श्रमजिवि पत्रकार ऐन बारे माथिकाले र जिल्लाकाले के के भने त ?
पूर्णपुष्टि/उदयपुर, फागुन २३ गते
-न्यूनतम् पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ उदयपुरको संयोजनमा बुधबार उदयपुरको गाईघाटमा श्रमजिवि पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
समितिका अध्यक्ष गंगाधर पराजुली र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष महेन्द्र विष्टको विशेष उपस्थितिमा भएको कार्यक्रममा श्रमजिवि पत्रकार ऐनको महत्व र कार्यन्वयको बारेमा अन्तरक्रिया भएको थियो । साथै उदयपुर जिल्लाका सञ्चारमाध्यम तथा जिल्लामा रहेर कार्यरत श्रमजिवि पत्रकारहरुको अवस्था तथा पारिश्रमिक उपलब्धताको बारेमा विशेष छलफल भएको थियो ।
समितिका अध्यक्ष पराजुलीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै श्रमजिवि पत्रकारका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्धतामा जोड दिइएको बताउनुभयो । पारिश्रमिक लिने र दिने दुबैखाले पत्रकारहरुले ऐन...









