Monday, April 20News That Matters

गाईघाटमा एलबिन प्रोडक्सनको कार्यालय उद्घाटन

पूर्णपुष्टि, गाईघाट, कार्तिक १ गते ।
एलबिन प्रोडक्सनले गाईघाटमा आज कार्यालय उद्घाटन गरेको छ । त्रियुगा नगरपालिकाको मेयर वसन्त बस्नेतले उद्घाटन गर्नुभयो । कार्यक्रममा उपमेयर, स्थानीय नागरिक समाज, सामाजिक अगुवार पत्रकारहरुको उपस्थिति थियो । भिडियो र अडियो निर्माण क्षेत्रमा काम गर्ने र स्थानीय प्रतिभालाई अगाडि ल्याई उनीहरूको सिर्जनशीलतालाई चिनाउने उद्देश्य रहेको जनाईएको छ ।

संगीत भिडियो, डकुमेन्ट्री, विज्ञापन, र पोडकास्ट निर्माणमा केन्द्रित हुने प्रोडक्सनमा युवायुवतीहरुले काम पाएका छन् । १५ वर्षअघि गरेको एक कन्सर्टलाई प्रेरणाको सुरुवात मान्दै कामको थालनी गरेको प्रोडक्सनका प्रमुख एलबिन बस्नेतले जनाए ।