उदयपुरे गायक उपेन्द्र बने ‘कान्तिपुर आईडल’
पूर्णपुष्टि/काठमाडौं, चैत्र ७ गते
-उदयपुरका गायक उपेन्द्र सहयात्री राई कान्तिपुर आईडल बनेका छन् । उदयपुरको रौतामाई गाउपालिका वडा नं. ५ घर भएका सहयात्रीले फागुन ६ गते आईडल जितेसंगै जिल्लाको नाम पनि राखेका छन् ।
गायनका हजार प्रतिष्पर्धीहरुलाई उछिन्दै आईडल बनेका सहयात्रीको यो सफलतासंगै अवको सांगीतिक यात्राको मार्ग फराकिलो बनेको छ ।
सनराज इन्टरटेन्टमेन्टद्वारा आयोजिट कान्तिपुर आईडलको फाईनल राउण्ड राष्ट्रीय नाचघरमा फागुन ६ गते भएको थियो । प्रतिष्पर्धी मध्ये दर्शक/श्रोताहरुबाट सबैभन्दा बढि मनपराइएका र सबैभन्दा धेरै भोट पाउनुका साथै निर्णायक राज सिग्देलको मन जितेर फाईनलमा जित हातपारेका सहयात्रीले पुरस्कारमा स्कुटर प्राप्त गरेका छन् । साथै चलचित्रको गति रेकर्ड, एक हप्ता थाईल्याण्ड भ्रमणको अवसरका साथै शिल्ड, प्रमाणपत्र पाएका छन् ।
गत भदौै ३१ गतेको पहिलो अडिसनबाट अगाडी बढेका सहयात्री...









