लाहुरेनीको “ लाहुरेनी फुल”
उदयपुर, पुस १७ गते ।
नेपाली समाजमा लाहुरेनी भनेपछि यस, आराम, सौखिन र सुखैसुखमा मात्र भुल्ने गर्छ भन्ने सोचलाई परिवर्तन गराउदै एक लाहुरेनी नेपाली चेलीको कृति आएको छ । लाहुरेनी नेपाली चेली अर्थात गीतकार, सगीकार तथा साहित्यकार सुष्मा रुपाबुङ राईको लोकप्रीय कृति उपन्यास “लाहुरेनी फुल” हामीबीच आएको हो ।
काठमाण्डौको अनामनगरस्थित मण्डला थिएटरमा आइतवार (पुष १५ गते) विमोचन भएको उपन्यासले समाजभित्रको यथार्थ घटनालाई उतारिएको छ । अतिथिहरु विशिष्ट कवी तथा साहित्यकार श्रवण मुकारुङ, कवी तथा पत्रकार प्रकाश गुरागाई र नायिका सिर्जना सुब्बा द्वारा संयुक्त रुपमा उपन्यास “लाहुरेनी फुल” विमोचन गरिएको हो ।
सामाजिक तथा सबैखाले विकृति विसंगतीको विरुद्धमा सशक्तरुपमा कलम चलाउदै आउनुभएकीे साहित्यकार रुपाबुङको “लाहुरेनी फुल” पहिलो प्रकाशित उपन्यास कृति हो । उहाँले थुप्रै किसिमका कविता, लेख, रचना, गितसम...









