Saturday, April 25News That Matters

Tag: highlight

उल्टोमोटरसाईकल यात्री कार्कीले उपहारमा पाए मोटरसाईकल

उल्टोमोटरसाईकल यात्री कार्कीले उपहारमा पाए मोटरसाईकल

समाचार
पूर्णपुष्टि/काठमाडौं, माघ २१ गते । उल्टोमोटरसाईकल यात्री उदयपुरका चित्रकुमार कार्कीलाई आईएमसी ग्रुपले अमेरिकन कम्पनीको तर्फबाट आईतबार मोटरसाईकल उपहार प्रदान गरेको छ । उल्टो मोटरसाईकल यात्रीको रुपमा शाहसीक कार्य गरेवापत कार्कीलाई कम्पनीले बजार मूल्य करिब चार लाख बराबरको २३० सीसी यूएमडिएसआर मोटरसाईकल उपहार स्वरुप प्रदान गरेको बताइएको छ । कम्पनी प्रतिनिधि उज्जल जोशी र आईएमी ग्रुपका कन्ट्रि मेनेजर दिपेस कायस्थले एक समारोहकाबीच कार्कीलाई मोटरसाईकल हस्तान्तरण गर्नुभयो । कार्कीले उपहारस्वरुप मोटरसाईकल पाएपछि आफुलाई अझ राम्रा र शाहसीक कामहरु गर्दै जाने प्रेरणा मिलेको बताए । उनले विश्व उल्टोमोटरसाईकल यात्रुको रुपमा गिनिजबुकमा नाम दर्ज गर्ने लक्षका साथ अगाडी बढिरहेको बताए । मेची–महाकाली उल्टो मोटरसाईकल यात्रा गरिसकेका उनले आफुलाई सहयोग गरेर यो अवस्थासम्म पुर्याउने सम्पूर्णलाई सम्झिद...
बेलकामा बृहद कृषिमेला सम्पन्न, नमुना घरवगैचा विशेष आकर्षण, ५१ कृषक पुरस्कृत

बेलकामा बृहद कृषिमेला सम्पन्न, नमुना घरवगैचा विशेष आकर्षण, ५१ कृषक पुरस्कृत

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ २० गते । जिल्लाको बेलका नगरपालिकामा आयोजना भएको बृहद कृषि मेलामा धित मरुन्जेल आप्mना कृषि उत्पादनहरु प्रदर्शनी तथा विक्री गर्न पाउदा कृषकहरु हर्षित मात्र हैन त्यत्तिकै उत्साहित पनि भएका छन् । कार्यक्रममा ५१ जना कृषकहरु विभिन्न बाली उत्पादनबाट पुरस्कृतसमेत भएका छन् । नगरपालिकाको मुख्य आयोजनामा तथा विषयगत विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरुको आयोजनामा माघ १७ देखि १९ गतेसम्म भएको जिल्लास्तरीय कृषि मेलामा कृषि उत्पादनका खाद्यान्न, पशुपंक्षी, माछा, फलफुल, तरकारी, दलहन, लहरेबाली लगायतका उत्पादनहरुको बृहद प्रदर्शनी भएको थियो । साथै कृषि प्रविधि तथा औजार, मेसिनहरुको पनि प्रदर्शनी भएको थियो । प्रदर्शनीमा नमुना घरवगैचा विशेष आकर्षक बन्यो । स्वच्छ, सफा र सभ्य एउटाघरसंगै हुनुपर्ने करेसाबारी, जुठेल्नो, फलफुलका बोटहरु, फुलबारी, माछापोखरी, घरगोठ, चर्पी आदि...
उदयपुर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा (फोटो फिचरसहित)

उदयपुर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा (फोटो फिचरसहित)

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, माघ १६ गते -शहीद दिवससंगै उदयपुर जिल्ला मंगलबारदेखि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । जिल्लाका आठ स्थानीयतहका जन्मेदेखिको १ बर्षभित्रका सबै बालबालिकाहरुलाई पूर्णखोप लगाउनुका साथै अव जन्मने बाबालिकालाई पनि खोप लगाईने सुनिश्चिततासहित घोषणा गरिएको हो । एक समारोहकाबीच प्रदेश नं. १ को प्रमुख डा. गोविन्द तम्बाहाङले उक्त उमेर समुहका जिल्लाका ७ हजार ८ सय ८९ बालबालिकाले विभिन्न रोग विरुद्धको सबैकिसिमका खोप पुरा गरेको भन्दै जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्नुभयो । देश रक्षार्थ सहादत् प्राप्त बीर शहीदहरुको सम्मान र स्मरण गर्दै आयोजना गरिएको पूर्णखोप सुनिचितता जिल्ला घोषणा समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश प्रमुख तम्बाहाङले जिल्लालाई पूर्णखोप सुनिश्चिततामा योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । शहीदहरुको स्मरण गर्दै उहाँले शहीद दिवस...
शहीद दिवससंगै उदयपुर पूर्ण खोप सुनिश्चितता घोषणा हुदै (भिडियोसहित)

शहीद दिवससंगै उदयपुर पूर्ण खोप सुनिश्चितता घोषणा हुदै (भिडियोसहित)

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, माघ १५ गते । -भोली अर्थात माघ १६ गते शहीद दिवससंगै उदयपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिदैछ । सोमबार पत्रकार सम्मेलन गरी शहीद दिवससंगै प्रदेश नं. १ को प्रमुख डा. गोविन्द तम्बाहाङको प्रमुख आतिथ्यमा भब्यरुपले घोषणा कार्यक्रम गरिने जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले जानकारी दिनुभयो । “स्थानीय स्वमित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ बृहद र्याली तथा सभाको तयारी रहेको भन्दै प्रमुख परियारले सरोकारवाला सबैलाई सक्रिय सहभागिताको आग्रह गनुभयो । साविकको ४० गाविस र ३ नगरपालिका, हालको ४ गाउँपालिका र ४ नगरपालिका गरी ८ स्थानीय तहका ७ हजार ८ सय ८९ जना १२ देखि २३ महिनाका बालबालिकाहरुलाई पूर्ण खोप दिलाई घोषणा कार्यक्रम तय गरिएको बताइएको छ । स्वस्थ्य सेवा विभा...
सांसद शुरेसकुमारको पहिलो तलब शिक्षामा

सांसद शुरेसकुमारको पहिलो तलब शिक्षामा

समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ८ गते - मत दिएर चुनाव जिताउने जनताको मन जित्न प्रतिनिधिसभा सदस्य शुरेसकुमार राई (हिमाल) ले आफ्नो पहिलो महिनाको तलब शिक्षामा लगानी गर्ने भएका छन् । बाम गठबन्धनको साझा उम्मेदवार भई उदयपुर जिल्ला क्षेत्र नं. २ बाट जितेका सांसद राईले कटारी नगरपालिकास्थित त्रिवेणी उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्सवका लागि पहिलो महिनाको तलब प्रदान गर्ने घोषणा गर्नुभएको हो । उहाँले मासिकरुपमा आउने सेवा सुविधा अन्तर्गत पहिलो महिनाको तलब एक लाख रुपैयामा केही रकम थपेर कुल १ लाख १ हजार १ सय ११ रुपैया प्रदान गर्नुहुने भएको छ । आफ्नो क्षेत्र अन्तर्गतका पाँचवटै पालिकाका अधिकांश जनताका छोराछोरीले उच्च शिक्षा हाँसिल गर्ने उक्त विद्यालय स्थापना भएको ५० बर्ष पुरा हुनु र आफुले आफ्नो क्षेत्रमा काम थालनी गर्नु, संयोगबस समय मिलेकाले कार्य थालनीको रुपमा पहिलो तलब शिक्षामा लगानी गरेको सांसद ...
ऐन नियम नबुझ्दा जनताका कामकारवाही प्रभावित

ऐन नियम नबुझ्दा जनताका कामकारवाही प्रभावित

समाचार
पूर्णपुष्टि, माघ ५ गते । स्थानीय सरकार सञ्चालन कार्यविधीका बारेमा जनप्रतिनिधि नै अनविज्ञ रहँदा जनताका कामकारवाही प्रभावित बनेकाछन् । जनप्रतिनिधिको क्षमता अभिबृद्धी नहुँदा बनेका ऐन, कानुन कार्यन्वयनमा जटिलता र जनतासँग प्रत्यक्ष सरोकार राख्ने कतिपय कानुन निर्माण नहुँदा कामहरु प्रभावित बन्ने गरेका हुन् । देश संघिय संरचना गएपनि स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई नयाँ संरचनाका बारेमा पूर्ण जानकारी नहुँदा कामकारवाहीमा समस्या उत्पन्न भएको भन्दै चौतर्फीरुपमा जनप्रतिनिधिहरुले आलोचना खेप्नु परेको छ । यसकासाथै कार्यान्वयनको प्रारम्भिकचरणमा रहेको संघियता व्यवस्थालाई सहज बनाउन र टिकाई राख्नका लागि उनीहरुको क्षमता अभिवृद्ध नगर्ने हो भने जनताका कामकारवाही अझ प्रभावित हुने देखिन्छ । यसैशिलशिलामा कानुनी प्रावधानका बारेमा जनप्रतिनिधिलाई जानकारी दिने उदेश्यले जिल्लामा पहिलोपटक रौतामाई गाउँपालिकाले स...
दलितबस्तीका ५ घरमा आगलागी, १७ लाखको क्षती

दलितबस्तीका ५ घरमा आगलागी, १७ लाखको क्षती

समाचार
पूर्णपुष्टि/उदयपुर, माघ १ गते । उदयपुरको रौतामाई गाउँपालिका १ नामेटार भन्ने ठाउँमा सोमबार बिहान दलितबस्तीका पाँच घरमा आगलागी भई क्षती भएको छ । अस्थाई प्रहरी पोष्ट भुट्टारका इन्चार्ज प्रहरी नायव निरिक्षक भिम श्रेष्ठका अनुसार स्थानीय रणबहादुर विक, कर्णबहादुर विक, मेघबहादुर विक, पर्शुराम विक र चक्रबहादुर विकको घरमा आगलागी भएको हो । आगलागीबाट माटो र काठले बनेको फुसको छानो भएको पाँचै घर जलेर नष्ट भएको छ भने घरभित्रका अन्नपात, लत्ताकपडा, खाध्यान्न, भाडावर्तन जलेर नष्ट भएका छन् । स्थानीयको प्रयासबाट आगो नियन्त्रणमा आएपनि क्षती हुनबाट जोगाउन नसकिएको बताइएको छ । प्रहरीका अनुसार ६५ बर्षिय रणबहादुरको ३ लाख, ७० बर्षिय कर्णबहादुरको ३ लाख २० हजार, ३५ बर्षिय मेघबहादुरको ३ लाख ५० हजार, ३५ बर्षिय पर्शुरामको ३ लाख ७० हजार र ३० बर्षिय चक्रबहादुरको ३ लाख ६० हजार गरी १७ लाख बराबरको क्षती भएको छ । आगला...

महोत्सवबाट घरेलु उत्पादनको प्रचारप्रसारमा अवसर, करोडबढिको कारोवार

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ३० गते । उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित प्रदेश नं. १, पहिलो घरेलु औद्योगिक महोत्सवले उद्यमीहरुलाई आप्mना घरेलु उत्पादन बजारीकरणका लागि प्रचारप्रसार गर्ने अवसर मिलेको उद्यमीहरुले बताएका छन् । पुस २१ देखि नौंदिनसम्म सञ्चालन महोत्सवमा आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा उदयपुरले डेडसय बढि स्टल उद्यमीहरुलाई निःशुल्क उपलब्ध गराएको थियो । उक्त स्टलहरुमा घरेलु उद्योगका उत्पादनहरु प्रदर्शन तथा विक्रीका लागि राख्ने अवसर मिलेकाले विशेषगरी प्रचारप्रसार भएको उद्यमीहरुले बताए । जिल्लाको आठ वटै स्थानीयत त्रियुगा, कटारी, चौदण्डीगडी, बेलका नगरपालिकाहरु, रौतामाई, उदयपुरगडी, ताप्ली र शुनकोशी गाउँपालिकाको सहयोगमा भएको महोत्सवमा प्रदेश नं. १ अन्तर्गतका जिल्लाका उद्यमीहरुले आप्mना उत्पादनहरु राखेका थिए । उनीहरुले दालमोठ भूजियादेखि अचारसम्म, ढाकाटोपीदेखि कम...
के मेरो देशको कपुरी क रट्नु गलत थियो ?

के मेरो देशको कपुरी क रट्नु गलत थियो ?

बिचार
रिना चामलिङ राई -कपुरी क, खरायो ख भन्दै कुहिरोभित्रको धुले स्कुलमा गुरुले २/३ फिटको आफू जत्रो सिर्कोनोले हातमा हिर्काउदै, भत्किएको कालो पार्टीमा चन्दन जस्तो सेतो चकले धस्तै रटाएको कपुरी क र खरायो ख मेरो लागि वरदान भनौ या अभिसाप ? सिगान पुच्दै तानमा बुनेको झोलामा भबिष्यामा ठुलो मान्छे बन्ने सपनाहरूलाई बोकेर बार–बार तारामण्डल देखिने स्कुलको छानोभित्र छरपस्ट भएका फर्निचरहरु, हात्तीछाप चप्पल बजाउदै पढेको अनि सिस्नो र ढिडोको डकारा गर्दै लिएको मेरो सपनाको शिक्षा साच्चै आज सपना मै सिमित भयो । पढेपछि जागीर खाइन्छ, ठुलो मान्छे भइन्छ भन्ने भनाइ आज मेरो लागि एकादेशको कथा जस्तै भएको छ । दोष कस्लाई दिउ ? जहाँ म जस्तो हजारौं युवाहरुको शिक्षा बिदेशी खाडिमा गैती र बेल्चामा ७०/८० सेल्सियस तापक्रममा बेचिएको छ । ५० देखि ६० लाख युवाहरुको शिक्षा केबल हरियो रंगले भरिएको राहदानी शिर्षकमा सिमित भय...