
पूर्णपुष्टि, वैशाख ३० गते ।
उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छविसेमा मतदान सकिए पश्चात उतपन्न विवादमा गोली चल्दा एक जना घाइते भएको छ । घाइते हुनेमा १४ वर्षीय मनकुमार श्रेष्ठ भएको हो । घरमा बसिरहेका श्रेष्ठको खुट्टामा गोली लागी घाइते सुरक्षा स्रोतले जनाएको छ ।
गोली लागेर एकको मृत्युसमेत भइसकेको छ । स्थानीय १९ वर्षीय नविन कटुवालको मृत्यु भएको हो । मृतक कटुवाल स्वतन्त्र अध्यक्ष उम्मेदवार गौर बहादुर कटुवालको भतिज हुन् ।
कालिका माध्यामि विद्यालय केन्द्रमा मतदान सकिए पछि विवाद भएको र विवादको क्रममा चार राउण्ड एसएल आरबाट र चार राउण्ड थ्रिनटथ्री राईफलबाट गोली चलेको बताइएको छ । हवाई फायरको क्रममा कटुवाल र श्रेष्ठलाई गोली लागेको स्थानीयले बताएका छन् । कटुवाललाई घटनास्थलमै गोली लागी मृत्यु भएको बताइएको छ ।
