Saturday, May 2News That Matters

समाचार

जिल्लास्तरीय व्याड्मिन्टनमा भोटराज र बसन्त जोडी तथा लक्षजंग र लुमिनिको जोडी फाईनलमा

जिल्लास्तरीय व्याड्मिन्टनमा भोटराज र बसन्त जोडी तथा लक्षजंग र लुमिनिको जोडी फाईनलमा

खेलकुद, समाचार
उदयपुर, मंसीर १५ गते । उदयपुरको गाईघाटमा आयोजित जिल्ला व्याड्मिन्टन प्रतियोगिताको फाईनलमा भोटराज राई र बसन्त कटुवालको जोडी र लक्षजंग ठकुरी र लुमिनी कार्कीको जोडीले प्रबेश गरेको छ । जिल्ला व्याड्मिन्टन संघ उदयपुरद्वारा आयोजित प्रतियोगिताको शनिवार भएको क्वाटर तथा सेमी फाईनल खेलमा प्रतिष्पर्धीहरुलाई पछि पार्दै उक्त दुईजोडी फाईनलमा प्रवेश गरेको हो । भोटराज र बसन्त जोडीले इमाहाङ र मनोजको जोडीलाई २–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने लक्षजंग र लुमिनी जोडी पनि गोविन्द र ललितको जोडीलाई २–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । ४० जोडीले भाग लिएको प्रतियोगिताको तेस्रो स्थानमा गोविन्द थापा र ललित नायकको जोडी तथा इमाहाङ र मनोज खड्काको जोडी रहेका छन् । फाईनलखेल भने आगामी मंसीर २८ र २९ गते हुने १ नं. प्रदेश स्तरीय व्याड्मिन्टन प्रतियोगिताको फाईनलसंगै हुने आयोजकले ज...
उदयपुरका युवा साहित्यकार आरोही राष्ट्रव्यापी कवितामा प्रथम

उदयपुरका युवा साहित्यकार आरोही राष्ट्रव्यापी कवितामा प्रथम

समाचार, साहित्य
उदयपुर, मंसीर १५ गते । राष्ट्रब्यापी खुल्ला कविता प्रतियोगिता २०७५ मा उदयपुरका युवा साहित्यकार जीवन आरोहीले प्रथम स्थान हाँसिल गरेका छन् । नुवाकोट साहित्य प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा देशभरबाट प्राप्त २४८ कवितामा उत्कृष्ठ २० मा छनौट हुदै शनिबार भएको अन्तिम छनौट प्रतियोगितामा आरोही प्रथम भएका हुन् । वाचनसहितको कविता प्रतियोगितामा प्रथम भएसंगै उनले ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । आरोहीले “चराहरुको यात्रा” शिर्षकको कविता प्रस्तुत गरेका थिए । विद्यालयकालदेखि नै साहित्यमा राम्रो दक्खल राख्दै आएका आरोहीले राष्ट्रव्यापी कवितामा उत्कृष्टता देखाउदै आप्mनो मात्र नभई जिल्लाको नाम उचो पारेका छन् । नुवाकोटको सदरमुकाम बिदुरस्थित याङ्ग्रा होटलमा भएको प्रतियोगितामा द्वितीय बाग्लुङका बिवस बाबू, तृतीय दोलाखाकी देवकी अभिलाशी र रामेछापका जीवन खत्री भएका छन् । ...
धुमधाम मनाए एड्स दिवस

धुमधाम मनाए एड्स दिवस

समाचार, स्वास्थ्य
उदयपुर, मंसिर १५ गते । उदयपुरमा विश्व एड्स दिवस भब्य ¥यालिको साथ मनाएको छ । ¥यालिले बजार परिक्रमा गरि जनस्वास्थ्य कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाएको हो । त्रियुगा नगरपालिकाको आयोजना तथा मोर्डन ईन्स्टिच्युटको सहोगमा ¥यालि सहित “एचआईभी जाँच गरौँ, आफ्नो स्वास्थ्य थाहा पाऔँ” भन्ने नाराको साथ ३१ औँ विश्व एड्स दिवस मनाएको थियो । एचआईभी रोग भनेको अन्य रोग जस्तै सामान्य भई सकेको र अन्य रोग लागेको मान्छे जति नै बाँच सकिने भएकोले डर त्रास लिनु नपर्ने त्रियुगा नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई कार्यलयको जनस्वास्थ्य अधिकृत रामसेवक यादवले बताए । उदयपुर जिल्ला अस्पतालमा एचआईभी संक्रमीत दुई आमाबाट जन्मिएको बच्चामा एचआईभी नभेटिएको यादवले बताए । एचआईभी लागेको मानिसहरु पनि समयमै औषधी सेवन गर्दा ६०÷७० वर्ष सम्म मजाले बाच्न सक्ने यादवले बताए । एचआईभी रोगको निःशुल्क औषध...
मंसीर २० मा गाईघाटमा १० दिने घरेलु औद्योगिक महोत्सव हुने

मंसीर २० मा गाईघाटमा १० दिने घरेलु औद्योगिक महोत्सव हुने

आर्थिक, समाचार
उदयपुर, मंसीर १५ गते । “मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ उदयपुर घरेलु औधोगिक महोत्सव–२०७५ आगामी मंसीर २० देखि २९ गतेसम्म गाईघाटमा हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरको आयोजनामा हुने महोत्सवले १ नं. प्रदेशका दुरदराजमा रहेका उद्यमीहरुलाई एकैथलोमा भेला गरी बजार प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनाई सहयोग पुर्याउने उद्देश्य लिएको अध्यक्ष मधुकर थापाले बताए । शनिबार विहान पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिदै अध्यक्ष थापाले गतबर्षदेखि बार्षिकरुपमा थालिएको महोत्सवलाई निरन्तरता दिदै यो दोस्रो महोत्सव गरिने भएको हो । महोत्सवमा उद्यमीहरुको स्थानीय उत्पादन नै प्रमुख आकर्षकको रुपमा रहने जनाइएको छ । स्थानीय सरकार समृद्ध बन्ने एउटा खम्बाको रुपमा उद्यम क्षेत्रलाई लिदै सबै तहका सरकार...
सडकको वालबाट लडेर मृत्यु

सडकको वालबाट लडेर मृत्यु

समाचार
तेह्रथुम मंसिर १४ गते । तेह्रथुमको म्याङ्लुङमा एक युवा सडकको वालबाट लडेर मृत्यु भएको छ । म्याङ्लुङ नगरपालिकाको सडकमा लगाईने ग्याविन जालीको वालबाट लडेर एक युवाको मृत्यु भएको हो । म्यानपा वडा नं ९ निबासी १८ वर्षीय महेन्द्र तामाङ मंगलबार राती ११ बजे वालबाट लडेर गम्भिर घाईते भएको थियो । घर नजिकैको सडकमा हिड्दै गर्दा बाटो छेउमा लगाईएको जालिको वालबाट करिब १५ फिट तल लडेर झरेको प्रहरीले जनाएको छ । घाईतेलाई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा शुक्रबार विहान ३ ः ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।...
जेसिवी दुर्घटनामा दुई घाईते

जेसिवी दुर्घटनामा दुई घाईते

समाचार
उदयपुर मंसिर १४ गते । उदयपुरको उदयपुरगढीमा एक जेसिवी दुर्घटना हुदा दुई जना गम्भिर घाईते भएको छ । उदयपुरगढी गाउँपालिकामा सडक खन्ने क्रममा जेसिवी दुर्घटना हुँदा चालक र सहचालक गम्भिर घाइते भएका हुन् । जेसिवी सडकको काम गर्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा कटारी नगरपालिका वडा नं ५ निबासी चालक ४० वर्षीय महोन तामाङ र चौदण्डी नगरपालिका हडियाका निबासी २५ वर्षीय सहचालक नविन राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सडक निर्माण गर्ने क्रममा ना २ क ९५३१ नम्बरको डोजर सडक देखि २ सय मिटर तल खसेको थियो । वडा अध्यक्ष राउतको पार्टनरसिपमा रहेको आरआरके मेन कन्ट्रक्सन प्राईभेट लिमिटेडको जेसिवी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागि काठमाण्डौ लगिएकोे प्रहरीले जनाएको छ ।...
गाईघाटमा जिल्ला स्तरीय व्याड्मिन्टन सुरु

गाईघाटमा जिल्ला स्तरीय व्याड्मिन्टन सुरु

खेलकुद, समाचार
उदयपुर, मंसीर १४ गते । जिल्ला व्याड्मिन्टन संघ उदयपुरको आयोजनामा जिल्ला स्तरीय व्याड्मिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरसंगै रहेको ब्याड्मिन्टन कवर्डहलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन पहिलो र दोस्रो चरणका खेल भएको संघका महासचिव रुवेन राईले बताए । नियमित गतिविधि अन्तर्गत प्रतियोगिता गरिएको संघले जनाएको छ । मेन्स डबल्स इभेन्टमा भएको प्रतियोगितामा जिल्लाभरका ४० जोडा खेलाडीले भाग लिएका छन् । जिल्लाका बेल्टार, बसाहा, रामपुर, जलजले, देउरी, श्रीपुर, कटारी लगायतबाट खेलाडीको सहभागिता रहेको हो । शनिबार सबै चरणका खेल सम्पन्न गरी आगामी ३० गते फाईनल खेल गरिने आयोजकले जनाएको छ ।...
फैसलापछि कार्यन्वयनमा समस्या

फैसलापछि कार्यन्वयनमा समस्या

समाचार
उदयपुर, मंसिर १४ गते । लैगिक हिंसा विरुद्धको अभियानको क्रममा पैmसलापछिको कार्यन्वयनमा भएको समस्याका विषयमा एक कार्यक्रम भएको छ । कार्यक्रममा सम्बन्धित निकायाको डाटाहरुमा अदालतबाट फैसाल भई कार्यन्वयनमा आएको समस्याहरु ज्टिल देखिएको तथ्याङ्कले देखाएको हो । उक्त कार्यक्रममा सम्बन्धित निकाय सँग भएको घटनाको फैसला र कार्यन्वयनको विवरण प्रस्तुत समेत भएको थियो । प्रहरीको विवरणमा २०७३/०७४मा एक सय ५३ घटनाको मुद्दा दर्ता भएको देखिएको छ । उक्त मुद्दामा शारिरीक ५८ मानसिक ८० र आर्थिक १५ मध्ये ५३ , ६८ र १२ घटनाको मिलापत्र गरेको छ । तर अझै पनि ५, १२ र ३ मुघा बाँकि रहेको छ । जबरजस्ति बलात्कार सम्बन्धि १७ मुद्दामा १४ फैसला भई तीन वटा मुद्दा बाँकि देखिन्छ । जबरजस्ती बलात्कारको उद्योगमा १० मुद्दा मध्ये ८ फैसला भई २ मात्र बाँकि रहेको छ । मानव बेचविखन तथा ओसार पसारमा ३, बहुविवाह ४, विष सेवन ६ र...
त्रिनपा १२ लाई बालविवाह, बालश्रम र लागू औषधमुक्त  पारिने

त्रिनपा १२ लाई बालविवाह, बालश्रम र लागू औषधमुक्त पारिने

समाचार
उदयपुर, मंसीर १३ गते । त्रियुगा नगरपालिका वडा नं. १२ लाई तीन महिनाभित्र बाल विवाह, बाल श्रम र लागु औषध दूब्र्यसनमुक्त पारिने उद्घोष गरिएको छ । “बाल अधिकार–हामी सबैको सरोकार” भन्ने मुल नाराका साथ बिहिबार गाईघाटमा आयोजित बृहद अन्तक्रियामा सरोकारवालाहरुकोबीचमा यस्तो उद्घोष गरिएको हो । त्रियुगा नगरपालिका वडा नं. १२ को सहयोग तथा जनप्रेमी युवा समुह गाईघाटको आयोजनामा भएको कार्यक्रममा सरोकारवाला क्षेत्रका सहभागि प्रतिनिधिहरुले अधिकांश बाल अधिकार हनन्का घटनाहरु गरिब तथा अशिक्षाको कारण भएको पाईएकाले त्यसतर्फ सम्बन्धीत निकायको ध्यान तान्दै समाजमा डढेलो झै फैलदो आगु औषध दूब्र्यसनी अन्त्यका लागि अभियान सन्चालन गरिएको जनाइएको छ । प्रदेश सांसद सुनिता चौधरीले समाज भौतिक संरचनालाई मात्र विकासको रुपमा बुभ्mने मात्र नभई जनचेतनामुलक कुराहरुमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन् । जिल्ला समन्वय समि...
मुलक ठीक बाटोबाट अगाडि बढिरहेको छ : महान्यायधिवक्ता खरेल

मुलक ठीक बाटोबाट अगाडि बढिरहेको छ : महान्यायधिवक्ता खरेल

समाचार
उदयपुर, मंसीर १३ गते । महान्यायधिवक्ता अग्नीप्रसाद खरेलले मुलुक ठिक बाटोबाट अगाडि बढिरहेको बताउनु भएको छ । बिहिबार जिल्ला सरकारी वकिल कार्यालय उदयपुरको नवनिर्मीत भवनको उद्घाटन गर्दै महान्यायधिवक्ता खरेलले संघ, प्रदेश र स्थानीय तहको कानूनहरु निर्माण तथा संविधान बनाए बमोजिम मुलुक अगाडी बढिरहेकाले गन्तब्य गलत दिशामा नरहेको बताउनु भयो । संविधान लागू भएको तीनवर्षबीचमा आशादित सबै कुरा पुरा नभएपनि मुलक गलत दिशामा नगएको र लोकतान्त्रिक पद्धतीलाई बलियो बनाउनेतर्फ रहेको प्रष्ट पार्नुभयो । कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले जनताका लागि न्याय प्रणाली सहज र सुलभ हुनुपर्ने जोड दिदै उच्च अदालत ओखलढुंगामा सारिएपछि उदयपुर र आसपासका जनताले न्यायका लागि धाउन कठिनता भोगिरहेको बताउनुभयो । जनताको यो कठिनतालाई मध्येनजर गर्दै बैकल्पिक सेवाको व्यवस्था मिलाउनका लागि न्यायधिवक्तासंग आग्रह गर्दै सरक...