
पूर्णपुष्टि, फागुन २९ । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल नेपाली काग्रेसबाट अलग भएका छन् । आइतबार नेपाली काग्रेसका विरिष्ठ नेता पौडेलले सपथ ग्रहण गर्नु अघि नै कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै पार्टीको पद, जिम्म्वारी र साधारण सदस्यसमेतबाट अलग भएको जानकारी गराएका थिए ।
आज सोमबार पौडेलले शितलनिवासमा कामु प्रधानन्यायधिश कार्कीबाट शपथ ग्रहण गर्ने छन् । पौडेल कांग्रेसमा वरिष्ठ नेता, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य, केन्द्रीय संसदीय बोर्ड सदस्य तथा गत मंसिरमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद थिए।
यहि फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका पौडेल नेपाली कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार आईतबार पौडेलको राजिनामा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आइतबारकै मिति (फागुन २८) देखि लागु हुने गरी स्वीकृत गर्नु भएको छ।’
