
पूर्णपुष्टि, ४ साउन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले हराएको मोटरसाईकल फेला पारी धनिलाई बुझाएको छ । शनिवार ट्राफिक प्रहरी कार्यालय बरुवा वसपार्क परिसरमै बोलाएर मोटरसाईकल धनि बिराटनगर १० मोरङका कोमल घिमिरेलाई मोटरसाईकल जिम्मा लगाईएको हो । गत बैशाख १७ गते काठमाण्डौ कागेश्वरी मनोहरा न।पा।(०६ मुलपानीबाट हराएको उक्त मोटरसाईकल उदयपुरको बेलका नगरपालिका सोमवारेमा ट्राफिक प्रहरीले फेला पारेको थियो । संका लागि अनुसन्धान गर्ने क्रममा बागमति प्रदेश ०२(०४८ प ४५३२ रहेको मोटरसाईकललाई प्र १(०५(००४ प ४७१७ नं को बनाएर चलाईरहेको पाईएको थियो । उक्त मोटरसाईकल फेला पारेपछि धनिलाई बोलाएर शनिवार उदयपुर ट्राफिक इन्चार्ज चन्द्र बहादुर खड्का सहितको टोलीले धनिलाई बुझाएको हो ।

