Wednesday, August 19News That Matters

स्वास्थ्य

उदयपुरमा कोरोनाप्रति कडाई, सम्पूर्ण विद्याल बन्द गर्ने निर्णय

उदयपुरमा कोरोनाप्रति कडाई, सम्पूर्ण विद्याल बन्द गर्ने निर्णय

शिक्षा, समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख १४ जिल्ला प्रशासन कार्यालयमा आज (मङ्गलबार) बसेको बैठमा जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईको अध्यक्षतामा बसिएको बैठकमा जिल्ला भित्र सञ्चालन हुने परिक्षा छिटो गराई पठनपाठको कार्यलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने निर्णय भएको छ । कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएकोमा २०७८ वैशाख १३ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार अर्को निर्णय नआउनजेल सम्मका लागि जिल्ला भित्रका सम्पूर्ण विद्यालय तथा शिक्षालयहरुका पठनपाठ तथा परिक्षा कार्यक्रम हाललाई स्थगित गर्न निर्णय गरिएको हो । त्यसैगरी जिल्ला भित्रका शंकास्पद बिरामीहरुको स्वाव परिक्षण र एन्टिजेन टेस्ट परिक्षण गर्ने कार्य जिल्ला स्वास्थ्य कार्यालयको समन्वयन तथा प्राविधिक सहयोगमा सवै पालिकाले तत्काल सुरु गर्न निर्णय गरिएको जिल्ला समन्वयन समितिका प्रमुख खड्ग बह...
धरानमा एक कोरोना संक्रमितको ज्यान गयोे

धरानमा एक कोरोना संक्रमितको ज्यान गयोे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख १४ धरारनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । सोमबार राति साढे ९ बजे विराटनगर महानगरपालिका–१५ का ५६ वर्षीय पुरुषको ज्यान गएको हो । मृतक पुरुषलाई नोबेल मेडिकल कलेजले उपचारका लागि धरान रेफर गरेको थियो । उनमा वैशाख ७ गते कोरोना पोजेटिभ देखिएको थियो । ९ वैशाखमा भर्ना भएका पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा ज्यान गएको प्रतिष्ठानले जनाएको छ । अस्पतालकाअनुसार मृतक पुरुषमा मधुमेह र उच्चरक्तचापको समस्या रहेको थियो ।...
धरानको बीपी प्रतिष्ठान अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

धरानको बीपी प्रतिष्ठान अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख १३ कारोना संक्रमित एक पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा उपचारको क्रममा मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान सवाँ ७ बजे मृत्यु भएको हो । कोरोना संक्रमित पुरुष उच्च रक्तचापका बिरामी ती ४८ वर्षीय पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए । वैशाख १० गते उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उक्त पुरुष उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ ।...
विराटनगरको नोबेल मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

विराटनगरको नोबेल मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख १३ विराटनगरको नोबेल मेडिकल कलेजमा एकजना कोरोना संक्रमितको ज्यान गएको छ । विराटनगर महानगरपालिका–२ घर भएका ४० वर्षीय पुरुषको उपरचाको क्रममा कोरोना संक्रमणबाट ज्यान गएको हो । ४० वर्षीय पुरुषमा आइतबार कोरोना पुष्टि भएपछि नोबेल मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो । उक्त पुरुषको उपचारका क्रममा आइतबार राति १०ः१५ बजे ज्यान गएको हो । आइसोलेसनमा भर्ना गरिएका ती पुरुषमा छाती दुख्ने र ज्वरो आउने समस्या रहेको अस्पताले जनाएको छ ।...
९  जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै

९ जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै

समाचार, स्वास्थ्य
पुर्णपुष्टि, बैशाख १३ कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय सङ्क्रमित भेटिएमा निषेधाज्ञा लगाउन सिफारिस गरेका छन् । आइतवार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेसँगै काठमाण्डौ उपत्यकासहित ९ जिल्लामा निषेधाज्ञा हुन सक्ने सङ्केत देखिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय कटिसकेका छन् । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भेटिएका छन् । काठमाण्डौमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय रहेको छ  ।त्यसपछि बाँकेमा २ हजार ३ सय ३९ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा १ हजार ३ सय १५,  रुपन्देहीमा १ हजार ३ सय १३, मोरङमा पाँच सय ६१, पर्सामा ६ सय ४३, भक्तपुर र कास्कीमा ६ सय १३ तथा दाङमा ५ सय ५७ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्...
नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको ज्यान गयो

नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको ज्यान गयो

समाचार, स्वास्थ्य
बैशाख १२  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट २८ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख एक सय १९ पुगेको छ । आज पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । अहिले नेपालमा १९ हजार तीन सय ८२ जना सक्रिय सङ्क्रमित छन् । त्यस्तै थप चार सय ५० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७७ हजार पाँच सय ७३ पुगेको छ ।...
नेपालमा थप ३१२२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३१२२ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख १२  नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार एक सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज कोरोना पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार चार सय ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा चार सय ५० जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७७ हजार पाँच सय ७३ पुगेको छ । त्यस्तै गत २४ घण्टामा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।...
भारतमा कोरोना संक्रमणबाट एकै दिन २ हजार ७ सयभन्दा धेरैको ज्यान गयो

भारतमा कोरोना संक्रमणबाट एकै दिन २ हजार ७ सयभन्दा धेरैको ज्यान गयो

समाचार, संसार, स्वास्थ्य
बैशाख १२  भारतमा एकैदिन कोरोना सङ्क्रमणबाट दुई हजार सात सय ६७ जनाको ज्यान गएको छ । भारतमा कोरोनाको दोस्रो लहर फैलिएपछि सघन उपचार कक्ष, औषधि र अक्सिजनको अभावले ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म एक लाख ९२ हजार तीन सयभन्दा धेरै जनाको ज्यान गइसकेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै तीन लाख ४९ हजार ६ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो दुई हप्तामा मात्रै ३० लाख सङ्क्रमित थपिएको जनाईएको छ । भारतमा अहिले अन्तिम संस्कारका लागि शवदाह गर्ने ठाउँमा घण्टौँ पर्खनुपर्ने बाध्यता आएको छ । शवदाह स्थलमा बसेर केही दिन शव गनिरहेका पत्रकारहरूले सरकारले सार्वजनिक गरेको तथ्याङ्कभन्दा दशौँ गुणा धेरैको ज्यान गइरहेको बताएका अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । अ...
स्वास्थ्य सुरक्षा पूर्णरुपमा पालना गर्न मन्त्रालयको आग्रह

स्वास्थ्य सुरक्षा पूर्णरुपमा पालना गर्न मन्त्रालयको आग्रह

समाचार, स्वास्थ्य
बैशाख १२  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षा सावधानीका उपाय पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । आज मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मास्कको प्रयोग गर्न र स्वास्थ्य सावधानीका उपाय अपनाउने तर्फ संवेदनशील हुन आग्रह गरेको हो । कोभिड–१९ महामारीसँग जुध्नका लागि सञ्चारकर्मी तथा सञ्चारमाध्यमले सक्रियता र समन्वयमा सन्देशहरु प्रवाह गरी सङ्क्रमण रोकथामका भूमिका निर्वाह गरेकोमा मन्त्रालयले धन्यवाद दिदै आगामी दिनमा सञ्चारमाध्यम झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको जनाएको छ । समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको अनिवार्य प्रयोग गर्न पनि स्वास्थय मन्त्रालयले आग्रह गरेको छ । मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिन पनि आग्र...
औलो दिवस मनाईदै

औलो दिवस मनाईदै

समाचार, स्वास्थ्य
बैशाख १२ आज विश्व औलो दिवस मनाईदै छ । ’शून्य औलोको लक्ष्यमा पुग्दैछौँ’ भन्ने मुल नाराका साथ मनाइँदै छ । मलेरिया भनिने औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो अहिले निवारण उन्मुख रहेको सरकारी तथ्याङ्कले देखाएको छ । सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्य बनाउनुका साथै विगत दुई वर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख्यामा झार्न सफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालले सन् २०२५ भित्रै औलो निवारण गर्ने गरी काम गरिरहेको छ । अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा औलोको रोकथाम पनि गर्नु पर्ने चुनौती सरकारसामु देखिएको छ । लामखुट्टेको टोकाइबाट औलो लाग्ने गर्दछ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ । वि...