
पूर्णपुष्टि, २० बैशाख ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरीहरुको निशुल्क आँखा जाँच गरिएको छ । शनिवार मदन भण्डारी आँखा खस्पताल गाईघाटको आयोजना तथा नेत्रज्योति संघ उदयपुरको संमन्वयमा आँखा जाँच गरिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा कार्यरत एक सय बढीको प्रहरीको प्रहरी कार्यालय भित्रै आँखा जाँच गरेको हो ।

दिनरात जनताको सेवामा खटिनु पर्ने प्रहरीको आँखा स्वास्थ्य राख्न यो निशुल्क सेवा प्रदान गरिएको हो । अहिलेको हावाहुरी र धुलौमैलोले आँखामापर्ने असरलाई मध्यनजर गर्दै आँखाको सुरक्षा तथा सावधानका लागि आँखा शिविर आयोजना गरिएको हो । विभिन्न दर्जाका एकसय बढी प्रहरीको आँखा परिक्षण भएको छ प्रहरी स्रोतले जनाएको छ । आँखा मानवीय जीवन र प्रहरी अनुसन्धानका लागि महत्वपूर्ण मानिन्छ ।

