Sunday, May 3News That Matters

समाचार

आधारभुत पत्रकारीता तालिम समापन

आधारभुत पत्रकारीता तालिम समापन

समाचार
उदयपुर, मंसिर २६ गते । उदयपुरमा आधारभुत पत्रकारीता तालिम समापन भएको छ । त्रियुगा मिडिया ग्रुपको आयोजनामा ५ दिने आधारभुत पत्रकारीता तालिम बुधबार समापन भएको हो । नयाँ तथा दक्ष पत्रकार उत्पादन गर्नको निम्ती समाचार लेख तथा रेडियो पत्रकारीता सम्बन्धि ५ दिने तालिमको आयोजना गरेको त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङ्गले बताए । तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघ उदयपुर शाखाको उपाध्यक्ष तथा पूर्णपुष्टि मिडिया संचालक भोटराज राईले गरेको तामाङ्गले बताए । मंसिर २१ गतेबाट संचालन भएको तालिम बुधबार एक कार्यक्रम गरि समापन गरिएको थियो । कार्यक्रममा त्रियुगा उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष रमेश विश्वकर्मा, त्रियुुगा जनता बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख रमेश चन्द्र रोक्का लगायतको अतिथिहरुको उपस्थितिमा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरि तालिमको समापन गरिएको तामाङ्गले बताए ...
मंसिर २८ र २९ मा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता

मंसिर २८ र २९ मा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता

खेलकुद, समाचार
उदयपुर, मंसिर २६ गते । उदयपुरको गाईघाटमा १ नं प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । उदयपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा दोस्रो १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगतीता मंसिर २८ र २९ गते हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गर्दै मंसिर २८ र २९ गते साविक पूर्वाञ्चलमा भएका १६ वटा जिल्लाको व्याडमिन्टन खेलाडीहरुको प्रतिस्प्रधा रहने उदयपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष राजेश कार्कीले बताए । संघिय संचना पछिको दोस्रो प्रदेश स्तरिय खेलको आयोजना गरिएको सम्मलेनमा कार्कीले बताए । यस अघि ५ पटक पूर्वाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगीता गराईएको कार्कीले बताए । भने प्रदेश स्तरिय दोस्रो प्रतियोगीताको आयोजना गरेको कार्कीले बताए । २०६१ सालमा स्थापना भएको संघले पूर्वाञ्चलपछि प्रदेश स्तरिय खेलको आयोजना गर्दै आएको छ । खेलमा मेन्स डबल्स खुल्ला, भेट्रान्स् डबल्स (४५...
ट्रकको ठक्करबाट एकको मृत्यु

ट्रकको ठक्करबाट एकको मृत्यु

समाचार
उदयपुर, मंसिर २५ गते । उदयपुरको घुर्मीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कटारी नगरापलिका वडा नं १४ घुर्मीमा मानसिक सन्तुलन गुमेका एक युवाको ट्रकको ठक्करबाट मृत्यु भएको हो । ओखलढुङ्गा बाट काठमाण्डौ तर्फ जादै गरेको बा ३ ख ५६१५ नम्बरको ट्रकले मानसिक सन्तुलन गुमेका अन्दाजी ४५ वर्षीय युवालाई ठक्कर दिएको थियो । गम्भिर घाईते युवाको उपचारको लागि काठमाण्डौ लाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीेल जनाएको छ । अपरिचित घाईते युवालाई स्थानिय स्पतालमा सामान्य उपचार गरि गम्भिर अवस्था भएकोले थप उपचारको लागि काठमाण्डौ लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक युवाको शव पोष्टमार्टमको लागि कटारी अस्पताल उदयपुर ल्याईएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । भने फरार चालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।...
जवाफी कारवाहीमा एकको मृत्यु

जवाफी कारवाहीमा एकको मृत्यु

समाचार
सुनसरी, मंसिर २४ गते । सुनसरीको सीमावर्ती क्षेत्र मुसहरीमा प्रहरीको जवाफी कार्वाहीमा एक अज्ञात हतियारधारीको मृत्यु भएको छ । कोशी गाउँपालिका वडा नं ७ मुसहरी टोलमा आईतबार राती प्रहरीको जवाफी कार्वाहीमा अज्ञात समुहका एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा सीमा प्रहरी चौकी भाण्टाबारीको संयुक्त गस्ती टोलीमाथि अज्ञात समुहले गोली हानेपछि जवाफी फायरमा अज्ञात समुहको अन्दाजी ३५ वर्षीय युवाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राती ४÷५ जनाको अज्ञात समुह भारतबाट नेपाल छिर्ने क्रममा प्रहरीले रोक्न खोज्दा उक्त समूहले प्रहरीलाई गोली हानेपछि आत्मरक्षाको लागि जवाफी फायर गर्दा अज्ञात एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट लोड गरिएको २ थान कटुवा पेस्तोल र मृतकको साथबाट ५ वटा गोली समेत बरामद गरेको प्रहरीले जनाएको छ...
सेवा प्रर्वाह विषयक छलफल सम्पन्न

सेवा प्रर्वाह विषयक छलफल सम्पन्न

समाचार
उदयपुर, मंसिर २४ गते । नयाँ संरचना पछिको सरकारी सेवा प्रर्वाहको स्थितिको बारेमा उदयपुरमा छलफल कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा वदलिएको संगठन संरचना र सेवा प्रर्वाहको स्थिति विषयक एक दिने छलफल कार्यक्रम भएको हो । कार्यक्रममा जिल्लाको सरकारी कार्यालय र स्थानीय तहका पालिकाहरुका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो । राज्य संघीय शासन प्रणालीमा गई नयाँ संरचनामा रुपान्तरण भएपछि सरकारी सेवा प्रर्वाह कस्तो ढाँचाबाट प्रदान भईरहेको छ भन्ने विषयमा छलफल गरिएको हो । जिल्लाको विभिन्न कार्यालयहरु विभाजन भई स्थानीय तहमा गएको भएपनि जनताले के कस्तो सेवा पाएको छ, कसरी प्रदान गरिएको छ भन्ने बारेम विशेष छलफल गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए ।...
पुर्वछानेको मूल समिति गठन

पुर्वछानेको मूल समिति गठन

समाचार
काठमाण्डौमा बसेको बैठकले पूर्वछाने समाजको केन्द्रिय तदर्थ मुल समिति गठन गरेको छ । भृकुटी माण्डपमा भएको बैठकले पूर्वछाने समाजको केन्द्रिय तदर्थ मुल समितिको गठन गरेको हो । बैठकले केन्द्रिय प्रतिनिधि, संयोजक र मूल समितिकोे गठन गरेको थियो । २० जिल्लाबाट आएको पूर्वछानेहरुको भेलाले केन्द्रिय संयोजकमा डि.एम. पुर्वछाने र सह–संयोजकमा जयराम पुर्वछानेलाई चयन गरेको थियो । पुर्वछानेले मगरहरुको सस्कार, सस्कृति भाष, धर्म, रितिरिवाज, रहनसहन लगायत विभिन्न परम्परागत कुराहरुको संरक्षण र प्रवद्र्धन गर्न समाजलाई क्रियाशिल बनाउने संयोजक डि.एम. पुर्वछानेले बताए । ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य लिएर अघि बढेको पूर्वछानेले बताए । सवै पूर्वछानेहरु भनेको एउटै गोत्रो भएकालेले साझा संस्थाको रुपमा स्थापना गर्ने पूर्वछानेले बताए । भने माघ १० गते सिन्धुलिमा बृहत भेला गरि समितिलाई पुर्णता दिने उन...
भद्रगोलले तताय महोत्सव

भद्रगोलले तताय महोत्सव

समाचार
उदयपुर, मंसिर २२ गते प्रद्रेश स्तरीय दोस्रो घरेलु महोत्सवको तेस्रो दिन भद्रगोलको टिमले महोत्सवकोे रौनक बढाएको छ । उदयपुरमा विहिबार देखि संचालन भएको १ नं प्रदेशको प्रदेश स्तरिय दोस्रो घ महोत्सवमा भद्रगोलका पाडे, जिग्र, माकुरी र बाहुन डनले महोत्सवको रौनक बढाएको हो । नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको आयोजनामा “मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ घरेलु औधोगिक महोत्सव–२०७५ संचालन भई रहेको छ । महोत्सवलाई भब्य र सब्य बनाउनको निम्ती विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्नि गर्दै आएको आयोजकले बताएको छ । महोत्सवको तेस्रो दिन हाँस्य टेलि सिरियल भद्रगोलका ४ जना कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकहरुले भरपुर मनोरञ्जन लिएको नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको अध्यक्ष मधुकर थापाले बताए । टिलि सिरियलमा झै कलाक...
महोत्सवमा विशेष घुँगी

महोत्सवमा विशेष घुँगी

आर्थिक, समाचार
उदयपुर, मंसिर २१ गते । उदयपुरमा संचालित महोत्सवमा मौलिक परिकारको रुपमा घुँगीले विषेश महत्व पाएको छ । गाईघाटमा विहिबार देखि संचालन भएको १ नं प्रदेशको प्रदेश स्तरिय दोस्रो घरेलु औद्योगिक महोत्सवमा मौलिक परिकारको रुपमा विशेष महत्व हो । नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको आयोजनामा “मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ घरेलु औधोगिक महोत्सव–२०७५ संचालन भई रहेको छ । महोत्सवमा साना उद्योगका उद्यमीहरुले उत्पादन गरेको बस्तु र विभिन्न जातजातिको मौलिक परिकारको स्टलहरु रहेको नेपाल घरेलु साना उद्योग उदयपुरको अध्यक्ष मधुकर थापाले बताए । मौलिक परिकारको रुपमा थारु जातिको परिकार घुँगीले महोत्सवमा विशेषता पाएको थापाले बताए । साना उद्यमीहरुले उत्पादन गरेको तितेकरेलाको सुकुटी , च्याउ, जमराको जुस, खरायोको मासु लगायत खाद...
महिला सहिदको सम्झनामा दिप प्रज्वलन

महिला सहिदको सम्झनामा दिप प्रज्वलन

समाचार
उदयपुर, मंसिर २१ गते । उदयपुरमा महिला सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । गाईघाटको पिपल चोकमा विहिबार साँझ दिप प्रज्वलन गरि १६ दिने अभियानलाई निरन्तरता दिईएको हो । एकल महिला संजाल उदयपुरको आयोजनामा २६ औँ अन्तराष्ट्रिय लैगिक हिंसा विरुद्धको १६ दिने भियानलाई निरन्तरता दिदै देशको लागि बलिदान दिएका महिला सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको एकल महिला संजाल उदयपुरको अध्यक्ष शोभा दाहालले बताईन् । अंग्रेज नेपालको युद्ध देखि १० वर्षे जन युद्धमा समेत राष्ट्र र जनताका लागि बलिदान दिएका महिला सहिदहरुको सम्झना तथा सम्मानका लागि दिप प्रज्वलन गरिएको दाहालले बताईन् । १६ दिने अभियानको १२ आँै दिन नेपाल तथा विश्वभरकै महिला सहिदहरुको सम्झना स्वरुप दिप प्रज्वलन गरिएको दाहालले बताईन् ।...
उद्योग प्रवद्धनले समृद्ध नेपाल बन्ने ः मन्त्रिी

उद्योग प्रवद्धनले समृद्ध नेपाल बन्ने ः मन्त्रिी

आर्थिक, समाचार
उदयपुर, मंसिर २१ गते । स्थानिय तथा सना उद्योगलाई प्रवद्धन गर्न सके मात्र समृद्ध नेपाल बन्ने उद्योग भएको १ नं प्रदेशको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रि जगदिस प्रसाद कुसियतले बताएका छन् । विहिबार देखि सुरु भएको घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उक्त राष्ट्रको विकासका मेरुदण्ड भनेकै उद्योग भएकोले विशेष साना तथा स्थानिय उद्योगहरुलाई प्रवद्धन गर्नु पर्नेे मन्त्रि कुसियतले बताएका हुन् । भौगोलिक, प्राकृतिक स्रोत साधनको रुपमा अन्य प्रदेश भन्दा धनि भएकोले साना देखि ठूल उद्योगको स्थापना तथा विस्तार गर्नु पर्ने मन्त्रि कुसियतले बताए । स्थानिय साना उद्योगहरुको प्रवद्धन गर्न सके आर्थिक उन्नति हुनुको साथै राष्ट्रकै विकास हुने मन्त्रिले बताए । उद्योगलाई क्षेत्रलाई मजबुत बनाई बजारीकरण गर्नु पर्ने, सरकारले विशेष प्राथमिकताको साथ सानो उद्योगलाई प्रवद्धन गर्नु पर्ने र विश्वासको बा...