Friday, May 15News That Matters

निजि विद्यालयहरुको आन्दोलन जारी, उदयपुर प्रशासन कार्यालयमा कोणसभा तथा ध्यानाकर्षण

पूर्णपुष्टि, १२ भदौ ।
निजी विद्यालयहरुले आन्दोलन जारी राखेको छ । सरकारको प्रतिनिधि सभाले निजि विद्यालयलाई गैर नाफा र १५ प्रतिशत छाताबृत्रि लगायत बुद्धाहरु उल्लेख गरेर टेवुल गरेपछि निजि विद्यालयहरु आन्दोलनरत छन् । निजि विद्यालयहरुले नेपाली शिक्षामा करिब ३४ प्रतिशत स्थान ओगटेर विद्यार्थीहरुको शैक्षिक गुणस्तर प्रदान गर्दा गर्दै पनि सरकार निरिह बनेको भन्दै आन्दोलनमा उत्रेका हुन् । यसलाई तत्काल सच्चाएर निजि तथा कम्पनी मार्फत चलेका विद्यालयहरुलाई सहज गर्न माग राखेको छ । यदि सरकारले यसलाई वेवास्ता गरे हदै सम्मको आन्दालनहरुमा उत्रिने पनि सचेत गराएको छ । प्यावसन, नेशनल प्याप्सन, हिसान र अपेन लगायतको संयुक्त आयोजनामा आन्दोलन चलिरहेको छ ।