Saturday, April 25News That Matters

Tag: highlight

आऊ नारी, मसला पिस्ने हातहरुले तिम्रो चोली उधार्ने नर पिपासुलाई फाँसीदिने मेसिन बनाऊ

आऊ नारी, मसला पिस्ने हातहरुले तिम्रो चोली उधार्ने नर पिपासुलाई फाँसीदिने मेसिन बनाऊ

बिचार
रिना चाम्लिङ राई नारी तिमी अझै पनि १८ औ शताब्दीको ढुंगेयुगमा छौ । कमिले युगमा छौ । हेर, हामी सङ्गै बस्ने यहि समाजभित्रैका पुरुषहरु २२ औ शताब्दीतिरका परिबर्तीत युगमा पुगिसके । आजका नारी अझै पनि पर्खालभित्र, घरको चौघेराभित्र । चुलो र चौकाभित्र सिमित । आउ खुल्ला आकाशमुनि । आउ तिम्रो त्यो पर्खाललाई हटाएर । आउ घरको तडबन्धनलाई तोडेर । आउ तिम्रो समानता न्यायको लागि जन्जिर तोडेर । आउ चुलो र चौकाभित्रको दमनलाई फोडेर । अब तिमी कर्फ्यु जारी गरिएर राखिएको बस्ती जस्तो शान्त हुने कोशिस नगर । किनकि आजका नारी भोलिका देशको हरेक अङ्गमा महिला सशत्तीकरणको हाबी हुनेछ। सिपाही झै अड्डा, अदालत समानताको लेखाजोखा गर्ने तिमी हिट्लर बन्नु छ । समाजका हरेक पुरुषबादी चिन्तनलाई पर्दाफास गर्नुछ । पुरुषबादी चिन्तनलाई सफाई गर्नुछ । आउ नारी तिम्रो अधिकार तिमी आफैले लडेर खोसेर लिनुछ । तिम्रो हक र अधिकार कसैले दाइजो दि...
लागुऔषध नियन्त्रणमा प्रहरी सक्रियता, अव किटटेस्ट पनि सुरु, घरेलुमदिरा नष्ट

लागुऔषध नियन्त्रणमा प्रहरी सक्रियता, अव किटटेस्ट पनि सुरु, घरेलुमदिरा नष्ट

समाचार
विक्रम राई/गाईघाट, पुस ८ गते । लागुऔषाध दुव्र्यसनको ठूलै समस्या रहेको उदयपुरको सदरमुकाम गाईघाटमा प्रहरीले नियन्त्रणका सक्रियता देखाएको छ । चार महिना अघि उदयपुर आएका जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले आफु आएपछिको रेकर्ड प्रस्तुत गर्दै ६५ वटा लागू औषधका मुद्दा चलाएको बताउनुभयो । जसमा १ सय १२ जना पक्राउ परेकामा ७ जना पुर्पक्षमा गएको, २० जना अनुसन्धानको क्रममा रहेको र ८५ जना धरौंटी तारिखमा छुटेका छन् । साथै अन्य सार्बजनिक अवराधमा ८० ओटा मुद्दा दर्ता भएकोमा ९६ जना पक्राउ परेको उहाँले बताउनुभयो । जसमा २ जना पुर्पक्षमा रहेको, ७ जना अनुसन्धानमा रहेको र ८७ जना धरौंटी तारिखमा छुटेको उहाँले बताउनुभयो । विगतमा भन्दा बढि देखिएको यो संख्यालाई प्रहरीको सक्रियता र उपलब्धी मान्न सकिन्छ । प्रहरीले लागूऔषध कारोवारी र प्रयोगकर्ताको गौडा पत्ता लगाई छापा मार्ने, अनुसन्धान गरी पक्राउ गर्ने गरे...
दशवटै स्थानीय तह सडक सञ्जालमा जोडियो

दशवटै स्थानीय तह सडक सञ्जालमा जोडियो

समाचार
पूर्णपुष्टि/खोटाङ, ७ पुस । जिल्लाको दशवटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएको हो । गत वर्षसम्म सदरमुकाम दिक्तेलबाट सिमित ठाउँमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको जिल्लामा यस वर्षबाट सबै स्थानीय तहमा सञ्चालन गरिएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । “यसअघि जिल्लामा निर्माण भएका सडकमा पनि यातायात सञ्चालन भएको थिएन ।” उहाँले भन्नुभयो, “सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर यस वर्षबाट सबै स्थानीय तहसँग जोडिएको सडकमा यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।” सबै स्थानीय तहबाट सदरमुकाम दिक्तेलसम्म सिधा यातायात शुरु भएपछि दुर्गम क्षेत्रका स्थानीयवासी समेत एकै दिनमा घरबाट हिँडेर पुनः घरै पुग्न थालेका छन् । यातायात सेवा नहुँदा यसअघि जिल्ल...
रंगेहात गाँजा र व्यापारी पक्राउ

रंगेहात गाँजा र व्यापारी पक्राउ

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ६ गते । लागूऔषध नियन्त्रण तथा मदिरा नियन्त्रणमा विशेषरुपले लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहिबार घरमै विक्रीवितरण गर्दै गरेको अवस्थामा रंगेहात ठूलो मात्रामा गाँजा र एक ब्यापारी पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ११ स्थित पिकनिक स्पोर्ट नजिकैको ढिम्कि गाउँमा अन्दाजी तीनकेजी बढी गाँजासहित ब्यापारी ३२ बर्षिय प्रेमबहादुर राईलाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताउनुभयो । स्थानीय एक व्यक्तिको घरमा लुकाईछिपाई गाँजा लगायतका लागूऔषध विक्री वितरण गरेको सुराकीको आधारमा छापामार्दा रंगेहात पक्राउ परेको हो । खोटाङ स्थायी घर भई सो ठाउँमा डेरागरी बस्ने राईले कोठामै गाँजा लुकाएर विक्री गर्ने गरेको पाइएको प्रहरीको भनाई छ । प्रहरीले छापामार्ने क्रममा कोठाभित्रकै दराजभित्र लुकाएको अवस्थामा दुईपोका र घरपछाडि दाउराले छोपेर राखेको अवस्था...
दुर्घटना बढेपछि सिटि तथा टेम्पो चालकलाई कडाई

दुर्घटना बढेपछि सिटि तथा टेम्पो चालकलाई कडाई

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ६ गते । सिटिरिक्सा तथा टेम्पोहरुको बढ्दो चाँपका कारण दुर्घटना बढेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले चालकहरुलाई सचेत गराएको छ । विहिबार जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले चालकहरुलाई कत्ति पनि लापरवाही र ट्राफिक नियमको उलंघन नगर्न, गरेको पाईएमा कारवाही गर्ने भन्दै सचेत गराउनु भएको हो । धेरैजसो दुर्घटना सवारी चालक अनुमतिपत्र नभएकाबाट भएको जनाउदै आगामी दिनमा चालक अनुमतिपत्र नभएकालाई चलाउन नदिइने बताउनुभयो । यसबाहेक ३÷४ जनाको क्षमता भएकोमा बढि यात्रु राख्ने, अगाडी चालक मात्र बस्नुपर्नेमा दायाँबायाँ यात्रु राखेर कुदाउनाले पनि दुर्घटनाको जोखिम बढेको भन्दै त्यस्ता कार्य बन्द गर्न आग्रह गर्नुभयो । साथै सवारीको सम्पूर्ण पार्टपूर्जाको चेकजाँच र मर्मत बेलाबेलामा गर्न भन्नुभयो । हाइवे र पहाडी भिरालो सडकमा कुदाउन नपाइनेमा साउने रौतासम्म पुग्ने गरेको पाईएकोले...
कृषक समुह महासंघद्वारा अनुगमन

कृषक समुह महासंघद्वारा अनुगमन

समाचार
बिक्रम राई/गाईघाट, पुस, ५ गते । राष्ट्रिय कृषक समूह महासंघ नेपाल, उदयपुरको आयोजनामा बेलका नगरपालिका स्थित बिभिन्न वडाहरुमा कृषि अनुगमन भएको छ । नगरपालिकाको ८, ३, र २ वडाहरुमा कृषिमा दिइएका अनुदान, प्राविधिक सेवा र तालिमहरुको उपयोगहरुलाई बिषेश प्राथामिकतामा राखी महासंघले गतसाताको शुक्रबार अनुगमन कार्यक्रम गरेको हो । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार, बेलका नगरपालिकाका मेयर तथा उपमेयर, कृषि विकास कार्यलय, जिल्ला पशु सेवा कार्यलय, महिला तथा वालवालिका कार्यलय, केयर नेपालका प्रतिनिधि र पत्रकारहरुसमेतको सहभागितामा अनुगमन भएको हो । अन्य बिकासको क्षेत्र सँगै कृषि विकासमा सबैको भुमिकाको बारेमा समेत छलफल भएको अनुगमनमा कृषकहरुलाई कृषिकर्मबाट आत्मानिर्भर कसरी बनाउन सकिन्छ भन्ने हेतुले भएका काम, गतिविधिको अनुगमन भएको थियो । कृषकहरुलाई सेवा सुविधाको दृष्टीले कृषि बजेट, कृषि योजना,...
वाम्बुले राष्ट्रिय कवितामा पुतली प्रथम

वाम्बुले राष्ट्रिय कवितामा पुतली प्रथम

समाचार, साहित्य
पूर्णपुष्टि/उदयपुर (कटारी), पुष २ गते । वाम्बुले राई भाषाको राष्ट्रिय कविता प्रतियोगितामा खोखलढुंगाको मानेभञ्याँङ्ग, गाउँपालिका–३, फोकुलका पुतली राईले प्रथम स्थान हाँसिल गर्नुभएको छ । उदयपुरको कटारीमा शनिबार सम्पन्न १९ औं राष्ट्रिय कविता प्रतियोगितामा उहाँ प्रथम हुनुभएको हो भने मानेभञ्याँङ्ग, गाउँपालिका –६ ,हिलेपानी ओखलढुङ्गाका मंगलदर्शन राई दोस्रो र सोही गाउँपालिका ५ रिचुवाका नमेश राई तृतिय हुुनुभएको छ । विजयी वाम्बुले कविहरुलाई प्रमुख अतिथि प्रा.डा.नोवल किशोर राई र राष्ट्रियगानका रचनाकार प्रदिपकुमार राई (ब्याकुल माईला) ले क्रमश नगद रु ५ हजार, ३ हजार र २ हजारका साथ प्रमाण–पत्र प्रदान गर्नुभयो । त्यसैगरी खोटाङका हलेशी तुवाचुँङ्ग नगरपालिका –१ की मुना राई र ओखलढुंगाको मानेभञ्याँग –३ उँबुका यमुना राईलाई नगद एक÷एक हजारसहित सान्वना पुरस्कार प्रदान गरिएको थियो । वाम्बुले राई समाज (वा...
सडक डिभिजन र ठेकेदारको चरम लापरवाहीले फर्सेट पुल अधुरो, चाँडो काम पुरा नगरे दुबैलाई कारवाही गरिने (फोटो फिचरसहित)

सडक डिभिजन र ठेकेदारको चरम लापरवाहीले फर्सेट पुल अधुरो, चाँडो काम पुरा नगरे दुबैलाई कारवाही गरिने (फोटो फिचरसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २८ गते । सडक डिभिजन कार्यालय र ठेकेदारको चरम लापरवाहीले सम्झौता भएको ६ बर्षमा पनि पुल निर्माण हुन नसक्दा सर्बसाधारणले सास्ती खेपिरहेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ बगाहास्थित फर्सेठ खोलाको पुलमा सडक भिडिजन कार्यालय लहान र ठेकेदारको चरम लापरवाहीले लामो समय गुज्रिदा पनि पुल बन्न नसकेको हो । सगरमाथा लोकमार्गको कदमाहा गाईघाट सडक खण्डको बगाहामा पर्ने सो पुलको काममा सम्बन्धीत ठेकेदार कम्पनी बि.पि÷बहादुर थिङ जे.भी.ले समयमा काम नगर्ने, कामदार नखटाउने, खटाएकालाई परिश्रमिक नदिने, सामान ढुवानी नगर्ने, पुरै वेवास्ता गरेर चरम लापरवाही गरेको र सडक भिडिजनले त्यसलाई अनुगमन, निरिक्षण गरेर रोक्नको सट्टा उसले पनि ठोस कारवाही नगरेर उल्टै सहयोग गरेकाले पुलको काम लथालिङ अवस्थामा पुगेको हो । ठेकेदारको चरम लापरवाही र नियमन निकाय सडक भिडिजनको मौनसमर्थनका कारण पुलको काम पुरा न...
उदयपुरमा बामगठबन्धन ४, कांग्रेस २ / प्रतिनिधिसभातर्फ कांग्रेसका डा. खड्का, र माकेका राई विजयी

उदयपुरमा बामगठबन्धन ४, कांग्रेस २ / प्रतिनिधिसभातर्फ कांग्रेसका डा. खड्का, र माकेका राई विजयी

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २५ गते । निकै रोचक र चासोपूर्णढंगले हेरिएको उदयपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ मा बामगठबन्धनको उम्मेदवार नेकपा एमालेकी मञ्जुकुमारी चौधरीलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मदेवार डा. नारायण खड्का विजयी भएका छन् । सोमबार बिहान डा. खड्काले ५४८ मतले चौधरीलाई पछि पार्दै विजयी हुनुभएको हो । उहाँको मत ३३,१४२ हुदा चौधरीको ३२,५९४ मत प्राप्त गर्नुभयो । योसंगै २ प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको उदयपुरको प्रत्यक्षतर्फको १ लाख १७ हजार ४४० मतगणना सकिएको छ । अन्तिम मतपरिणामबाट बामगठबन्धनले एक महिलासहित ४ सिट र कांग्रेसले २ सिटमा विजय हाँसिल गरेको छ । प्रतिनिधिसभामा दुबैतर्फको १/१ सिटमा जीत हात परेको छ । प्रतिनिधिसभा २ तर्फ तीनै सिट बामगठबन्धनले जीतेको छ भने १ मा कांग्रेसले २ सीट र बामगठबन्धनले १ सिटमा चित्त बुझाउनु परेको छ । प्रतिनिधिसभा २ मा बामगठबन्धनतर्फका उम्मेदव...
उदयपुर २ मा तीनै स्थानमा बामगठबन्धन, १ (क) मा एमाले, (ख) मा कांग्रेस विजयी, प्रतिनिधिसभा १ को गणना रोचक र चासोपूर्ण

उदयपुर २ मा तीनै स्थानमा बामगठबन्धन, १ (क) मा एमाले, (ख) मा कांग्रेस विजयी, प्रतिनिधिसभा १ को गणना रोचक र चासोपूर्ण

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २४ गते । उदयपुरमा भईरहेको मतगणनाबाट एक महिलासहित पाँचजना उम्मेदवारले विजय हाँसिल गरेका छन् । जसमा एकप्रतिनिधिसभासहित चारसिट बाम गठबन्धनले जितेको छ भने एकसिट कांग्रेसले जितेको छ । उदयपुर निर्बाचन क्षेत्र २ तर्फ बाम गठबन्धनले एकलौटी जित हात पारेको छ । प्रदेशसभा १ (क) मा एमाले र १ (ख) मा कांग्रेसले जितेको हो । शुक्रबार बेलुकादेखि मतगणना सुरु भई आईतबार राती आठबजेसम्मको परिणामबाट पाँचसिटको अन्तिम मतपरिणाम आएको हो । प्रतिनिधिसभा २ बाट बामगठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई (हिमाल) विजयी हुनु भएको हो भने २ (क) प्रदेशसभामा बामगठबन्धनको समर्थन पाएको स्वतन्त्र उम्मेदवार नारायणब बुर्जा मगर विजयी हुनुभएको छ भने २ (ख) मा एमालेकी कला घले विजयी हुनुभएको छ । त्यस्तै प्रदेशसभा १ (क) मा एमालेका विमल कार्कीले र (ख) मा कांग्रेसका हिमाल कार्कीले विजय ...