Saturday, April 25News That Matters

Tag: highlight

मतुवा सहायक वन अधिकृत यादवको होटल हर्कत सार्बजनिक (अडियोसहित)

मतुवा सहायक वन अधिकृत यादवको होटल हर्कत सार्बजनिक (अडियोसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २४ गते -एक मतुवा सहायक वन अधिकृतले सरकारी सवारी साधन दुरुपयोगको विषयलाई लिएर पत्रकार महासंघ र पत्रकारलाई ठाडै चुनौती दिएका छन् । जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले यस्तो चुनौती दिएका हुन् । एक होटलमा मिडियालाई गालीगलौज गरेको तथ्य फेलापरेपछि यादवको हर्कत सार्बजनिक भएको हो । (सुन्नुहोस् यादवको हर्कत खुल्ने अडियो) https://www.youtube.com/watch?v=DgfXthxpo38 प्राप्त एक अडियोमा “केहीदिनअघि महोत्सवमा सरकारी मोटरसाईकलको दुरुपयोग” भन्ने समाचारप्रति विमति प्रकट गर्दै सहायक वन अधिकृत यादवले आफुले पनि दुरुपयोग गरेको तर, कारवाही गरेर देखाउनु भन्ने चुनौती दिएका छन् । गाईघाटमा सञ्चालित त्रियुगा महोत्सव केही कर्मचारीहरुको मोजमस्ती गर्ने थलो बनेकोसमेत सो भिडियोले पुष्टि गरेको छ । अपशब्द प्रयोग गर्दै पत्रकार महासंघको नामै तोकेर उनले लड्नका लागि...
श्रमजिवि पत्रकार ऐन बारे माथिकाले र जिल्लाकाले के के भने त ?

श्रमजिवि पत्रकार ऐन बारे माथिकाले र जिल्लाकाले के के भने त ?

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २३ गते -न्यूनतम् पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ उदयपुरको संयोजनमा बुधबार उदयपुरको गाईघाटमा श्रमजिवि पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । समितिका अध्यक्ष गंगाधर पराजुली र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष महेन्द्र विष्टको विशेष उपस्थितिमा भएको कार्यक्रममा श्रमजिवि पत्रकार ऐनको महत्व र कार्यन्वयको बारेमा अन्तरक्रिया भएको थियो । साथै उदयपुर जिल्लाका सञ्चारमाध्यम तथा जिल्लामा रहेर कार्यरत श्रमजिवि पत्रकारहरुको अवस्था तथा पारिश्रमिक उपलब्धताको बारेमा विशेष छलफल भएको थियो । समितिका अध्यक्ष पराजुलीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै श्रमजिवि पत्रकारका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्धतामा जोड दिइएको बताउनुभयो । पारिश्रमिक लिने र दिने दुबैखाले पत्रकारहरुले ऐन...
महोत्सव नाचगानमा सिमित, ब्यापार नहुँदा उद्यमीहरु निरास (भिडियोसहित)

महोत्सव नाचगानमा सिमित, ब्यापार नहुँदा उद्यमीहरु निरास (भिडियोसहित)

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २२ गते -त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको आयोजनामा सञ्चालित महोत्सब नाचगानमै सिमित बनेको छ । ब्यापार नहुँदा उद्यमीहरु भने निरास छन् । उद्यमी दुर्गा दनुवारले मानिस रातीमात्र नाचगान हेर्न आउने, दिउसो कोही नआउने भएपछि विक्री वितरणको त कुरै छोडौं, प्रदर्शनीसमेत नभएको गुनासो व्यक्त गर्नुभयो । दालमोड भुजियाको सफल उद्यमी दनुवारले महोत्सवमा आएको कुनै उपलिब्ध नभएकाले घरजान खोज्दा आयोजकले गेटपास नदिएपछि जबरजस्ती बस्नु परेको बताउनुभयो । दिनभर मान्छे कोही नआएपछि, सामान प्रदर्शनी र बिक्रिको अवस्था सुन्य भएपछि स्टलहरु उठाउन थालिएको व्यापारीहरु बताउछन् । महोत्सवमा आएका सबै स्टलहरुमा निरासा मात्र छाएको छ । घर फिर्न खोजेकालाई जबरजस्ती नरोकिएको संघका बरिष्ठ उपाध्यक्ष रमेश विकले बताउनुभयो । आयोजक संघले विगतदेखि नै स्थानीय साना तथा लद्यु उद्यमीहरुलाई वेवास्ता गर्दै आएकाले...
शहरी स्वास्थ्य केन्द्र सुकौराको उद्घाटनसंगै स्वस्थ्य शिविर सम्पन्न

शहरी स्वास्थ्य केन्द्र सुकौराको उद्घाटनसंगै स्वस्थ्य शिविर सम्पन्न

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, फागुन २१ गते -त्रियुगा नगरपालिका, आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालय, शहरी स्वास्थ्य केन्द्र सुकौराको उद्घाटन सोमबार गर्दै सोही केन्द्रबाट स्वास्थ्य शिविर सेवा पनि प्रदान भएको छ ।  त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीद्वारा उद्घाटन गरिएको सो केन्द्रमा वडा नं. १६ र आसपासका सर्बसाधारणले स्वास्थ्य जाँच तथा उपचारको सेवा पाएका थिए । विशेषगरी ग्रामिण भेगका नागरिकहरुले निःशुल्करुपमा आप्mनै ठाउँमा उपचार सेवा पाएका थिए । स्वास्थ्य चेँकजाँचको क्रममा महिलाहरुको तल्लोपेट (पाठेघर) खस्ने समस्या जटिलरुपमा देखिएको शिविरमा खटिएका चिकित्सकहरुले बताए । पाठेघर खसेर जटिल अवस्थाकालाई निःशुल्क अप्रेशनका लागि सरकारले तोकेको अस्पतालमा पठाइने बताइएको छ । स्थानीयको घर भाडामा लिई सञ्चालन गरिएको शहरी स्वास्थ्य केन्द्रको कार्यालयको उद्घाटन गर्दै मेयर चौधरीले जनताको स्वास्थ्यमा पहुँच...
महोत्सवबाट फर्कदा दुर्घटना, एक गम्भिर घाइते

महोत्सवबाट फर्कदा दुर्घटना, एक गम्भिर घाइते

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २० गते -त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले आयोजना गरेको महोत्सव हेरेर फर्कने क्रममा शनिबार राती त्रियुगा नगरपालिका–३ मोतिगडामा मोटर साइकल दुर्घटना भई तीन जना घाइते भएका छन् । राती ९ ः ३० बजेको समयमा तीनजना सवार स ५ प ८७१९ नम्बरको मोटर साइकल दुर्घटनामा परी सप्तरी सुरुङ्ग नगरपालिका–२ बस्ने चालक २१ वर्षीय दिपक कार्की, ३५ वर्षीय पर्वत पाण्डे र ३६ वर्षीय विष्णु खड्का घाइते भएका हुन् । मोटर साइकल दुर्घटनामा परी पाण्डेको टाउकोमा गहिरो चोट लागेकोले त्रियुगा अस्पतालका प्राथमिक उपचारपछि विराटनगर रेफर भएको प्रहरीले जनाएको छ । मोटरसाइकल अत्याधिक गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताउनुभयो । प्रहरीको आडमा राती अवेरसम्म महोत्सव सञ्चालन हुनाले यस्ता घटनाहरु बृद्धि भइरहेको स्थानीयको...
महोत्सवमा सरकारी सवारीसाधनको दुरुपयोग

महोत्सवमा सरकारी सवारीसाधनको दुरुपयोग

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १९ गते -स्थानीय प्रशासनको अनुमति विपरित राती अबेरसम्म गाईघाटमा सञ्चालन हुने महोत्सवमा कर्मचारीले समेत सरकारी सवारीसाधनको दुरुपयोग भएको पाइएको छ । महोत्सवको पाँचौं दिन शनिबार सरकारी मोटरसाईकलहरु महोत्सव स्थलमा फेला परेपछि दुरुपयोग गरेको पाइएको हो । स १ ब ७३८ र स १ ब ५९६ सरकारी नम्बर प्लेटका मोटरसाईकलहरु फेला परेको हो । एक त विदाको दिन, त्यसमा पनि कुवेलामा भेटिएका ती मोटरसाईकल कर्मचारीले मेला हेर्न जान दुरुपयोग गरेको स्थानीयले बताए । सेतो नम्बरप्लेटका ती मोटरसाईकल कुन कार्यालयको हो भन्ने नखुलेको भएपनि सम्बन्धीत निकायले पत्ता लगाई दुरुपयोग गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने देखिन्छ । महोत्सवमा खुलेआम मदिराजन्य विक्रीवितरण र सेवन रोकेको पाइएपनि प्रतिबन्धित जुवाजन्य खेल र मानिस डराउने भुतघर भने यथावत रहेका छन् । राती ८ः३० बजेसम्म मात्र महोत्सव गर्ने प्रश...
उदयपुरगढीको भवन निर्माण फाईल अख्तियारमा

उदयपुरगढीको भवन निर्माण फाईल अख्तियारमा

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १९ गते -उदयपुरगढी गाउँपालिकाको भवन निर्माणको लागि गरेको टेण्डर प्रक्रियामा कर्मचारीकै मिलेमतो देखिएको भन्दै उजुरी परेपछि अख्तियारले फाईल तानेको छ । अख्तियारको क्षेत्रिय कार्यालय, ईटहरीले टेण्डर प्रक्रियाका सम्पूर्ण सोमबार तानेको हो । गाउँपालिकाको कार्यालय भवन तल्ला थप, खानेपानी व्यवस्थापन तथा अन्य मर्मत सूधार निर्माण सम्बन्धी छुट्टाछुट्टै २ वटा कामको गत पुष १४ गते बोलपत्र आव्हान सम्बन्धी सूचना प्रकाशित गरिएकोमा सूचनाको अन्तिम मिति माघ १५ गते अपरान्ह १२ बजे सम्म बोलपत्र दत्र्ता गर्ने समय तोकिएको थियो । उक्त समय सिमाभित्र जम्मा ७ वटा फर्महरुले मात्र बोलपत्र दत्र्ता गराएकोमा सूचनामा तोकिए अनुसार सोहि दिन दिउँसो २ बजे टेण्डरहरु खोल्दा ९ वटा फर्मको बोलपत्र दत्र्ता भएको जानकारी कार्यालयले गराएको थियो । यसरी २ वटा फर्म बढी दत्र्ता कसरी र कुन समयमा भयो भन्ने ब...
होली पर्व उदयपुरमा भब्य मनाइयो

होली पर्व उदयपुरमा भब्य मनाइयो

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १८ गते -रंगहरुको पर्व होली गाईघाटमा पनि भब्यरुपले मनाइएको छ । एकआपसमा रंग दलेर रंगीनरुपले पर्व मनाइएको छ । एकआपसमा खुसी र समृद्धिको कामना आदानप्रदानसमेत गर्दै होलीमा नाचगान गरिएको थियो । बजारभरी नै होली मनाउनेहरु रंगीनरुपमा देखिएका थिए । हुलका हुल, आ आप्mनै समुहमा उनीहरु रमाईरहेका देखिन्थे । बाजागाजा बजाएर नाँचगान गर्नेको कुनै कमी थिएन । साथीभाइ, आफन्तजनको विशेष भेटघाट र पर्व मनाउने तरिका विशेष थियो । सबै क्षेत्र र तहतप्काका व्यक्रिहरु पर्वमा सम्मिलित देखिन्थे । पर्वले अपनत्व र सद्भाव जनाएको जनप्रेमी युवा मञ्चका अध्यक्ष सुरेश गुप्ताले बताए । मञ्चको आयोजनामा भएको होली विशेष कार्यक्रममा रंगको उमंग छर्दै शुभकामना आदान प्रदान भएको थियो । कार्यक्रममा प्रदेश सांसदहरु विमल कार्की, नारायण बुर्जा मगर, कला घले, सुनिता चौधरी, सुनिता थापा, पार्टी नेताहरु, नागरिक समाज...
समानताका लागि दम्पत्तिद्वारा बृक्षारोपण

समानताका लागि दम्पत्तिद्वारा बृक्षारोपण

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १८ गते -‘म लैगिंक समानाताका लागि प्रतिवद्ध छु’ भन्ने नाराका साथ सम्भवत देशमै पहिलोपटक उदयपुरका एकजोडीले वृक्षारोपण गरेका छन् । त्रियुगा नगरपालिका–५ देउरीका श्रीमान केशव पोखरेल र श्रीमति उमा पोखरेलको जोडीले संयुक्त रुपमा एक कार्यक्रमकाबीच वृक्षारोपण गरेर उदाहरणीय बनेका छन् । होलीपर्वको रौनकतासंगै छर–छिमेक, इष्ट–मित्र, समाजसेवी, पत्रकार, जनप्रतिनिधि लगायतको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा “आजबाट हाम्रो घरमा कुनै पनि लैंगिक हिंसा हुने छैन” भन्ने प्रतिबद्धता व्यक्त गर्दै जोडीले आँपको विरुवा रोपेका थिए । समाजमा हुने पारिवारिक, आर्थिक, समाजिक तथा राजनीतिक हिंसा विरुद्धको अभियानलाई सार्थकता दिन नेपालमै पहिलो जोडीले लैगिंक समानताका लागि आगनमा वृक्षरोपण गरेका हुन् । जोडीले रोपेको रुखको विरुवालाई जीवीत देवता (लिभिङ गड) को रुपमा मान्दै जान, अन्जान लैगिंक हिंसाक...