
पूर्णपुष्टि, १३ जेष्ठ ।
त्रियुगा नगरपालिका ११ गाईघाट निलो पुलबाट एक बृद्ध ५ दिन देखी बेपत्ता भएको छ । ताप्ली गाउँपालिका ४ ठानागाउँ घर भएका ७८ बर्षिय कुल बहादुर राई गाईघाट निलो पुल स्थित छोरी ज्वाँईको पसलबाट ९ गते शुक्रबारका दिन ८ः३० बजदेखी बेपत्ता भएको हो । ज्वाई हिमाल सिह राईका अनुसार आफु मासु किन्न गएर फर्किदा ससुरा घरमा नभएको छ । ससुरा बेपत्ता भएकै दिन निज ज्वाईले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ । सुस्त मनस्थितिक रहेका कुल बहादुर ६ गते गाईघाट आएका थिए । परिवारले लगतार खोजी कार्य गरिरहेको भएपनि हाल सम्म फेला परेको छैन् । सबैले खोजी कार्यमा सहयोग पुराउन परिवारले आग्रह गरेको छ । यदि कहीँ कतै फेला परेमा सम्पर्क नम्बर ९८६३७७९०५१/ ९७०३४२७०६५ मा सम्पर्क गरिदिनुहुन परिवारको आग्रह छ।
