Wednesday, August 5News That Matters

आज प्रतिनिधिसभा बैठक हुँदै

पूर्णपुष्टि, माघ १८ गते । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) हुँदैछ । आज दिउँसो १ बजेदेखी बैठक सुरु हुनेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेद्धारा राष्ट्रपति कार्यालयबाट प्राप्त तोकिएको कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस गर्नु हुने कार्यतालिका रहेको छ ।

सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने कार्य तालिका रहेको संघीय संसद्ले जनाएको छ ।