
पूर्णपुष्टि, १९ बैशाख ।
चाम्लीङ् खाम्वात्तिम त्रियुगा नगरले पहिलो साधारण सभा सफलताका साथ सम्पन्न गरेको छ । बिहिबार त्रियुगा नगरपालिका वडा नं ११ को साकेला थानमा भएको सम्मेलनमा संस्थाको आर्थिक प्रतिवेदन, प्रगति प्रदिवेन सार्वजानिक गरिएको थियो । चाम्लीङ् खाम्वात्तिमको त्रियुगा नगर अध्यक्ष पर्शराज राईले ४ बर्ष भित्र संस्थाले भए गरेका काम कार्वाही बारे प्रष्ट पारेका थिए भने संस्थाकी कोषाध्यक्ष गिता राईले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् । कोषाध्यक्ष राईले संस्थामा भए गरेका गतिविधिमा आर्थिक पार्दशिताबारे जवाफ समेत दिईन् ।

हाल संस्था आर्थिक स्रोतले नाफामै रहेको पनि प्रतिवेदनले प्रष्ट पारेको छ । अध्यक्ष पर्शराज राईले खाम्वात्तिम त्रियुगा नगर कमिटीलाई चलायमान बनाउन बिभिन्न कार्यक्रमहरु गरिएको जनाए । शसक्त टिम परिचालन गरी चाम्लीङ समुदायको संस्कार संस्कृति, भाषा र इतिहाँसलाई बचाउन संस्था लागि परेको अध्यक्ष राईले जनाए । चाम्लीङ् खाम्वात्तिम केन्द्रीय सदस्य निर वहादुर राईको अध्यक्षतामा सम्मेलन गरिएको थियो । राई सहित सल्लाहकार महेन्द्र राई लगायतका बिशिष्ट ब्यक्तिहरुको सहभागी गरेका थिए । चाम्लीङ् खाम्वात्तिम राई समुदयका अभिन्न अंग हो । यस संस्थाले राई चाम्लीङ्लाई मात्रै समेटेको छ ।
सम्मेलन सँगै गत बर्ष गिता स्मृति साकेला सिल्ली प्रतियोगितामा सान्त्वना भएका खाम्वात्तिम कलकार टिमलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।


