Sunday, April 19News That Matters

उदयपुरमा दाईले गरे आफ्नै भाईको ह*त्या, आमा घाईते

पूर्णपुष्टि/ उदयपुर, पुष ५ गते ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ जोगिदहमा आफ्नै दाईले धारिलो हतियार प्रयोग गरी भाईको ह*त्या गरेको छ । गएराती शुक्रबार ४३ बर्षिय दाई युवराज राईले भाई ३० बर्षिय धर्मराज राईलाई धारिलो हतियार प्रयोग गरी ह*त्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाईते भएका धर्मराजलाई जिल्ला अस्पताल उदयपुर ल्याईएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेका थिए ।

ह*त्या गर्ने दाई युवराज भने फरार छन् । उनलाई प्रहरीले खोजतलास गरिरहेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा दाजुले आमालाई कुटपिट गरेको विषयमा वादविवाद हुँदा आफ्नै दाजुले धारिलो हतियार खुकुरीले शरीरको विभिन्न स्थानमा प्रहार गरी फरार रहेको भन्ने खुलेको छ । परार युवराजलाई कहिकतै देखिएमा तत्काल खबर गर्न प्रहरीले अनुरोध गरेको छ । हत्या गरेर फरार अभियुक्तका कारण स्थानीयहरु त्रसित छन् ।