Wednesday, April 22News That Matters

उदयपुरगढीको गाउँपालिकाको सार्वजानिक गर्यो ६८ करोड ४० लाख ५ हजार बजेट

पूर्णपुष्टि, ११ असार ।
उदयपुरको उदयपुरगढी गाउँपालिकाले बजेट सार्वजानिक गरेको छ । पालिकाको १९ औँ गाउँसभाको निति तथा कार्यक्रमबाट आर्थिक बर्ष २०८२÷०८३ को लागि गाउँपालिकाको १९ औ गाउँ सभा मार्फत उपाध्यक्ष जित बहादुर खड्काले चालु तर्फ ४१ लाख ४९ हजार ८५ हजार ८ सय ३४ रुपैया र पुजिगत तर्फ २६ करोड ९० लाख १९ हजार एक सय ६७ रुपैया गरी आर्थिक बर्ष २०८२÷०८३ को लागि ६८ करोड ४० लाख ५ हजार एक रुपैयाको बजेट सार्वजनिक गरेको हो ।

पालिकाको निति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी प्रस्तुत गर्नुभएको थियो । मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित गाउँ सभाबाट पारित बजेट बाट पालिकाको आगामी आर्थिक बर्षको लागि विभिन्न विकास परियोजनालाई टेवा पुग्ने गाउँपालिकाका प्रबक्ता सहेक विश्वकर्माले जानकारी दिनु भयो ।