Monday, June 1News That Matters

उदयपुरमा सप्तकाेशी क्षती : पुल तथा रिसाेर्ट बगायाे

उदयपुर, असाेज १३
सप्तकाेसीकाे बाढीले उदयपुर र भाेजपुर जाेड्ने उदयपुरकाे चुहारस्थित झाेलुङ्गे पुल बगाएकाे छ । पुल बगाएर पूर्णरुपले क्षती भई लठ्ठामात्र बाँकी रहेकाे अस्थायी प्रहरी चाैकी मैनामैनीले जनाएकाे छ । पुल बगाएपछि साे क्षेत्रबाट भाेजपुर आवत-जावतमा अबरुद्ध सिर्जना भएकाे छ ।
उदयपुर र खाेटाङ जाेड्ने धाप्लाङघाट स्थित झाेलुङ्गेपुलमा पनि क्षती पुर्याएकाे छ । साे पुलकाे एउटन लठ्ठा चुडाएकाे स्थानीय युवा मुकेश राइले जानकारी दिएका छन् । उक्त दुई जिल्ला जाेड्ने सगरमाथा राजमार्गकाे फाेक्सिन्टार स्थित माेटरेवल पक्की पुल पनि हिजाे दिउसाे बगाएपछि आवागमन ठप्प भएकाे छ । दशैकाे मुखमा पक्की पुल भत्किदा खाेडाङ आवतजावतमा सास्ती पर्ने भएकाे छ ।
त्यसैगरी गएराति सप्तकोसीको पानिको बहाबले कटान उदयपुरकाे बेलका नगरपालिका -८ कोशी किनार स्थित द रिभर बेलका बीच रिसाेर्ट बगाएकाे छ ।
स्थानीय जिबन्त राईले सञ्चालन गरेकाे साे रिसाेर्ट फर्निचर लगायतका सामानहरुसहित बगाउदा तीस लाख बढिकाे क्षती प्रहरीकाे प्रारम्भिक अनुमान छ ।
हिजाेकाे अत्याधिक बर्षात र भेलबाढीकाे क्षती विवरण संकलन कार्य भईरहेकाे जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ याेगीले बताउनु भयाे ।