
पूर्णपुष्टि, २४ भदौ ।
जेन्जीले आज पनि गाईघाटमा र्याली गर्ने भएृको छ । देशभरको प्रदर्शनमा सोमवार पनि गाईघाट स्थित मेनचोकमा जेन्जी अभियानताहरुले विरोध गरेका थिए । देशमा भएको व्यापक भ्रष्टचार र सामाजिक संञ्जालको विरोधमा जेन्जीले बिरोध गरेको हो । काठमाण्डौँ लगायत देशका ठुला सहर सँगै गाईघाट जेन्जीले पनि प्रदर्शन गरेका थिए । मंगलबार पनि सोही स्थानमा जेन्जीहरु भेला हुने भएको छ । उनिहरुले सरकारले तत्काल राजीनामा दिएर नयाँ विकल्प खोज्नु पर्ने, अपराधी ज्यानमारा सरकारका जिम्मेवारी प्रतिनिधिहरुलाई छानविन गरी कार्वाही गर्नु पर्ने जस्ता मागहरु समेत राख्ने भएका छन् ।

