
पूर्णपुष्टि, २४ भदौ ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा जेन्जीहरुले धर्ना सहित आन्दोलन गरिरहेको छ । मेयर कालु लामा र उपमेयर मणिका देवी दुलालको राजीनामा माग्दै आन्दोलन सुरु भएको हो । जेन्जी आन्दोलनले दुई दिमै केन्द्रीय सरकार च्युत बनाईसकेको छ । आन्दालेनमा प्रधानमन्त्री मन्त्रीहरुको निवासलाई तार्गेटमा राखेर जलाउने र तोडफोड गर्ने काम पनि भैरहेको छ । उदयपुरमा पनि ठुलो भौतिक संरचनाहरुको क्षत्री पुगेको छ । तिन ओटा पार्टी कार्यालय सहित नगरपालिका लगायत बिभिन्न भौतिक संरचनाहरु आगजानि गरिएको छन् । गाईघाट जेन्जीले दुई दिनको फोहोर सफा गर्दै गर्दा चौदण्डीमा भने आन्दोलन सुरु भएको हो ।
