Sunday, April 19News That Matters

एमसीसी विरुद्ध गाईघाटमा पनि विप्लवको कडा विरोध प्रदर्शन


पूर्णपुष्टि, भदौ २८
नेपाल कम्युनिष्ट पार्टी विप्लवले उदयपुरमा पनि एमसीसी विरुद्ध चर्को विरोध गरेको छ । नेपाली जनताहरुको हित विपरित संसद बाट सरकारलाई एमसीसी पास नगराउन दवाव दिँदै विरोध जनाएको हो । आज देशै भरी बिप्लवले बिरोध जनाई रहेको अवस्थामा उदयपुर स्थित गाईघाटमा पनि यसको चर्को बिरोध भएको छ ।

पार्टीका कार्याकर्ताहरुले एमसीसी विरुद्ध बिभिन्न नाराबाजी गर्दै र्याली गरेको छ । गाईघाट बजारमा र्याली गर्दै पिपलचोकमा कोणसभा गरी एमसीसीको बिरोध गरेको हो । आम नेपाली जनताहरुको इच्छा विपरित एमसीसी सरकारले जवरजस्ती सांसद बाट पास गरे आन्दोलनले थप कडा रुप लिन सक्ने समेत चेतावनी दिँदै नेपाल कम्युनिष्ट पाटी जिल्ला कार्यसमिति उदयपुरले बृहत विरोध प्रदर्शन गरेको हो ।