
पूर्णपुष्टि, फागुन २७ । नेकपा एमालेबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताईन् ।
उम्मेदवार शाक्यले सञ्चारकर्मीसँग भने नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग रहने बताएकी हुन् । ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताईन् ।
उनले आज संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । उनको साथमा एमाले अधयक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङ लगाएतका नेता पनि पुगेका थिए । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ ।
