Monday, June 1News That Matters

खुकुरी प्रहार गरेको अभियोगमा स्वतन्त्र उपमेयर उम्मेदवार पक्राउ

पूर्णपुष्टि, वैशाख ३१ गते ।
खुकुरी प्रहार गरेको अभियोगमा स्वतन्त्र पदका उपमेयर उम्मेदवार पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार सशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर–४ स्थित उम्मेदवार गन्धर्वकै घर नजिकै दुईपक्षबीच झडप भएको हो । खुकुरी प्रहारबाट अन्य ४ जना घाइते भएका छन् ।
पूजाको बेलामा मदिरा सेवन गरेपछि विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए । दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको हुन सक्ने प्रहरीले बताएको छ ।