Wednesday, July 8News That Matters

समाचार

खाँबुका १५ जनालाइ प्रधानमन्त्री रोजगार

खाँबुका १५ जनालाइ प्रधानमन्त्री रोजगार

समाचार
उदयपुर, असार ३ गते ।  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा नियुक्ती पाएका १५ नं. वडाका रोजगार पाउनेहरुले सडक मर्मत, पर्यटन प्रवद्र्धन, सार्बजनिक स्थलहरुको सरसफाई जस्ता काम गर्न थालेका छन् । वडाध्यक्ष नीरबहादुर मगरका अनुसार रोजगारी नियुक्ती पाएपछि असार १ गतेदेखि उनीहरुले काम थालेका हुन् । दैनिक ८ घण्टा काममा खटिने उनीहरुले वडाको निर्देशनमा आवश्यकता अनुसार वडा गौरबका सडकहरु बेलदोभान–सिद्रे–डहर सडक, चिलाउने भञ्ज्याङ–बेल्दोभान सडक, बाघखोर–कुभिन्डे सडक, रानिबास–बेतेनी–सुनकोशी सडक लगायतको मर्मत गर्ने गरेका छन् । त्यस्तै उनीहरुले सार्बजनिक स्थल तथा मठमन्दीरहरुमा विरुवा रोप्ने, फुल रोप्ने र सरसफाई गर्नुका साथै मठमन्दीरमा सरसफाई गर्ने काम थालेका हुन् । वडाबाट २५८ जनाले बेरोजगारी विवरण फारम भरेकोमा तीनै मध्ये १५ जनाले काममा नियुक्ती पाएको अध्यक्ष मगरले बताए । अति विपन्न अवस्थाल...
खाँबुका बालबालिकालाई पत्रकारिता प्रशिक्षण

खाँबुका बालबालिकालाई पत्रकारिता प्रशिक्षण

समाचार
उदयपुर, असार ३ गते ।  बालबालिकालाई बेलैदेखि पत्रकारिताको ज्ञान दिने उद्देश्यले त्रियुगा नगरपालिकाको १५ नं. वडा खाँबुमा बालबालिकाका लागि आधारभूत पत्रकारिता प्रशिक्षण तालिम मङ्गलबारदेखि सञ्चालन भएको छ । वडा कार्यालयको सहयोग, पूर्णपुष्टि साप्ताहिकको आयोजना र रौतारानी बाल सञ्जालको ब्यवस्थापनमा खाँबुको रानिबासमा तीनदिने प्रशिक्षण तालिम सञ्चालन भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् वडाअध्यक्ष नीरबहादुर मगरले उद्घाटन गरेको प्रशिक्षणमा वडाका १९ जना बालबालिका सहभागि छन् । वडाका बालबालिकालाई सानैदेखि पत्रकारिताको बारेमा ज्ञान दिने उद्देश्यले कार्यक्रम राखिएको अध्यक्ष मगरले बताए । सानैदेखि बालबालिकाले पत्रकारिताको महत्व बुभ्mनुका साथै ज्ञान पाएको खण्डमा सामाजिक विकृति, विसंगति, अन्याय, अत्याचार, अनियमितता जस्ता कुराहरुको विरुद्धमा आवाज उठाउने र वडाको विकास, निर्माण, शिक्षा, स्वस्थ्यको क्षेत्र...

प्रदेश १ सरकारले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठ सहित)

आर्थिक, समाचार
उदयपुर/प्रदेश १ मा ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । कुल विनियोजन मध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ४३ हजार छ । चालुतर्फ अर्थात ४३ दशमलव ९ प्रतिशत र पुँजीगततर्फ ५५ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरिएको हो । वित्तिय व्यवस्थातर्फ ८ करोड अर्थात शुन्य दशमलव २ प्रतिशत बजेट विनियोजन भएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरिएको छ । प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आइतबार दिउँसो आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गरेका हुन् । बजेटले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड आगामी आर्थिक वर्षका लागि अनुमा...

श्रीमानको मृत्यु, श्रीमती घाइते

समाचार
उदयपुर, असार ०२ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ छुईलामा सोमबार बिहान करेण्ट लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । प्रहरीका अनुसार बिहान करिब साढे ११ बजे ३१ वर्षिय गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेण्ट लागेको थियो । उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा मृत्य भएको थियो । घरमा श्रीमान्लाई करेन्ट लागेको खेदेर तत्काल मेनस्विच मार्ने क्रममा उनकी श्रीमती ३० वर्षिया सम्ना खड्कालाई पनि करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका दुवै जनालाई उपचारको लागि प्रथामिक स्वास्थ केन्द्र बेल्टार पठाईएकोमा गम्भीर घाइते भएका गुणराजको उपचारको क्रममा दिउँसो  मृत्यु भएको थियो । घाइते सम्झनालाई थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
मोरङ विजयी

मोरङ विजयी

खेलकुद, समाचार
उदयपुर, असार २ गते । छैठौं रमपम उदयपुर गोल्डकपको तेस्रोदिनको खेलमा मोरङ फुटबल क्लव विजयी भएको छ । निर्धारित ९० मिनेटको खेलमा २–२ गोल बराबरीमा टुंगिएपछि टाईबेक्ररमा नेपाल प्रहरी क्लवलाई ४ को विरुद्ध ६ गोल गर्दै विजयी भएको छ । खेलको १२ औं मिनेटमा मोरङको जर्सी नम्बर १२ का नवयुग श्रेष्ठले पहिलो गोल गरेर खाता खोलेको थियो । १९ औं मिनेटमा प्रहरीको जर्सी नंं १२ का रविन पासवानले गोल गरेर बराबरीमा पुर्याएको थियो । ४३ औं मिनेटमा मोरङको तर्फबाट आत्मघाती गोल हुनपुग्दा प्रहरीले अग्रता पाएको थियो । मोरङको जर्सी नं. ४ का विकास खवासले पोल नजिकै रोक्न खोजेको बल नियन्त्रण गर्न नसकेपछि पोलपित्र छिरेको थियो । त्यस्तै दोस्रो हाफको २५ औं मिनेटमा मोरङका जर्सी नं. १२ का नवयुग श्रेष्ठले नै गोल गरी खेललाई फेरी बराबरीमा पुर्याएको थियो । निर्धारित समयसम्म खेल बराबरी भएपछि खेल टाईब्रेकर भएको थियो । टाईब्...
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

समाचार
असार २ गते । मोरङको भेडुवामा ट्याक्टरले एक मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकाल चालकको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा गत राती पूर्वबाट पश्चिम तर्फ जादै गरेको मोटारसाईकललाई पछाडीबाट ट्याक्टरले ठक्कर दिदा मोटरसाईकल चालक दिलिप कुमार विकको मृत्यु भएको हो । राती किरब पौने दुश बजे को ५ प ११७८ नम्बरको मोटरसाईकललाई सोही दिसाबाट आईरहेका को २ त २३२० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका भोजपुर स्थायी घर भई (हाल) सुनवर्षी नगरालिका – ४ अमरदह बस्दै आएका ४५ वर्षीय विकको रंगेली अस्पतालमा राती १०ः३० बजे उपचारको क्रममा मृत्य भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने ट्याक्टर चालक फरार रहेकाले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।...
प्रदेश १ को ४२ अर्व २० करोड बजेट सार्वजनिक

प्रदेश १ को ४२ अर्व २० करोड बजेट सार्वजनिक

आर्थिक, समाचार
असार २ गते । १ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले आईतबार प्रदेश सभामा ४२ अर्बको २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट पेश गरेको हो । आगमी आर्थिक वर्षको चालु रकम १८ अर्ब ५४ करोड ६४ लाख ६७ हजार अर्थात ४३.९ प्रतिशित, पुँजीगत २३ अर्ब ५७ करोड ३९ लाख अर्थात ५५.९ प्रतिशत र वित्तीयय व्यवस्थातर्फका ८ करोड अर्थात ०.२ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यस्तै अन्त सहकारी हस्तान्तरणको लागि ९९ सय करोड ९९ लाख ९८ हजार रुपैयाँ बिनायोजन गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ को लागी स्रोत व्यवस्थापनमा आन्तरीक राजस्वबाट ३३ अर्व ८६ करोड, राजस्व वाडफाडबाट १० अर्ब ८६ करोड, अनुदानबाट २१ अर्ब २१ करोड र चालु आर्थिक वर्षको नगद मौज्जाद ६ अर्ब ६१ करोड रहने पुर्व अनुमान गरिएको मन्त्री आङ्बोले बताए ।...
दोस्रो दिन पनि दर्शको चाप बढ्यो

दोस्रो दिन पनि दर्शको चाप बढ्यो

खेलकुद, समाचार
  उदयपुर/ असार, २ उदयपुरमा भईरहेको रमपम उदयपुर गोल्डकपको दोस्रो दिन पनि दर्शकहरुको उत्साहजनक सहभागीता रहेको आयोजकले जनाएको छ । दोस्रो दिन घरेलु टिम भएको कारणले पनि दर्शकहरुले गोल्डकपमा उच्च सहभागीता जनाएको मुल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले जनाए । चौधरीका अनुसार दर्शकको हौसाला र हुटिङले पनि खेललाई थप सहयोग पुगेका कारण घरेलु टिमले पहिलो चरणको खेलमा जित हासिल गरेकोे दावि छ । घरेलु टिमलाई जिताउनकै लागि पनि दर्शकहरुले दोस्रो दिन ठुलो सहभागीता जनाएको चौधरीले जनाए । पहिलो दिन साधारण टिकट ८ सय पिस गएका थिए भने दोस्रो दिन ११ सय टिकट बिक्रि भएको आयोजकले बताएको छ ।  ...
उदयपुरले रच्यो नयाँ इतिहास

उदयपुरले रच्यो नयाँ इतिहास

खेलकुद, समाचार
उदयपुर, असार १ गते ।  छैठौं रमपम उदयपुर गोल्डकपको दोस्रोदिनको खेलमा उदयपुर ११ ले झापा ११ लाई ० को विरुद्ध १ गोल गर्दै जित हात पारेको छ । ए लेबलको गोल्डकपमा उदयपुरले जितेको यो अहिलेसम्मकै एतिहासिक सफलता हो । उदयपुरमा भएको  गोल्डकपको छैठौं संस्करणसम्म आउदा पहिलोचरणमा पराजित ब्यहोर्ने उदयपुरले यसपटक जीतेपछि नयाँ इतिहास रचेको हो । यसले उदयपुरे खेलाडीको मनोबल पनि उच्च बनेको छ । खेलको ३८ औं मिनेटमा उदयपुरका १५ नम्बरका खेलाडी दिपक गुप्ताले पहिलो गोल गरेका थिए । विपक्ष टिमबाट पहिले गोल खाएपछि आक्रमक बनेको झापालाई उदयपुरले रोक्न सकेपछि दिपकको गोल नै निर्णायक बन्नपुग्यो । अनगिन्ती अबसरहरु चुकाएको झापाले उदयपुरको कडा भिफेन्सबाट पराजित ब्यहोर्नु परेको थियो । दुई विदेशी खेलाडीसहितको झापालाई घरेलु टिमले पराजित गरेपछि उदयपुरको खेलको उच्च मूल्यांकन पनि भएको छ । खेलको म्यान अफ दि म्याच दिपक नै...
कटारीमा डेंगु  नियन्त्रण गर्न औषधि छरिने

कटारीमा डेंगु नियन्त्रण गर्न औषधि छरिने

समाचार, स्वास्थ्य
कटारी सम्वाददाता कटारी, असार १ गते ।  उदयपुरको कटारी नगरपालिका क्षेत्रमा पनि डेंगु रोग देखापरेको आशंकामा रगत परीक्षण गरिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी दुनियालाल यादवले स्वास्थ्य कार्यालयले जिल्लाका आठवटै स्थानीय तहका जनप्रतिनिधिलाई खबर गरी सतर्कता अपनाउन र फोहोरमैला व्यवस्थापन गर्न आग्रह गरेको छ । कटारी नगरपलिकाले डेगुं रोग नियन्त्रण सम्बन्धि अन्तकृया समेत सम्पन्न गरेको छ । कटारी नगरपलिकाको सभाहलमा सम्पन्न कार्यक्रममा डेगुं रोग फैलन नदिन नगरपलिकाका १४ वटा वडामा वडा अध्यक्षको सयोजकत्वमा वडा समिती गठन गरि जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । श्रेष्ठले नगरपालिकाको १,२,३,४,५ र १४ सहितका अन्य वडामा स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी औषधी छर्ने जानकारी दिएको छ । डेगुं रोग नियन्त्रणका लागी सरसफाई आवश्यक भएकाले सरसफाई अभ...