सातै प्रदेशमा मुख्यमन्त्री नियुक्त, प्रदेश १ मा ५ सदस्यीय मन्त्रीमण्डल
पूर्णपुष्टि/काठमाडौं, फागुन ३ गते
-बिहिबार मुलुकले प्रधानमन्त्री पाएसंगै मुलुकको सातवटै प्रदेशले मुख्यमन्त्री पनि पाएको छ । प्रदेश नं. मा शेरधन राई, प्रेदश २ मा लालबाबु राउत, प्रदेश ३ मा डोरमणी पौडेल , प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ मा शंकर पोखरेल, प्रदेश ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री निर्वाचित भएका हुन् ।
यसका साथै प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईको सिफारिसमा एमालेबाट हिक्मत कार्की गृह –आन्तरिक मामिला तथा कानुन), जीवन घिमिरे सामाजिक विकास र जगदीश कुसियत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गरी तीनजना मन्त्री नियुक्त भएका छन् भने माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो अर्थ (आर्थिक मामिला तथा योजना) मन्त्री बनेका छन् । मुख्यमन्त्री राई र चारैजना मन्त्रीलाई आजै प्रदेश प्रमुख गोविन्द सुब्बाले पद तथा गोपनीयताको सपथ गराउनुभयो ।
प्रदेश ...








