Sunday, May 3News That Matters

समाचार

गाउँमा निःशुल्क स्वास्थ्य शिविर

गाउँमा निःशुल्क स्वास्थ्य शिविर

समाचार
उदयपुर, फागुन १५ गते । गाउँघरका महिलाहरुले अझै पनि लाजका कारण पाठेघरको चेकजाँच नगराउदा क्यान्सरसम्मको जटिल समस्यामा पर्ने गरेको कुरालाई मध्येनजर गर्दै उदयपुरको त्रियुगा नगरपालिका–१६ शाहीखोलामा बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना भयो । त्रियुगा नगरपालिका, आधारभूत स्वास्थ्य सेवा तथा सरसफाई कार्यालय र १६ नम्बर वडाको आयोजनामा भएको शिबिरमा पाठेघर खस्ने रोगीको स्क्रीनिङ, रिङपेशरी तथा भीआइए सम्बन्धी जाँच गराईएको थियो । साथै सबैखाले साधारण चेकजाँच, परामर्श तथा औषधि वितरण भएको थियो । स्वास्थ्य कार्यालय उदयपुर, ओरेक नेपाल उदयपुर र रक्तमाला सामुदायिक वन उपभोक्ता समूह शाहीखोलाको सहयोग रहेको शिविरमा नगरपालिकाभित्र रहेका दुर्गम गाउँवस्तिका सर्बसाधारणले स्वास्थ्य जाँच गराएका थिए । आधारभूत स्वास्थ्य सेवा तथा सरसफाई प्रमुख रामसेवक यादवका अनुसार शिविरमा महिला चिकित्सक तथा कर्मचारीको व्यवस...
वडाले जनजातीलाई कम्प्युटर सीप दिदै

वडाले जनजातीलाई कम्प्युटर सीप दिदै

समाचार
उदयपुर, फागुन १५ गते । त्रियुगा नगरपालिका ११ नम्बर वडाका आदिबासी जनजाती समुदायलाई लक्षित गरी कम्प्युटर तालिमको आयोजना भएको छ । वडाले आदिबासी जनजाती लक्षित बजेटमार्फत तीनमहिने कम्प्युटर तालिमको आयोजना गरेको हो । गाईघाट संगमटोलस्थित संगम पुस्तकालयमा सञ्चालन भएको तालिममा १७ टोल विकास समितिको सिफारिससमेत गरी २० जनाको सहभागिता छ । बुधबार तालिमको उद्घाटन गर्दै वडाध्यक्ष विश्वराज भट्टराईले समुदायमा दक्ष जनशक्ति बनाउन कम्प्युटर सीपको तालिम दिइएको बताए । कार्यक्रमका अतिथिहरु वडासदस्य जितबहादुर कार्की, नागरिक समाजकी अगुवा महेश्वरी राई, पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राईले तालिममा पुरा समय दिइ भरपुर सदुपयोग गरी सिप सिक्न सुझाएका थिए । आदिबासी कम्प्युटर उपभोक्ता समितिकी अध्यक्ष शान्ति राईको अध्यक्षता भएको उद्घाटन समारोहमा विभिन्न टोल विकास संस्थाका अध्यक्ष, नागरिक...
छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

समाचार
उदयपुर, फागुन १५ गते । कटारी नगरपालिकाको एक विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । कनपा ८ का जनप्रिय निमावि सिरिसेको शिक्षक विनोद लोहनीलाई विद्यार्थी बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ परेको हो । चितवन कठार नगरपालिका –४  निबासी २८ वर्षीय लोहनी घरमा कोहि नभएको मौका छोपी पढाउने बहाना बनाई काठोमा पसेर १० वर्षीय बालिकालाई जबरजस्ती बलात्कार गरेको पिडित पक्षले बताएका छन् ।   विद्यालयमा अस्थाई शिक्षकको रुपमा काम गर्दै आएको लोहनीले बालिकालाई बलात्कार गरेको पिडित पक्षले फोन मार्फत अस्थाई चेक प्वाईन्ट बेतिनीमा जानकारी गराएपछि प्रहरीले लोहनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।   पिडित बालिकालाई उपचारको लागि कटारी अस्पताल पठाईएको छ । भने पक्राउ परेका लोहनीलाई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान भईरहेको प्...
अन्तर जातीय एक जोडीलाई नौ वर्षपछि सम्मान

अन्तर जातीय एक जोडीलाई नौ वर्षपछि सम्मान

समाचार
उदयपुर, फागुन १४ गते । अन्तरजातीय विवाह गरेको नौ वर्ष पछि उदयपुरमा एक जोडीलाई एक कार्यक्रमको साथ सम्मान गरेका छन् । रौतामाई गाउँपालिका वडा नं ७ मुर्कुचीका पर्शुराम घतानी र लक्ष्मी तामाङ्गलाई कार्यक्रमको साथ मंगलबार सम्मान गरेका हुन् । सचेतना कार्यक्रम संचालन समिति रौगापा ७ को आयोजना र पालिकाको सहयोगमा “मानिस ठूलो दिलले हुन्छ जातले हुदैन” भन्ने मुल नाराको साथ जातीय भेदभाव अन्त्यका लागी सामाजिक अन्तरघुलन विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको साथ जोडीलाई सम्मान गरिएका छन् । जातिय विभेद तथा भेदभाव अन्त्य गर्नका लागि एक उदाहरणीय पात्र भएको र समाजकै नमुना जोडी भएकाले सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वयन समति उदयपुरको प्रमुख खड्ग बहादुर परियार (दर्नाल) तथा आयोजकका अध्यक्ष गणेश बहादुर एसकेको सभापत्तित्व र अतिथिहरुको आतिथ्यमा कार्यक्रम भएको थियो ...
जेसिजको ब्याडमिन्टनमा कार्की र थापाको जोडीलाई डबल उपाधी

जेसिजको ब्याडमिन्टनमा कार्की र थापाको जोडीलाई डबल उपाधी

खेलकुद, समाचार
उदयपुर फागुन १३ गते । जेसिज उदयपुरद्धारा शनिवार आयोजित जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको मेन्स डवल र भेट्रान्स गरी दुवै इभेन्ट्समा बल बहादुर कार्की र चित्र थापाको जोडीले प्रथम स्थान हासिल गरेको छ । मेन्स डबल तर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडीलाई र भेट्रान्स तर्फ बिक्रम सिंङ खड्का र दिपक राईको जोडीलाई पराजीत गर्दै कार्की र थापाको जोडीले दुवै इभेन्ट्सको उपाधी चुम्न सफल भएको हो । मेन्स डबल तर्फ पराजीत भएपछि श्रेष्ठ र खवासको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । भने भेट्रान्स तर्फ खड्का र राईको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । मेन्स डवल तर्फ रुविन राई र बसन्त कटुवालको जोडी तथा बादल खतिवडा र मनोज खड्काको जोडी तेस्रो भएका छन् । भने भेट्रान्स तर्फ गोबिन्द थापा र केसब कार्कीको जोडी तथा लक्ष्यजंग ठकुरी र हरी प्रकाश गुप्ताको जोडी तस्रो भएका छन् । ६९ औँ प्रजा...
एभरेष्ट भ्यूटप पर्यटन विकास समिति गठन, ज्ञान राई अध्यक्ष

एभरेष्ट भ्यूटप पर्यटन विकास समिति गठन, ज्ञान राई अध्यक्ष

पर्यटन, समाचार
उदयपुर, फागुन १२ गते । लिम्चुङबुङको पर्यटकीय विकास र प्रबद्र्धनका लागि आईतबार एभरेष्ट भ्यूटप पर्यटन विकास समिति गठन भएको छ । प्रशस्त पर्यटकीय क्षेत्र र सम्भावना रहेको उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पहिलोपटक समिति गठन भएको हो । स्थानीय समाजसेवी एवम् किराँत राई यायोक्खा, केन्द्रिय उपाध्यक्षसमेत रहेका ज्ञानबहादुर राईको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्ष जनदिप थापा मगर, सचिव जितेन राई, सहसचिव नेत्रबहादुर कार्की, कोषाध्यक्ष पार्वती विश्वकर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमा विजय कार्की, पूर्णशेर राई, मनोज बुढाथोकी, अमिन राई, शान्ति राई, देवकुमारी कार्की, सुनसेर राई र इन्द्रबहादुर कटुवाल रहेका छन् । पालिकाका भौतिक पूर्वाधार तथा पर्यटन संयोजक तथा १ नं. वडा अध्यक्ष भिमबहादुर किरातीको अध्यक्षतामा बसेको बैंठकबाट समिति गठन भएको हो । समितिले आप्mनो पहिलो गतिविधि...
आगलागीमा १२ ओटा घर गोठ खरानी

आगलागीमा १२ ओटा घर गोठ खरानी

समाचार
  उदयपुर फागुन ११ गते  उदयपुरको रौतामाई गाउँपालिका वडा नं २ भुट्टारको डुम्रे गाउँमा आगलागी हुदा ५ परिवारको १२ ओटा घर गोठ जलेर नष्ट भएको छ । अत्यादिक हावाहुरीको कारण शनिवार दिउसो कमल कार्कीको घरबाट आगलागी शुरु भएको स्थानीय कर्मशेर राईले बताए । आगलागीमा स्थानीय रुद्र कार्की ( क ) बिदुर कार्की,  दिपक कार्की, ज्ञान बहादुर कार्की  र (ख) राजेन्द्र कार्की को घर सहित गोठ जलेर नष्ट भएको हो । आगलागीमा परी २०÷२२ ओटा पशु चौपाया जलेर मरेका छन् । त्यसतै अन्नपात, लक्तकपडा, महत्वपूर्ण कागजात लगाएत भाडा कुडा जलेर नष्ट भएको छ । गाउँमा पानी अभावका कारण आगो नियन्त्रणमा समस्या परेको गाउँलेहरुले बताए । गाउँ नजीकै घारी जंगल भएको कारण धरै घरमा आगलागी भएको राईले बताए । १ बजे देखि लागेको आगो सिंगो गाउँलेहरुको प्रयासमा नियन्त्रणमा आएको थियो ।  ...
नेशनल लाईफको ३२ औँ बार्षिकोत्सव

नेशनल लाईफको ३२ औँ बार्षिकोत्सव

समाचार
विक्रम राई उदयपुर, फागुन १० गते   नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड गाईघाट शाखाले ३२ औँ बार्षिकोत्सव शुक्रबार मनाएको छ ।  शाखाले बिभिन्न कार्यक्रमका गरी उत्सव मनाएको हो । शाखले विमित सम्मान तथा मोटरसाईकल र्याली गरी बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा शाखाले उत्कृष्ट विमाङक रकम गरेका वीमित लालकाजी राई र चुडामणी कार्की लगायत अन्य बिमितहरुलाई सम्मान गरेको थियो । नेपालभर ९९ वटा शाखा रहेको सो इन्स्योरेन्सको शाखा गाईघाटले अन्य भन्दा फरक र प्रभावकारी कार्यक्रमका साथ बार्षिकोत्सव मनाएको हो । शाखा प्रमुख प्रेम कुमार राईका अनुसार मोटरसाईकल ¥याली गाईघाटदेखि सुरु गरी मोतिगडा– बगाहा–देउरी–जलजले–चुहाडे – राजावास हुदै बोक्से–करमगाछी घुमेर गाईघाट बजारमै टुङग्याएको थियो । वीमाप्रति चासो र जनचेतना फैलाउन र्याली गरिएको हो । पछिल्लो समय एक घर एक वीमा गराउने अवधारणा र ...
उदयपुरमा निःशुल्क प्राथमिक उपचार तालिम

उदयपुरमा निःशुल्क प्राथमिक उपचार तालिम

समाचार
उदयपुर, फागुन १० गते । उदयपुरमा एक दिने निःशुल्क प्राथमिक उपचार सम्बन्धि तालिम सुरुभएको छ । आपत विपद र दुर्घटना तथा भैपरि आउदा हुने स्वास्थ्य समस्यालाई नियन्त्रण गर्नका लागि  प्राथमिक उपचार तालिम सुरु गरिएको हो । डिस्कोभरी रोयल स्पोर्टको आयोजनामा राष्ट्र समाजको लागि योजनाको कार्य (पानस) उदयपुर स्थानिय आयोजक र उदयपुर आप्रवासी संघ समाज (यूएई)को समन्वयनमा निःशुल्क एक दिने प्रथमिक उपचार सम्बन्धि तालिम सुरु भएको छ । प्रकृतिक वा अप्राकृति भैपरी आउदा मानव धन जनको ठुलो क्षती हुने भएकाले मानव स्वास्थ्यमा सुधार ल्याउनका लागि तालिमको आयोजयना गरिएको आयोजकले जनाएको छ । सरकारले ल्याएको सुखि नेपाली र समृद्ध नेपालको लक्ष्यालाई टेवा पु¥उन र उदयपुरबासीहरुलाई कुनै पनि भैपरि आउदा प्राथमिक उपचारबाट बन्चित नहोस् भन्ने हेतुले तालिमको सुरुवात गरिएको आयोजकले जनाएको छ ।...
जनताले दिए स्थानीय सरकारलाई करोडको जग्गा

जनताले दिए स्थानीय सरकारलाई करोडको जग्गा

समाचार
उदयपुर, फागुन ९ गते ।   उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका स्थानीय जनताले गाउँपालिकालाई जग्गादान गरेर सहयोग गरेको छ । उनीहरुले चलनचल्तीको करिब १ करोड रुपैया बराबरको पालिकालाई ४२ रोपनी, ४ आना, ३ दाम, २ पैसा जग्गादान गरेका हुन् । स्थानीय दिलबहादुर मगरले ८ रोपनी, गणेश खत्रीले २ रोपनी, चित्रबहादुर खत्रीले ३ रोपनी, जीतबहादुर खत्रीले १ रोपनी, मानबहादुर कार्की ५ रोपनी, इन्द्रबहादुर कटुवालले ४ रोपनी, ८ आना, ३ दाम ३ पैसा, रणमाया कार्की ११ रोपनी, चित्रबहादुर कार्की ३ रोपनी ७ दाम, देवकुमार कार्की २ रोपनी, दिलबहादुर कार्की ८ आना १ दाम २ पैसा, शिवमर्दन कार्की ९ आना १ दाम १ पैसा र दिलबहादुर कार्कीले १ रोपनी १ पैसा जग्गादान गरेका हुन् ।   जग्गादाताहरुको स्वयम् उपस्थितिमा जिल्ला मालपोत कार्यालयबाट पालिका र माताहतका कार्यालयको नाममा जग्गापास (नामसारी) भएको मालपोत कार्यालय उदयप...