलो दिन उत्साहजनक दर्शकको सहभागीता रह्यो । विगतको दाँजोमा यसपटक प्रचारप्रसार कम भएता पनि पहिलो दिन दर्शकको उत्साहजनक सहभागीता रहेको मूल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले बताए । पहिलो दिनमै साधारण टिकट ८ सय  र भिआइपी टिकट ७ सयको हाराहारीमा विक्री भएको चौधरीले बताए । दर्शकको उत्साहजनक सहभागीताले खेलको शोभा बढेको छ भने खेलाडीहरुलाई हौसाला र उत्साह बढाएको उनले बताए । खेल मनोरन्जक र रोचक बनेको दर्शहरुको प्रतिक्रिया छ । “पहिलो दिनको खेल राम्रो टिमहरुबीच रहेकाले राम्रो हेर्न पाईयो ।” गाईघाटका कृष्ण मगरले भने । गोल्डकपको मुख्य सहयोगकीको रुपमा दर्शकलाई लिएको आयोजकले आगामी दिनमा अझ थपिने आशा गरेको छ । गोल्डकपमो मुख्य प्रायोजक उदयपुर सिमेन्ट उद्योग रहेको छ ।...
हडियामा ग्लोबल आइएमइको शाखारहित सेवा सुरु

हडियामा ग्लोबल आइएमइको शाखारहित सेवा सुरु

आर्थिक, समाचार
उदयपुर, जेठ ३२ गते । ग्लोबल आइएमई बंैक लिमिटेड गाईघाट शाखाले चौदण्डीगढी नगरपालिका ९ हडियामा शाखा रहित बैंकिङ्ग सेवा शनिबारदेखि संचालनमा ल्याएको छ । ग्राहकहरुलाई अत्याधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायिक प्रतिनिधिहरुको माध्यमबाट सहज किसिमले वित्तीय पहुंच पु¥याउने उद्देश्यका साथ १४५ औ शाखा रहित बैंकिङ्ग सेवा संचालन गरिएको हो । चौदण्डीगढीका मेयर खगेन्द्र राई, उपप्रमुख रिता चौधरी, उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की लगायतले सेवाको संयुक्त उद्घाटन गरेका थिए । शाखा प्रबन्धक रविनराज दाहालका अनुसार ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३७ शाखा, १४२ एटिएम, २५ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । साथै देश बाहिर ३ प्रतिनिधि/सम्र्पक कार्यालयमाफर्त आफ्ना १० लाख भन्दा बढि तिनिधि÷सम्र्पक कार्य...
छैठौं रमपम उदयपुर गोल्डकपमा सशस्त्रको जीत सुरुवात

छैठौं रमपम उदयपुर गोल्डकपमा सशस्त्रको जीत सुरुवात

खेलकुद, समाचार
उदयपुर, जेठ ३२ गते ।  छैठौं रमपम उदयपुर गोल्डकपको पहिलोदिनको खेलमा न्यूस्टार फुटबल क्लव (सुनसरी)लाई १ को विरुद्ध २ गोल गर्दै सशस्त्र प्रहरी क्लवले जीतको सुरुवाती गरेको छ । उद्घाटन खेलको पहिलो हाफ दुबैटिमबाट विनागोल सकिएपछि दोस्रो हाफको १३ औं मिनेटमा सशस्त्रको जर्सी नं. ९ का  प्रविन स्यान्ताङले पहिलो गोल गर्न सफल भए । २८ औं मिनेटमा न्यूस्टारको तर्फबाट जर्सी नं. ८ का विदेशी खेलाडी अउरेल इनामेले १ गोल फर्काएका थिए । खेल बराबरी भएको ९ मिनेटमै अर्थात ३७ औं मिनेटमा सशस्त्रको तर्फबाट जर्सी नं. ११ का नविन लामाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । अन्ततः उनकै गोल निर्णायक बन्न पुगेपछि पहिलो चरणको खेलबाट सशस्त्र प्रतियोगितामा अगाडी बढेको छ । पहिलो खेलको म्यान अफ दि म्याच सशस्त्रका नविन लामा म्यान अफ दि म्याच घोषित घोषित भए । उनलाई प्रदेश सांसद सुनिता चौधरीले सात हजार नगदसहित मेडलले पुर...
उदयपुरमा चट्याङबाट ठूलो क्षती

उदयपुरमा चट्याङबाट ठूलो क्षती

समाचार
उदयपुर, जेष्ठ ३२ गते ।  शनिबार विहान चट्याङ्बाट उदयपुरमा करिब १६ लाख बढीको क्षती भएकोे छ । चौपाय र घर गोठमा क्षती भई उक्त परिणामको क्षती भएको हो । उदयपुरका प्रहरी प्रमुख (एसपी) वीरबहादुर बुढामगरका अनुसार बेलका नगरपालिका – २ त्रिवेणी टोलका चार घरमा क्षती भएको हो । जोगेन्द्र उराऊको खरको छानो भएको काठेघरमा चट्याङपछि भएको आग्लागीले  अन्नपात, लत्ताकपडा, भाँडाकुडा, कागजपत्र, पाँच वटा हाँस र १५ वटा कुखुरा जलेर नष्ट भएको छ । जसबाट उनको १० लाख बराबरको क्षतीको प्रारम्भिक अनुमान छ । मानबहादुर कार्कीको काठको टाढे घरमा आग्लागी भई अन्नपात, लत्ताकपडा, भाडाँवर्तन जलेर नष्ट हुदा पाँच लाख बराबारको क्षती भएको अनुमान छ । त्यसतै सोहि ठाउँका मनकुमार राईको एक भैँसी र एक राँगा चट्याङ् लागेर मरेको छ, जसबाट एक लाख १० हजार बराबरको क्षती भएको बताईएको छ । सोहि ठाउँमा दिपा राईको सय वाटको सोलार जलेर नष्ट भएको प...
जलजलेमा सनराईजको शाखारहित बैंकिङ सेवा

जलजलेमा सनराईजको शाखारहित बैंकिङ सेवा

आर्थिक, समाचार
उदयपुर, जेठ ३२ गते । उदयपुर सिमेन्ट उद्योग जलजलेसंगै रहेको सनराईज बैंक, शाखाले  सर्बसाधारणलाई सुविधा दिन जलजलेबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकले शनिबार विहान एक समारोहकाबीच उद्घाटन गरी सेवा सुरु गरेको हो । शाखा प्रबन्धक उमेशप्रसाद कुसहवाले सर्बसाधारणलाई नजिकमा सहजरुपले सुविधा पुगोस् भन्ने उद्देश्यले सेवा सुरु गरेको बताए । स्थानीय जनप्रतिनिधी, समाजसेवी, नागरिक समाज तथा सर्बसाधारणको ब्यापक उपस्थितिकाबीच सेवाको उद्घाटन भएको हो । सेवाको उद्घाटन गाईघाट उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले गरेका थिए ।...
त्रियुगा मेयरकप सुरु

त्रियुगा मेयरकप सुरु

समाचार
उदयपुर, जेठ ३१ गते । उदयपुरको त्रियुगा नगरपालिका मेयर कप शुक्रबारदेखि बोक्सेस्थित कवर्डहलमा सञ्चालन भएको छ । नगरपालिकसातेक्वको प्रायोजनमा सितोरियो कराँते डो तथा गाईघाट तेक्वान्दो डोजाङको आयोजनामा मेयर कप सञ्चालन भएको हो । खेल प्रशिक्षक पार्वती राईका अनुसार मेयरकप अन्तर्गत सितोरियो कराँते, तेक्वान्दो र कबड्डी खेल प्रतियोगिता सञ्चालन भएका छन् । प्रतियोगिता भोलीसम्म सन्चालन हुने कराँते प्रशिक्षक प्रकाशराम राईले बताए । प्रतियोगितामा तिनै खेलका खेलाडीहरु जिल्ला विभिन्न डोजोबाट सहभागि बनेका छन् । मेयरकपको उद्घाटन त्रियुगा मेयर बलदेव चौधरीले गरेका छन् ।...
नयाँ सिडियोको चिनजानमा विचौलीया मौलाएको चर्चा

नयाँ सिडियोको चिनजानमा विचौलीया मौलाएको चर्चा

समाचार
उदयपुर, जेठ ३१ गते ।  जिल्लाको शान्ति, सुव्यवस्था र विकास निर्माणको कामलाई अगाडी बढाउन पत्रकारिता क्षेत्रको भूमिका अपरिहार्य रहेको र पत्रकारहरुको सहयोग आवश्यक पर्ने भन्दै शुक्रबार उदयपुर जिल्लाका नयाँ प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र उदयपुरका पत्रकारबीच शुक्रबार परिचय तथा भेटघाट भएको छ । परिचय तथा भेटघाट प्रजिअको कार्यकक्षमा नै भएको थियो । प्रजिअ खड्काले आफु जिल्लाको शान्ति सुब्यवस्था र विकासको काम अगाडि बढाउने कुरामा प्रतिबद्ध रहेको बताउदै पत्रकारहरुलाई सहयोगको आग्रह गरे । नयाँ आएको अवस्थामा समाज र परिवेशलाई राम्ररी अध्ययन गरी बुझेको वर्ग पत्रकारसंग सल्लाह, सुझाव लिन आवश्यक ठानेकाले कार्यक्रम राखिएको उनले बताए । विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरु परिचयात्मक कार्यक्रममा सहभागि थिए । पत्रकार महासंघ, पिलर संगठनको प्रतिनिधित्वसमेत गर्दै उपस्थित रहेका पत्रकारहरुले प्रजिअ...
उल्लासपूर्ण साकेला सिलीको प्रस्तुती, हेर्ने र नाच्नेको भीड

उल्लासपूर्ण साकेला सिलीको प्रस्तुती, हेर्ने र नाच्नेको भीड

समाचार
उदयपुर, जेठ ३१ गते ।  उदयपुरको गाईघाटमा आज भईरहेको साकेला सिली प्रतियोगिता उल्लासपूर्ण देखिएको छ । १ नं। प्रदेशभरीकै साकेला सिली समुहहरुले प्रतिष्पर्धात्मक भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन संघीय सांसद सुरेशकुमार राईले गरेका छन् । प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुरका विभिन्न साकेला सिली समुहहरुले भाग लिएका छन् । उनीहरुकोे विभिन्न सिली प्रस्तुतीमा छन् । साकेला नाँच्न र हेर्नेको भीड ठूलो रहेको छ । खासगरी किराँत राईहरुको महान् पर्व साकेला ९उभौली० मनाउदै सिलीको प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको अयोजक कमितिका अध्यक्ष प्रकाश राईले बताए । किराँत राई यायोक्खा प्रारम्भिक कमिटि, त्रिनपा ११, १२ र १३ को संयुक्त आयोजना रहेको प्रतियोगितामा लोक हुदै गएको र विशेष महत्वको सिली प्रदर्शन गर्नेको विशेष मूल्यांकन हुने जनाईएको छ । निर्णायक मण्डलले गरेको मुल्यांकनको आधारमा प्रतियोगी सम...
साकेलामा पूर्वकै ठुलो चिन्डो

साकेलामा पूर्वकै ठुलो चिन्डो

समाचार
उदयपुर, जेष्ठ ३१ गते ।  उदयपुरको सदरमुकाम गाईघाटमा आज भईरहेको साकेलामा पूर्वकै ठूलो चिन्डो (वाबु)  आकर्षणको केन्द्र बनेको छ । किराँत राईको सभ्यातासंग जोडिएको चिन्डो (वाबु) साकेला सिली प्रतियोगिले ल्याएको हो । सुनसरीको बराहाक्षेत्र नगरपालिका अन्तर्गत चक्रघट्टी स्थित किराँत राई यायोक्खा प्रारम्भिक कार्यसमितिले ल्याएको चिन्डो सबैको आकर्षणको केन्द्रबिन्दु बनेको हो । चिन्डोविना किराँत राईको संस्कार अधुरो हुने राई बृद्ध जीतमान राईले बताउनुभयो । घरको पितृ पूजादेखि विवाह, न्वरानसम्मका कार्यमा चिन्डोको आवश्यकता पर्दछ । किराँत धामीको लागि त झनै नभई नहुने चिजको रुपमा चिन्डो रहेको छ । फाईबरबाट बनाईएको चिन्डो करिब ८ फिट अग्लो छ । त्यसलाई बोक्न चार/पाँचजना लाग्दछ । उक्त चिन्डो चक्रघटीका स्थानीय रोसन राईले बनाएका थिए ।...