
पूर्णपुष्टि, गाईघाट/१३ गते ।
उदयपुरे कवि जिवन राई (आरोही) ले ५० हजार नगद सहित मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित पहिलो मनमोहन पुरस्कार जितेको छ । बैशाक १३ गत्ते शनिबार काठमाण्डौमा आयोजित राष्ट्रब्यापी खुला कविता प्रतियोगितामा उदयपुरका युवा कवि जीवन आरोहीले प्रथम स्थान हासिल गरेको हो । बिजेता बनेसँगै कवि आरोहीले नगद रू ५० हजार राशी र मनमोहन स्मृति सम्मान प्राप्त गरेका छन्।
आरोहीले मनमोहनको सपनाु शीर्षक कविता बाचन गर्दै पहिलो स्थान ओगटेको हो । त्यस्तै लमजुङका गोमा श्रेष्ठ द्वितीय रू ३०हजार र तनहुँ का कवि नरोत्तम श्रेष्ठ तृतिय बनेर रू २० हजार प्राप्त गरे । आज आयोजित राष्ट्रब्यापी कविता प्रतियोगितामा प्रथम चरणमा देशभरिबाट आएका कविता मध्येबाट निर्णायक मण्डलले उत्कृष्ठ ३० जना वाचनका लागि छानेका थिए । कविताको निर्णाय गर्न प्रा।डा। जगत प्रसाद उपाध्याय, कवि रामबाबु सुवेदी र डा।बिरेन्द्र शर्मा तीन सदसीय निर्णायक मण्डल रहेको थियो । कवि आरोही यस अघि पनि पटक पटक राष्ट्रिय तथा अन्तराष्ट्रिय कविता प्रतियोगितामा पुरस्कृत भएर सम्मानित भएका ब्यक्ति हुन् ।
