Saturday, April 18News That Matters

उदयपुरमा लैँङ्गिक हिंसा सम्बोधनको लागि बनेको कार्यविधि पास

पूर्णपुष्टि, १९ चैत्र ।
उदयपुरमा लैँङ्गिक हिंसा घटना व्यवस्थापनको काम कार्वाही थप प्रभावकारी बन्ने आशा गरिएको छ । लैँङ्गिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरिय निर्देशक समितिले काम प्रभावकारी बनाउनेबारे कार्यविधि पास गरे सँगै यो अपेक्षा गरिएको हो । समितिको कामलाई प्रभावकारी ढँगले अघि बढाउन र कामलाई कुशलतापूर्वक सम्वोधन गर्न कार्यविधिको मुख्य आवश्यक रहेको बताईएको छ । सोमवार जिल्लाको सदरमुकाम गाईघाट स्थित लैंगिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरिय निर्देशक समितिको पहिलो बैठकले उत्साहका साथ कार्यविधि पास गर्न सफल भयो ।

(ओसिएमसी) नेपाल उदयपुरको आयोजना तथा जिल्ला समन्वय समिति उदयपुरको सहजीकरणमा आयोजित बैठकले कार्यविधि पास बारे बिषेश छलफल र कुराकानी गरेका थिए । बैठकमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रमका उपलब्धि प्रस्तुतिकरण सँगै एक द्वार संकट ब्यवस्थापन केन्द्रको स्रोत ब्यवस्थापन सम्बन्धमा, मामला ब्यवस्थापकको ब्वस्थापन सम्बन्धमा, जिल्ला अस्पतालसँगको (एमओयु) सम्बन्धमा र बिबिध सम्वन्ध लगायत प्रस्तावहरुमा बृहत छलफल चलाएका थिए ।

छलफलमा उठेका प्रश्न सुझावहरुलाई समेटेर आवश्यक कुराहरुलाई थप्ने र त्रुटि भएका कुराहरुलाई संशोधन गर्दै कार्यविधिलाई थप सहज बनाएर पास गरेको बैठक हलले जनाएको छ । पछिल्लो समय समाजमा लैँङ्गिक हिंसाको घटनाहरु बढ्दै गएको तर व्यवस्थापन, न्युनिकरण र सुरक्षाको लागि काम गर्ने निकायहरुका लागि भने स्रोत व्यवस्थापनहरु चुनौती बन्दै गएको भन्दै सम्बन्धित सबै पक्षलाई जिम्मेवार बनाउन निर्देशन समिति गठन गरिएको भनाई छ ।

लैँङ्गिक हिंसाको रुपमा सहजीकरण गर्दै आएका ओसिएमसी नेपाल उदयपुरले हिँसामा परेका व्यत्तिहरुका लागि उद्धार र सुधारको पक्षमा काम गरिहेको अवस्था छ । यदि स्रोतको अभावले काम ठप्प हुने हो भने उद्धार र सुरक्षाको समस्या कस्ले समधान गर्ला गम्भीर प्रश्न पनि छ ।

ओसिएमसी उदयपुरकी बरिष्ठ मनोपरामर्शदाता रन्जना ताजपुरियाले उदयपुरमा लैङ्गिक हिसाका घटनाहरु छरपस्टै रहेको जनाईन् । यदि ओसिएमसीले यस क्षेत्रमा काम गर्न नसक्ने अवस्थामा जिल्लामा यी घटनाहरु थप बिकारल बन्दै जाने ताजपुरियाले बताईन् । ताजपुरियाले ओसिएमसी नेपाल त्यस्ता घटना सँग सम्बन्धित व्यक्तिहरुको अभिभाव भैरहेका कारण हिंसामा परेका व्यक्तिहरुलाई सुरक्षा र व्यवस्थित गर्न सकिएको जनाईन् । ताजपुरियाका अनुसार स्वास्थ्य सेवा, मनोसामाजिक मनोपरामर्श सेवा, चिकित्साजन्य प्रमाण, संकलन र संरक्षण, अल्पकालिन आश्रय, कानुनी उपचार, आवश्यक सुरक्षा ब्यवस्था, परिवार तथा समुदायमा पुनस्थर्पना, आर्थिक सहयोग, लैंगिक हिंसा पीडित संलग्न सहकारी संस्था वा सञ्जाल निर्माण र सुचना शिक्षा तथा सशक्त्तिकरणको सेवाहरु ओसिएमसी मार्फत प्रदान गर्दै आएको छ ।

समितिकामा स्थानीय सरकारहरुलाई अनिवार्य समावेश गराईएको छ । ८ ओटा पालिकाहरु रहेको उदयपुरमा जिल्लाको सदरमुकामका स्थानीय सरकार प्रमुखको नेतृत्वमा समिति बन्ने व्यवस्था अनुसार त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेत समितिको अध्यक्ष छन् । अन्य पालिकाका मेयर तथा अध्यक्षहरु सदस्य छन् । जस अनुसार कटारी नगर प्रमुख राजेश चन्द्र श्रेष्ठ , बेलका नगर प्रमुख अशोक कार्की, चौदण्डीगढी नगर प्रमुख कालुमान लामा, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष, मेजर कुमार राई, उदयपुरगढी गाउँपालिका अध्यक्ष मान वहादुर केप्छाकी मगर, ताप्ली गाउँपालिका अध्यक्ष ढँुगराज बिक र रौतामाई गाउँपालिका अध्यक्ष बिरेन्द्र बस्नेत समितिको सदस्यमा रहेका छन् । यस्तै जिल्ला प्रमुख अधिकारी, जिल्ला अस्पताल प्रमुख, सुरक्षावास प्रमुख, जिल्ला प्रहरी कार्यालय महिला, बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख, जिल्ला न्यायधिबक्ता र संकट व्यवस्थापन केन्द्रको सम्पर्क व्यक्ति पनि समितिको सदस्यमा रहने छ । यता जिल्ला समन्वय समिति भने सदस्य सचिवको रुपमा रहने छ ।

युएनएफपिएका कार्यक्रम संयोजक राजकिशोर साफिले छलफलको बिषयमा प्रस्तुतीकरण गर्दै लैँङगिक हिंसा न्युनिकरणका निमित्त प्रभावकारी भुमिका र दिगो स्रोत साधनको व्यवस्थापनको काम यस समिति मार्फत हुने जनाए । यसै समस्याका समधान गर्न पास भएको कार्यविधिले यस क्षेत्रमा काम गर्न सहज बनाएको समेत प्रष्ट पारे । उनले लैँङ्गिक हिंसाको क्षेत्रमा काम गर्ने ओसिएमसी अहिलेको अवस्था सम्म बाहिरी स्रोध साधनले चलिरहेको जनाए । बाहिरी बजेट सँधै सुरक्षित र विश्वासिलो नभएको भन्दै स्थानीय सरकारलाई दिगो स्रोत व्यवस्थापनमा जोड गर्दै यो संवेदनशिल क्षेत्रमा आफैपनि जिम्मेवार हुन पर्ने जनाए । यहि समिति र कार्यविधिले अब स्थानीय सरकारहरुलाई समेत हिंसा प्रति जिम्मेवार बनाएको साफिको ठहर छ । जिल्ला भरी रहेका हिंसा पिडित व्यक्तहरुलाई समेट्नु पर्ने भएकाले ८ ओटै पालिकाका स्थानीय सरकारहरुको जिम्मेवार र भुमिका उत्तिकै रहने जनाइएको छ । लैँङ्गिक हिंसा कार्यक्रमका लागि जिल्लाको ८ ओटै पालिकाहरुले बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत जाहेर गरेको साफिको भनाई छ । यस अघिका कार्यक्रमहरुमा त्रियुगा नगरपालिकाले केहि आर्थिक सहयोग गर्दै आएको भएपनि बाँकी पालिकाहरुले भने गरेका थिएन्न् । आउँदो बजेटबाट त्रियुगा सँगै अन्य तिन पालिकाहरुले ३ लाखको दरले र ४ गाउँपालिकाहरुले २ लाखको दरले बजेट बिनियोजन गर्ने समेत प्रतिवद्धता जनाएको साफिले बताए ।

 

बैठकमा आमन्त्रीत सम्बन्धी सबै व्यक्तिहरुको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्मा, समितिका अध्यक्ष समेत रहेका त्रियुगा नगर प्रमुख वसन्त बस्नेत, बेलका नगर उपप्रमुख जिरा राई, चौदण्डीगढी नगर उपप्रमुख मनिकादेवी दुलाल, ताप्ली गाउँपालिकाका अध्यक्ष ढँुगराज बि.क, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान वहादुर केप्छाकी, रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र मगर, ताप्ली गाउँपालिकाकी उपाध्यक्ष धना मगर, उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जित वहादुर कार्की, जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक सिडियो बिक्रम प्रसाद पाण्डे, त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला, जिल्ला समन्वय समिति उदयपुरका समन्वय अधिकारी गजेन्द्र नाथ शर्मा, लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा किरण राई, उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त कुमार राई, लगायत बिभागीय कर्मचारीहरु लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु को उपस्थिति रहेको थियो ।

    समितिको विवरण यस प्रकारको छ ।