
पूर्णपुष्टि, वैशाख १२ गते ।
बैज्ञानिक समाजबाद स्थापनार्थ संघर्षरत नेपाल कम्युनिस्ट पार्टी बिप्लब समूह उदयपुरमा स्थानीय चुनावमा औपचारिक रुपमा सरिक भएको छ । उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन सम्ममा यो पार्टीले जिल्लामा विभिन्न पालिकामा स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छ ।
यो पार्टीले उदयपुरगढीको प्रमुखमा जित बहादुर पुलामी मगरलाई उठाएको छ । यता सो गा पा को वडा नं.५ मा केशव श्रेष्ठ , ६ मा ढक ब. राउत र ८ मा रेबती श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
यो पार्टीले त्रियुगा नगरको उपप्रमुखमा रामकृष्ण सदालाई उम्मेदवार बनाउदा वडा नं. ७ मा मान ब दनुवारलाई वडाध्यक्षमा अगाडि बढाएको छ । साथै यो पार्टीले कटारी नगरपालिका को वडा नं.४ मा पुराना कम्युनिस्ट नेता पुर्ण बहादुर कटुवाललाई वडाध्यक्षमा उठाएको छ भने, बेलका नगरपालिको वडा नं. ९ को वडाध्यक्षमा मन कुमारी राई घिमिरेलाई उम्मेदवार बनाएको छ । नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनावलाई उपयोग गर्ने योजना बनाएको छ । यो पार्टीले रास्ट्रबादी, एम सि सि बिरोधी उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी उदयपुरका जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले पार्टीका तर्फबाट उम्मेदवारी दिएका सबै ठाउँमा जीत निकाल्ने दाबी गरेका छन् ।
