Thursday, April 30News That Matters

गाईघाटमा सिकारी पुजा सहित साकेला नाचेर मनाईयो उद्यौली

पूर्णपुष्टि, ३० मंसिर ।
किरात समुदायहरुको माहान पर्व साकेला नाच गाईघाटमा पनि धुमधामले मनाईएको छ । आईतबार साकेला टोल स्थित साकेला थानमा सिकारी पुजा आजा सहित साकेला नाच्दै उद्यौली सम्पन्न गरिएको हो । ढोल झ्याम्टाको तालमा किरात समुदाय तथा अन्य जातजातिहरुले साकेला नाचे । बिहानै पुर्खाको नाममा सिकारी पुजा गरेर साकेला उद्यौलीको सुभारम्भ गरिएको थियो । किरात समुदायहरुले उद्यौली र उभौली गरी बर्षमा दुई पटक साकेला पर्व मनाउने गर्छ । मंसिरमा उद्यौली र बैसाखमा उभौली पर्व यस समुदायहरुले मनाउने गर्छ । प्रकृतिको चालचलनको अनुसरण गर्ने यस पर्व निकै बिषेश र महत्वपूर्ण छ । प्रकृतिको बिज्ञान सँग जोडिएको यस पर्वमा साकेलाको सिल्ली निकै महत्वपूर्ण मानिन्छ । पूर्वी जिल्लाहरुमा रहेका राईहरुले साकेला र लिम्वुहरुले चासोक तङ्नामको रुपमा उद्यौली पर्व मनाउने गर्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ। सोही अवसरमा गाईघाटमा पनि बर्षेनी यो पर्व मनाईन्छ । किरात राई यायोख्खा त्रियुगा नगर कमिटीको आयोजनामा उद्यौली सम्पन्न गरिएको कमिटी अध्यक्ष सर्वधन राईले जनाए ।