Wednesday, April 22News That Matters

एमाले आस्थाका तिन जना एकीकृत समाजवादीमा प्रवेश

पूर्णपुष्टि, ९ कार्तिक ।
गाईघाटमा एमाले परित्याग गरी ३ जनाले एकीकृत समाजवादी रोजेको छ । एकीकृत समाजवादी त्रियुगा नगर कमिटीको छलफल कार्यक्रममा उनिहरुलाई पार्टी प्रवेश गराईएको हो । एमालेमा मत दिईरहेका त्रियुगा नगरपालिका १३ दनुवारी चोकका समाजसेवी चिरञ्जीवी राई १२ का कमला राई र पुष्प कार्कीले एमाले त्यागेर समाजवादी रोजेको हो । उनिहरु तिनै जनालाई एकीकृत समाजवादीका प्रदेश अध्यक्ष तथा पूर्व मेयर बलदेभ चौधरीले खादा लगाएर पार्टी प्रवेश गराएको हो । एमालेको बिक्रिति र बिसंगतीका बावजुद देशमा जनताले सुख नपाउने र देशले निकास नपानउ भन्दै पार्टी परिवर्तन गरेको उनिहरुले जनाए ।