Saturday, April 25News That Matters

Tag: highlight

सांसद थापालाई सम्मानसंगै विदाई, उपाध्यक्षमा खड्का मनोनित

सांसद थापालाई सम्मानसंगै विदाई, उपाध्यक्षमा खड्का मनोनित

समाचार
पूर्णपुष्टि/गाईघाट, फागुन १० गते -सामुदायिक प्रहरी सेवा केन्द्र उदयपुरको उपाध्यक्ष अम्बिका थापा सांसद बन्नु भएपछि उहाँलाई सम्मानसँगै बिदाई गरिएको छ । थापालाई बिहीबार सांसद बन्नु भएकोमा सम्मान गर्दै पदबाट विदाई गरिएको हो । सेवा केन्द्रका अध्यक्ष प्रकाशकुमार बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज भट्ट, कोषाध्यक्ष महेश्वरी राई, स्वतन्त्र पत्रकार सेनानी कौशल चेम्जोङ लगायतले अविर र खादा लगाइ सम्मान गर्दै आगामी दिनमा प्रदेश सरकारसँग आबश्यक समन्वय गरी उदयपुरको सामुदायिक प्रहरीलाई देशकै नमुना बनाउन भुमिका खेलिदिन आग्रह गरे । सांसद थापाले जिल्लाका हरेक गतिबिधीहरुमा सामुदायिक प्रहरीले सकारात्मक ढंगले उपस्थितिजनाई कामहरु गरेको चर्चा गर्नुभयो । उहाँले विशेषगरी लागुऔषध नियन्त्रण, समाजमा भईरहेका नकारात्मक सन्देशलाई नियन्त्रण गर्न सफल भएको बताउनुभयो । थापाले माथिल्लो निकायब...
नगरपालिकाद्वारा विषयगत कार्यालयको निरिक्षण

नगरपालिकाद्वारा विषयगत कार्यालयको निरिक्षण

समाचार
पूर्णपुष्टि/गाईघाट, फागुन ९ गते -त्रियुगा नगरपालिकार्काबाट बुधबार विभिन्न विषयगत कार्यालयहरुको निरक्षण भएको छ । नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवि चौधरी रहेको टोलीले विषयगत सरकारी कार्यालयहरुको निरिक्षण गरेको हो । वडा नं. १६ का वडाध्यक्ष तथा सामाजिक फाँटका संयोजक मानबहादुर राई, वडा नं. १५ का वडाध्यक्ष निरबहादुर मगर र वडा नं. १४ का वडाध्यक्ष कुरुङ राईसहितको टोलीले सडक, सञ्चार, खानेपानी लगायतका कार्यालयहरुको निरिक्षण गरेको थियो । नगरक्षेत्रमा सञ्चालित योजनाहरुको अवस्था, कर्मचारीको कार्यसम्पादन तथा जनताले पाउने सेवा सुविधाको अवस्था बारे बुभ्mनुका साथै अवका दिनमा अझ समन्वयात्मक भूमिका बढाउदै प्रभावकारी ढंगले काम कारवाही अगाडी बढाउने उद्देश्यले निरिक्षण कार्यक्रम गरिएको सामाजिक फाँट संयोजक राईले बताउनुभयो । यसका साथै नगर क्षेत्रको विकासमा अवका सम्भावनाहरु के के छन्, तिनिहरुको...
उदयपुरमा हात्तिपाइले रोग निवारणको अवस्था देखियो

उदयपुरमा हात्तिपाइले रोग निवारणको अवस्था देखियो

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन ९ गते -जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरले जिल्लाबाट हात्तिपाइले रोग निवारण भएको अवस्था देखिएकोले यसपटक अन्तिम पटक हात्तिपाइले आम औषधी सेवन कार्यक्रम राखिएको जनाएको छ । अन्तिम पटकको औषधि सेवन कार्यक्रम आगामी फागुन १२, १३ र १४ गते भएकाले गर्भवती, दीर्घरोगी, २ बर्षमुनीका बालबालिका र ७ दिनसम्मका सुत्केरी बाहेकका सबैले सहभागिता जनाईदिन जनस्वस्थ्य प्रमुख सागर प्रसाईले अनुरोध गर्नुभएको छ । प्रमुख प्रसाईका अनुसार जिल्लाको साविक जोगिदह गाविस र कटारी नगरपालिकाका तीन÷तीन सय मासिसको रगत परिक्षण गर्दा १ प्रतिशत भन्दा कमीमा मात्र लक्षण देखिएकाले निवारणको अवस्था देखिएको हो । यो पटकको औषधि सेवन कार्यक्रमपछि पनि तीन पटकसम्म परिक्षण गरी तीनै परिक्षणबाट १ प्रतिशतभन्दा कम प्रकोप दर देखिएमा जिल्लालाई हात्तिपाइले रोग निवारण भएको घोषणा गरिने उहाँले बताउनुभयो । ५ पटकसम्म ...
बाटो (कविता)

बाटो (कविता)

साहित्य
-राजेश चामलिङ यो बाटो कहाँ पुग्छ ? युगौंदेखि यसरी नै सोधिरहेछन् बटुवाहरु कि, यो बाटो कहाँ पुग्छ ? कति कति अन्जान यात्रीहरु कति कति जानाजान यात्रीहरु नजाने झै स्वाङ पारेर पनि सोधिरहेका छन् अझै कि, यो बाटो कहाँ पुग्छ ? बुझ्नेहरु कतिकतिले यही बाटो भएर आस्थाको सगरमाथा चढिसके थाहा पाउने कतिकतिले यही बाटो हिडेर सपनाको चन्द्रमा चुमीसके थाहा पाउने कतिकतिले यही बाटो हिडेर सपनाको चन्द्रमा चुमीसके तर पनि अझै सोधिरहेछन् मानिसहरु कि, यो बाटो कहाँ पुग्छ ? यात्रामा हिड्दा-हिड्दै दोबाटो आउछ यात्रामा हिड्दा-हिड्दै चौबाटो आउछ कोही थाकेर कोही चाखेर कोही अघाएर कोही जानाजान कोही साँच्चि नै अनजान फेरि पनि सोधिहाल्छन् कि, यो बाटो कहाँ पुग्ने हो ? ओ, जीवनको लामो यात्रामा निस्किएका यात्री हो, ओ, गन्तव्य पुग्न चाहने बटुवाहरु हो, बाटो आफै त कही पुग्दैन पुग्ने त यात...
त्रिवेणी मावि कटारीको स्वर्ण महोत्सव, राष्ट्रपति भण्डारीद्वारा सम्बोधन

त्रिवेणी मावि कटारीको स्वर्ण महोत्सव, राष्ट्रपति भण्डारीद्वारा सम्बोधन

समाचार
पूर्णपुष्टि/कटारी, फागुन ८ गते -राष्ट्रपति बिद्यादेवी भण्डारीले प्राकृतिक स्रोतसाधनको धनि देश भएपनि यसको समुचित व्यवस्था नहुँदा मुलुक समृद्ध हुन नसकेको बताउँदै शिक्षाको क्षेत्रबाट स्रोतसाधनको वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । उदयपुरको कटारी नगरपालिका स्थित त्रिवेणी माध्यमिक बिद्यालयको स्वर्ण महोत्सवको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो कुरामा जोड दिनुभएको हो । उहाँले सामुदायिक बिद्यालयको गुणस्तरीयता, विकास र समृद्धीबाट मात्र देशविकास सम्भव हुने भन्दै राष्ट्रको ठुलो लगानी शिक्षा क्षेत्रमा भएकाले यसको वैज्ञानिक व्यवस्थापन, गुणस्तरीयता र आवश्यक सुधारको खाँचो रहेको बताउनुभयो । प्राविधिक शिक्षामा जोड दिनुपर्ने भन्दै हउाँले उद्योग, कल–कारखाना, कृषि क्षेत्रको विकास गरी आबश्यक जनशक्ति उत्पादन गर्दै वेरोजगारी समस्याको समाधान गर्नु पर्न...
जेसिजद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना, ए डिभिजनतर्फ सन्तोष र सरोज तथा  बी डिभिजनतर्फ प्रदिप र राजनको जोडी प्रथम

जेसिजद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना, ए डिभिजनतर्फ सन्तोष र सरोज तथा बी डिभिजनतर्फ प्रदिप र राजनको जोडी प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन ७ गते -गाईघाट (बोक्से)को नवनिर्मित व्याड्मिन्टन कवर्डहलमा सोमबार भएको प्रथम जिल्ला स्तिरीय ध्रुब मोवाईल जेसिज कप व्याडमिन्टन प्रतियोगिताको ए डिभिजनतर्फ सन्तोष कटुवाल र सरोज खवासको जोडी प्रथम भएको छ भने बि डिभिजनतर्फ प्रदिप श्रेष्ठ र राजन राउतको जोडी प्रथम भएका छन् । ए डिभिजनतर्फका कटुवाल र खवासको जोडीले २१–१३, २१–१५ को सोझोसेटमा धनकुमार श्रेष्ठ चित्र थापाको जोडीलाई पछिगर्दै प्रथम भएका हुन् । त्यस्तै वि डिभिजनतर्फका श्रेष्ठ र राउतको जोडीले २१–१८, २१–९ र २०–२३ को डिसाइडिङ खेलमा बादल खतिगडा र गम्भिरमान दनुवारको जोडीलाई पछि पार्दै प्रथम भएका हुन् । ए डिभिजन तर्फ धनकुमार श्रेष्ठ र चित्र थापाको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो भने बी डिभिजिन तर्फ बादल खतिवडा र गम्बिरमान दनुवारको जोडीले दोस्रो स्थानमा चित्र बुझाउनु पर्यो । त्यसैगरी ए डिभिजन...
अब, राष्ट्रिय अनुसन्धानको आफ्नै भवन

अब, राष्ट्रिय अनुसन्धानको आफ्नै भवन

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन ५ गते राष्ट्रिय अनुसन्धान कार्यालय उदयपुरको छुट्टै भवन निर्माण भई कार्य सम्पादन सन्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा सिमित रहेकोमा बिहीबारदेखि आफ्नै सुविधा सम्पन्न भवनमा सरेर कार्यसम्पादन सन्चालन गरेको हो । भवनको बिहीबार एक समारोहका विच विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले उद्घाटन गर्नुभयो । ८८ लाख ३८ हजार ४४५ रुपिँया ८७ पैसाको लागतमा १८ महिनामा निर्माण कार्य सम्पन्न भएको कार्यालय प्रमुख तिलक प्रसाईले जानकारी दिनुभयो । भवनको निर्माण कार्यको जिम्मा सुसम आदित्य विजय निर्माण सेवा प्रा.लि. त्रियुगा नगरपालिका १० ले पाएको थियो । दुई तला रहेको भवनमा तल्लो तलामा कार्यालय प्रमुखको कार्यकक्ष र हल, वाथरुमसहित २ वटा कोठा, दोस्रोे तलमा कार्यालय प्रमुखको निवास प्रयोजनका लागि ४ वटा कोठा वाथरुम रहको छ । भवनको प्राविधिक सहयोग शहरी विका...
तामाङ सञ्चार समुह उदयपुरको नेतृत्वमा नरेशमोहन

तामाङ सञ्चार समुह उदयपुरको नेतृत्वमा नरेशमोहन

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन ५ गते -तामाङ सञ्चार समुह उदयपुरको दोस्रो जिल्ला अधिवेशनले नरेशमोहन तामाङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ढिम्कि पिकनिक स्पोर्टमा सनिबार आयोजित अधिवेशनबाट सचिवमा अमृत तामाङ, कोषाध्यष सन्तोषीकला तामाङ सर्वसहमत चयन भएका छन् भने सदस्यहरुमा प्रकास तामाङ, पदम गोले, ललीत तामाङ र सन्तोष तामाङ चयन भएका छन् । केन्द्रिय पार्षदहरुमा विश्वराज तामाङ र जयन्तीकला तामाङ चयन भएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष विश्वराज तामाङले सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरको थिए । नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष इश्वर तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । अधिवेशनसंगै पिकनिक कार्यक्रम भएको थियो ।...
टाढाका विद्यार्थीलाई साईकल

टाढाका विद्यार्थीलाई साईकल

समाचार
पूर्णपुष्टि/बेल्टार, फागुन ५ गते -आफ्नो वडाभित्रका विद्यार्थीहरुको शिक्षामा टेवा पुर्याउने उद्देश्यले चौदण्डीगढी नगरपालिका वडा नं. २ ले साईकल वितरण गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत निम्न स्तरका ३४ जना छात्रा र १३ जना छात्रलाई साईकल वितरण गरिएको छ । विद्यार्थीहरुलाई क्याम्पस जान धाउन वडा कार्यालयको बार्षिक कार्यक्रम अनुसार साईकल वितरण गरिएको हो । वडा कार्यलयमा विहिबार एक समारोहकाबीच चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई र वडा अध्यक्ष सन्तोष सुवेदीले संयुक्तरुपमा साईकलको चावि विद्यार्थीहलाई हस्तान्तरण गरेका थिए । टाढाटाढाबाट विद्यालय धाउने विद्यार्थीको हितलाई ध्यानमा राखेर साइकल वितरण गरिएको वडाध्यक्ष सुवेदीले बताउनुभयो । मेयर खगेन्द्र राईले विद्यार्थीलाई साईकल वितरण गर्ने कार्यक्रम यसबर्ष २ नम्बर वडाले गरेकोमा आगामीवर्षदेखि नगरक्षेत्रभरी नै लागु गर्ने बताउनुभयो ।...
सातै प्रदेशमा मुख्यमन्त्री नियुक्त, प्रदेश १ मा ५ सदस्यीय मन्त्रीमण्डल

सातै प्रदेशमा मुख्यमन्त्री नियुक्त, प्रदेश १ मा ५ सदस्यीय मन्त्रीमण्डल

समाचार
पूर्णपुष्टि/काठमाडौं, फागुन ३ गते -बिहिबार मुलुकले प्रधानमन्त्री पाएसंगै मुलुकको सातवटै प्रदेशले मुख्यमन्त्री पनि पाएको छ । प्रदेश नं. मा शेरधन राई, प्रेदश २ मा लालबाबु राउत, प्रदेश ३ मा डोरमणी पौडेल , प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ मा शंकर पोखरेल, प्रदेश ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री निर्वाचित भएका हुन् । यसका साथै प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईको सिफारिसमा एमालेबाट हिक्मत कार्की गृह –आन्तरिक मामिला तथा कानुन), जीवन घिमिरे सामाजिक विकास र जगदीश कुसियत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गरी तीनजना मन्त्री नियुक्त भएका छन् भने माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो अर्थ (आर्थिक मामिला तथा योजना) मन्त्री बनेका छन् । मुख्यमन्त्री राई र चारैजना मन्त्रीलाई आजै प्रदेश प्रमुख गोविन्द सुब्बाले पद तथा गोपनीयताको सपथ गराउनुभयो । प्रदेश ...