
पूर्णपुष्टि,चैत्र २४ । जिल्लाका गाईघाटमा लघुवित्त बैंकको चर्को ब्याजदर र मंहगी विरुद भ्रष्टाचार र राष्ट्रिय,जनघात विरुद्ध बिरोध प्रर्दशनी गरेको छ । शुक्रबार त्रियुगा नगरपलिका ११ विशालनगर टोल स्थित नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्य समिति उदयपुरको आयोजनामा ३३औँ जनआन्दोलन दिवसको अवसरमा भष्टाचार र राष्ट्रघात जनघात बिरुद्को बिरोध प्रदर्शन कार्यक्रम गरिएको हो ।
प्रदर्शनमा उदयपुर जिल्ला ईन्चार्ज अमृत खत्रीको नेतृत्वमा बिभिन्न नाराहरु सहित गाईघाटको मुख्या चोक हुँदै बजार परिक्रमा गरेको विरोध र्याली पिपलचौकमा पुगि कोणसभामा परिणत भएको थियो । र्यालीमा ३३औ जन आन्दोलन दिवस सफल पारौँ, बीर सहित लाल सलाम, राष्ट्रिय स्वाधिनताको रक्षा गर, बढ्दो महङ्गि नियन्त्रण गर, लघुबित्त संस्था खारेज गर र भ्रष्ट्राचारिुलाई फाँसी दे लागाएतका नाराहरुको साथ करिव ५० जनाको सहभागितामा र्याली प्रदर्शनी गरेको थियो ।
