
पूर्णपुष्टि, २४ भदौ ।
एमाले उदयपुरका नेता विमल कार्कीले आफ्नै अध्यक्ष माथी कडा आक्रोस पोखेका छन् । पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली प्रति चर्को स्वरमा उत्रेका पूर्व प्रदेश सांसद तथा एमाले नेता कार्कीले ओलीलाई राजिनामाले मात्रै नपुग्ने बताएको छ । कार्कीले मंगलबार बिहान फेसबुक पोष्ट गर्दै भनेका छन्,“, भदौ २३ को हत्याकाण्ड नेपाल कै इतिहासमा राजधानिको मुटु बानेश्वर र देशका ठुला शहरहरुमा राज्यले एकसाथ मच्याएको मध्ययुगिन वर्वरतापुर्ण नर संहार हो । यस घटनालाइ जति भर्त्सना गरे पनि अपर्याप्त छ ।
यो परिस्थितिमा प्रधानमन्त्री केपि ओलिको राजिनामा माग्ने हैन । यिनलाइ तत्काल बर्खास्त गरि न्यायिक हिरासतमा राखेर हिजो भएको निर्मम आमहत्याको आरोपमा केपी ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख र काठमाडौ सिडियो लगाएतलाइ राज्य र मानवता बिरुद्धको अपराधमा मुद्धा दायर गरि सुनुवाइ शुरु गर्नु पर्दछ । उनले अघिल्लो पोष्टमा पनि ओली सरकारलाई अज्ञानि, धुर्त र महत्वाकांक्षी तानाशाह सत्तामा पुगे भने मुर्खतापुर्वक शासन चलाउछन र देशलाइ शमसानघाट बनाउछन । हामी त्यसैको सिकार बन्दैछौ, भन्दै पोष्ट गरेका थिए ।
कार्की पहिल्यै देखी पार्टीको एकतन्त्रे शासन प्रति विरोध उठाउँदै आएका नेता पनि हुन् । उनलाई केपी ओलीको बारे आलोचना गरेकै कारण स्पष्टीकरण सोधिएका थिए । तर पनि निडर रुपमा उत्रेका कार्की जस्तो सुकै अवस्थामा पनि पार्टीको गलत कार्य र गलत निर्णय प्रति खम्बाझै उभिन्छन् । उनले जेन्जी पुस्तालाई समर्थन गर्दै सरकारको दमन प्रति घोर भर्तसना समेत गरेको छ । यसबारे एमालेका संघ संगठन र अन्य नेताहरु भने मौन छ ।

