
पूर्णपुष्टि, गाईघाट÷कार्तिक २ गते ।
गाईघाट बजारमा हिरोले आफ्नै सोरुम ल्याएको छ । चाँडपर्व लक्षित गर्दै बाराहा अटो मोवाईल्सले गाईघाटमा घटस्थापनाको दिन हिरोको सोरुम स्थापना गरेको हो । हिरो कम्पनीको आकर्षक मोटरसाईकल र स्कुटरहरुको अफर सहित सोरुम स्थापना गरिएको छ । ग्राहकहरुलाई आकार्षक पार्ने नयाँ फिचर सहितको मोटरसाईकलले सोरुम सजिएको छ । हिरोको सोरुम गाईघाटमै स्थापना भएपछि उक्त कम्पनीको मोटरसाईकल प्रयोग गर्नेे ग्राहकहरु खुसी भएका छन् । सोरुम स्थापना सँगै यसको पाटपुर्जा र मर्मतका लागि बाहिर बाट सामान ल्याउनु पर्ने र बाहिर मर्मत गर्न लैजानु पर्ने झन्जट हटेको छ । विगतमा यसको मर्मत र पाटपुर्जाको लागि लाहान, इटरी, धरान जस्ता शहरहरु धाउनु पर्ने बाध्यता थियो । सोरुमले हरेक मोटरसाईकल तथा स्कुटरको खरिदमा स्क््रयाच कुपन मार्फत ६ हजार देखी २ लाख सम्म क्यास जित्ने मौका साथै गुणस्तरीय हेलमेट फ्रिमा प्रदान गरिने अफर ल्याएको छ । उक्त सोरुम बरुवा बसपार्क छेउ पिजी चोक भन्दा करिब २ सय मिटर अगाडी असारी रोडमा रहेको छ ।

