Saturday, June 27News That Matters

त्रियुगा सहित उदयपुरका ४ पालिका प्रमुखले बुझाए राजीनामा, ३ पालिका प्रमुखले बुझाउने तयारी

पूर्णपुष्टि, बैशाख १०
उदयपुरमा रहेको ८ ओटा पालिका मध्ये ४ ओटा पालिकाले राजीनामा बुझाई सकेको छ । पून ः दोहोरीने बिचारमा रहेको पालिका प्रमुखहरुले राजीनामा धमाधम बुझाउन थालेको हो । राजीनामा बुझाउनेहरुमा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, बेलका नगर प्रमुख दुर्गा कुमार थापा, उदयपुरगढी उगाउँपालिकाका अध्यक्ष मान वहादुर केप्छाकी मगर र लिम्चुङबुङ गाउँपालिकाकाका अध्यक्ष मेजर कुमार राई रहेको छ ।

उनिहरु मध्ये कसैले केहि दिन अघिनै राजीनामा बुझाई सकेको छ भने केहिले हिजो मात्र बुझाएको छ । जम्मा ८ स्थानीय तहहरु मध्ये ७ ओटा पालिका प्रमुखहरुले राजीनामा दिने मनसाय गरेको पाईएको छ । रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले भने नबुझाउने मनसाय गरेको पाईएको छ । फेरी आफ्नो उम्मेदवारी थाहा नभएको भन्दै राजीनामा नबुझाउन जस्तो अवस्था रहेको खड्काले जनाए । उनले उम्मेदवारी टुंगो नलागेको र फेरी दोहोरीन अवस्था नरहेको भन्दै राजीनामा नबुझाएको जनाए ।

यता राजीनामा बुझाउन बाँकी रहेकोहरुमा चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राई, कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र ताप्ली गाउँपालिका अध्यक्ष उद्धव सिंह थापा रहेको छ । चौदण्डीका नगर प्रमुख खगेनद्र राईले टिकट पाएमा मात्र राजीनामा दिने जनाए । उनले टिकटको टुंगो लागउने र भोलीनै राजीनामा दिने समेत बताएको छ । कटारी नगर प्रमुख श्रेष्ठले भने भोलीनै राजीनामा दिने तयारी रहेको जनाए । यता ताप्ली गाउँपालिकाका अध्यक्षले पनि टिकट पाए तत्कालै राजिनामा दिने र नपाए २९ गते सम्म अध्यक्षकै रुपमा रहने जनाए ।